अमेरिकी भिसाको लागि आवेदन गर्न | यात्रा संयोजक - Nepal (Nepali)

यात्रा संयोजक

यो पृष्ठमा:


सिंहावलोकन

तपाईं बारम्बार अन्य यात्रीहरुको लागि अन्तर्वाता निर्धारण गर्ने एउटा यात्रा संयोजक हुनुहुन्छ भने, तपाईंले हाम्रो अनलाइन प्रणालीमा एउटा यात्रा संयोजक प्रोफाइल सिर्जना गर्न सक्नुहुन्छ। प्रत्येक आवेदकको लागि एउटा नयाँ प्रोफाइल सिर्जना गर्नुभन्दा, यो सुविधाले तपाईंले आफ्नो प्रोफाइल अन्तर्गत तपाईंका सबै ग्राहकहरुलाई व्यवस्थापन र ट्रयाक गर्न सक्नुहुनेछ । यो केन्द्रीय स्थानबाट तपाईंले अन्तर्वाता मिति सार्न, रद्द गर्न वा एउटै स्क्रीनबाट धेरै ग्राहकको अन्तर्वाता मिति निर्धारण गर्न सक्नुहुनेछ। यसले धेरै प्रोफाइलको नाम, पासवर्ड र तपाईंका ग्राहकहरुका अन्तर्वाताको बाहिरी ट्रयाकिङको आवश्यकतालाई समाप्त गर्दछ। यो सुविधा सामुहिक अन्तर्वाता वा "स्थानीय भिसा कार्यक्रमहरू" मा जनाइएका अन्य कार्यक्रमलाई प्रतिस्थापन गराउनका लागि होइन।

यदि तपाईंले सँगै यात्रा गर्ने धेरै आवेदकहरुको लागि एकसाथ ठुलो भुक्तानी गर्न चाहनुहुन्छ भने, यहाँ क्लिक गर्नुहोस्।

याद राख्नु पर्ने केही कुराहरू:

  1. एउटा आवेदकले शीघ्र वा आपतकालीन  अन्तर्वाताको लागि आवेदन गर्दैछ भने, यात्रा संयोजक प्रोफाइलको माध्यमबाट अनुसूची नगर्नुहोस्। आवेदकले व्यक्तिगत रूपमा नियमित प्रक्रिया मार्फत अन्तर्वाताको अनुसूची गर्नुपर्छ।
  2. तपाईंले एउटा सत्रको समयमा धेरै आवेदकहरु समयबद्धन गर्नुहुन्छ भने, समूहको अन्तर्वार्ता मिति एउटै हुनेछ। यदि आवेदकहरु सँगै यात्रा गर्दै छैन् भने तिनीहरूले एउटा अलग अन्तर्वाता मिति लिनुपर्छ जसले गर्दा तिनीहरूको भिन्न भिन्न सत्रमा अन्तर्वाता निर्धारित हुन्छ।
  3. समुह अनुरोध TCs का लागि उपलब्ध छैन। सामुहिक अनुरोध नियमित प्रोफाइल देखि गरिनु पर्छ। विस्तृत जानकारीका लागि समुह अपॉइंटमेंट निर्देश हेर्नुहोस्।

यात्रा संयोजक प्रोफाइल चलाउन र धेरै अन्तर्वाताको प्रबन्ध मिलाउन निर्देशन 

चरण 1

हाम्रो अनलाइन आवेदक प्रणालीमा लगइन गरेर एउटा प्रोफाइल सिर्जना गर्नुहोस्। तपाईंको पहिले नै प्रोफाइल छ भने, कदम 2 मा जानुहोस्।

चरण 2

विषय पंक्तिमा तपाईंको UID नंबर का साथै travel-coordinator@ustraveldocs.com मा एउटा इमेल पठाउनुहोस्। यसले तपाईंलाई एउटा यात्रा संयोजक को रुपमा आवेदकको अनुसूची गर्न पहुँच प्रदान गर्नेछ। तपाईंको UID संख्या तपाईंको प्रयोगकर्ता नामको पछि अर्को पर्दाको दाहिनेतिर पाउन सकिन्छ। तपाईंले यस इमेलको मुख्य भागमा कुनै पनि पाठ राख्न आवश्यक छैन।

तपाईंको प्रोफाइलमा प्रवेश पछि UID कहाँ पाउन सकिन्छ भन्ने देखाएको स्क्रिनसट छ:

चरण 3

तपाईंको इमेल प्रक्रिया पुरा गर्नको लागि 5 मिनेट पर्खनुहोस् र माथिल्लो देब्रे कुनामा गृह लिंक क्लिक गर्नुहोस्। तपाईंले आफ्नो ड्यासबोर्डमा र मेनु वस्तु परिवर्तन भएको देख्नु हुनेछ। देब्रेपट्टिको मेनुमा अपॉइंटमेंट खोज्नुहोस् र अपॉइंटमेंट इतिहास विकल्प समावेश हुनेछन्।

चरण 4

तपाईं अन्तर्वाता मिति लिन गर्न तयार हुनुहुन्छ भने, "अपॉइंटमेंट तय गर्नुहोस्" मा क्लिक गर्नुहोस् अनि भिसा प्रकार, पद, भिसा वर्ग, भिसा श्रेणी, र आवेदक जानकारीहरु पुरा गर्नुहोस् । त्यसपछि तपाईंले ग्राहकको भिसा अन्तर्वाताको लागि एउटा मिति लिन पाउनुहुने छ र पुष्टि विवरण पनि प्राप्त गर्नुहुने छ।

चरण 5

तपाईंले आफ्नो प्रोफाइलमा अन्य ग्राहकहरु थप्न र धेरै अन्तर्वाता मितिहरु लिन सक्नुहुनेछ। तपाईंलाई आफ्नो अधिललो निर्धारित अन्तर्वाता हेर्न आवश्यक छ भने, तपाईंले अन्तर्वाता खोज्नुहोस् वा अन्तर्वाताको इतिहास  मा क्लिक गरेर हेर्न सक्नुहुन्छ।

अन्तर्वाताको इतिहास ले तपाईंलाई आफ्नो अन्तर्वाता हेर्नको लागि अनुमति दिन्छ। यदि तपाईंले हरियो प्लस साइनमा क्लिक गर्नुभयो भने, तपाईंले अन्तर्वाता मिति, भिसा वर्ग, आवेदकको इमेल र UID जस्ता तपाईंका ग्राहकका जानकारीको एउटा स्न्यापसट देख्न सक्नुहुनेछ। तपाईंले अन्तर्वाता मिति, भिसा प्रकार, वा स्थितिले आफ्ना ग्राहकको सूची व्यवस्थित गर्न सक्नुहुनेछ।

नोट: अन्तर्वाताको इतिहास विकल्प प्रणालीमा भण्डारण अन्तर्वाता रेकर्डको अधिकतम संख्याको मामलामा सीमितता छ भन्ने याद  राख्नुहोस्। त्यसकारण यो जानकारी तपाईंको डेटाबेस रेकर्डको संदर्भबिन्दुको रूपमा प्रयोग गर्नु हुँदैन।

अन्तर्वाता खोज  ले तपाईंलाई आफ्नो ग्राहकको लागि कार्य सम्पादन गर्न अनुमति दिन्छ। तल स्क्रीनशटमा देखिएको जस्तै, तपाईंले अन्तर्वाता पुष्टि पत्र,  अन्तर्वाता मिति सार्न, कागजात वितरणको जानकारी अपडेट गर्न वा तपाईंका ग्राहकको अन्तर्वाता रद्द गर्न सक्नुहुन्छ।

थप जानकारी 

नोट: तपाईंले आफ्नो व्यक्तिगत पहुंचलाई एउटा यात्रा संयोजक प्रोफाइलमा परिवर्तन गर्नु भयो भने तपाईंले आफ्नो लागि अन्तर्वाता तय गर्न सक्नु हुनेछैन। तपाईंले आफ्नो अन्तर्वाता तय गर्न, विषय पंक्तिको तपाईंको UID संख्या travel-coordinator@ustraveldocs.com मा अर्को इमेल पठाउनुहोस्। यसले तपाईंको यात्रा संयोजक प्रोफाइल असक्षम पार्नेछ। तपाईंले आफ्नो अन्तर्वाता तय गर्दा तपाईं निर्भर पर्दामा सबै पहिले निर्धारित अन्तर्वाता हटाउनु आवश्यक हुनेछ। तपाईंले आफ्नो अन्तर्वाता निर्धारित गरेपछि, फेरि इमेल पठाउनुहोस् र तपाईंको पहुँच पुनर्स्थापित गरिनेछ।