अमेरिकी भिसाको लागि आवेदन गर्न | बच्चाहरुको लागि भिसा - Nepal (Nepali)

१४ वर्ष मुनिका वा ८० वर्ष वा सो भन्दा माथिका आवेदकहरूको लागि भिसा

यो पृष्ठमा:


सारांश

१४ वर्ष मुनिका वा ८० वर्ष वा सो भन्दा माथिका आवेदकहरूको लागि भिसा

काठमाडौँको  अमेरिकी दूतावासमा १४ वर्षभन्दा कम वा ८० वा सोभन्दा बढी उमेरका आवेदकहरूका  लागि गैर–आप्रवासी भिसा आवेदन गर्दा अन्तर्वार्ता छूटसम्बन्धी अनिवार्यताहरूका  लागि कृपया  यो जानकारी हेर्नुहोस् ।

आवेदन बुझाइएको मितिदेखि १४ वर्षभन्दा कम वा ८० वा सोभन्दा बढी उमेरका आवेदकहरूलाई काठमाडौँको  अमेरिकी दूतावासमा गैर–आप्रवासी भिसा अन्तर्वार्ताको लागि उपस्थित हुनु अनिवार्य छैन । त्यस्ता आवेदकहरूले आफ्‍ना  भिसा आवेदन अन्तर्वार्ता छूट मार्फत बुझाउन सक्नुहुनेछ । १४ वर्षभन्दा कम उमेरका आवेदकहरूका  लागि अन्य सबै नियम, अनिवार्यता र शुल्कहरू यथावत् रहेका छन् ।

सहायक कागजपत्रहरू

सबै आवेदकहरूले आफ्नो आवेदन  बुझाउँदा निम्न कागजातहरू समावेश गर्नुपर्दछ:

१. आवेदकको हालको र सबै पुराना पासपोर्टहरू ।

२. DS-१६० फाराम भरेको जनाउने पुष्टीकरण  पृष्ठ ।

३. हालको भिसा आवेदनको भिसा शुल्क रसिद ।

४. १४ वर्षभन्दा कम उमेरका केटाकेटीले  आमाबाबु दुवैको  राहदानीका बायोग्राफीक जानकारी पृष्ठ, आमाबाबु दुवैको  मान्य                  अमेरिकी भिसा र आफ्‍नो जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु अनिवार्य छ । यदि आमाबाबुसँग अमेरिकाको भिसा  छैन भने          केटाकेटीहरू  अन्तर्वार्ता छूटको लागि योग्य हुँदैनन् ।

५. अन्तर्वार्ता छूट पुष्टीकरण  पत्रको एक प्रतिलिपि ।

६. साथमा रहेका अभिभावक वा आमाबाबुले आफ्ना केटाकेटीका  कागजातहरू फोटोका अनिवार्यताहरू अनुरूपको एक प्रति             फोटोको साथ पेश गर्न सक्नुहुन्छ ।

नोट:१४ वर्षभन्दा कम उमेरको  केटाकेटीसँगै  अपोइन्टमेन्ट निर्धारित भएका  बाबुआमाले दूतावासमा अन्तर्वार्ताको समयमा माथिका कागजातहरू पेश गर्नुपर्नेछ । व्यक्तिगत रूपमा  उपस्थित नभएकाहरूका लागि भिसा जारी गरिने ग्यारेन्टी छैन । केही केसहरूमा,  आवेदनको समीक्षा गरिसकेपछि, दूतावासले  केटाकेटीलाई व्यक्तिगत रूपमा उपस्थित हुन भन्न सक्छ ।