सामुहिक अन्तर्वाता नियुक्ति

यो पृष्ठमा:

सिंहावलोकन

10 वा बढी व्यक्तिसँगै यात्रा गर्ने समुह ले सामुहिक अन्तर्वाता नियुक्तिको अनुरोध गर्न सक्नुहुन्छ। समुहहरू का उदाहरणमा, प्रदर्शन गर्न जाने कलाकारहरु, स्कूल यात्राहरु, व्यावसायिक प्रशिक्षार्थीहरु र भ्रमण समुहमा मात्र सीमित छैन। धेरै ठूलो समुहहरूको नियुक्ति विनियोजन धेरै दिन सम्म हुन सक्छ।

परिवार र आफन्त सँगै यात्रा गर्नेहरु समुहको रूपमा योग्य छैनन् त्यसैले व्यक्तिगत अन्तर्वाताको अनुरोध गर्नु पर्छ।

कसरी आवेदन गर्ने

चरण 1

एउटा समुह संयोजकले "अनलाइन अपॉइंटमेंट सिस्टम" प्रयोग गरि समुह कार्यतालिका अनुरोध क्लिक गरेर सामुहिक अन्तर्वाता नियुक्ति अनुरोध गर्न सक्छ। एजेन्ट मार्फत अनुरोध बुझाउन सम्भव छैन। एकपल्ट अनुरोध पेश भएपछि, अमेरिका दूतावासको प्रतिक्रियाको प्रतिक्षा गर्नुहोस् जुन इमेल मार्फत पाउनुहुनेछ।

चरण 2

अमेरिकी दूतावासले अनुरोध अनुमोदन गरेको खण्डमा, समूह संयोजकलाई समूहका प्रत्येक सदस्यको लागि अन्तर्वाता नियुक्ति तय गर्न आफ्नो प्रोफाइलमा फर्कन आमन्त्रण गरेको इमेल प्राप्त हुनेछ। कल सेन्टर एजेन्टले समुह अन्तर्वाता नियुक्ति तय गर्न सक्दैनन्, तर तिनीहरू प्रश्नको जवाफ मार्फत सहयोग गर्न सक्षम छन्। अमेरिकी दूतावासले समुह अन्तर्वाता नियुक्तिको लागि अनुरोध इन्कार गरेमा, इमेलको माध्यमबाट सूचीत गर्नेछन् । यस्तो अवस्थामा, समुहको प्रत्येक सदस्यले व्यक्तिगत रुपमा अन्तर्वाता नियुक्ति तय गर्नुपर्नेछ।

नोट:तपाईंको अनुरोधको पुष्टि वा इन्कार गरिएको इमेल no-reply@ustraveldocs.com बाट आउँनेछ। केही इमेल एप्लिकेशनको नियमानुसार यस्ता अज्ञात प्रेषकहरूको इमेल स्पाम वा जंक मेल फोल्डरमा फिल्टर गर्दछ। तपाईंलाई आफ्नो इमेल सूचना प्राप्त भएको छैन भने, कृपया आफ्नो जंक र स्पाम इमेल फोल्डरमा सन्देशका लागि हेर्नुहोला।

चरण 3

समुहको प्रत्येक सदस्यले भिसा आवेदन शुल्क तिर्नुपर्छ। एकमुष्ठ शुल्क भुक्तानीको मामलामा, तपाईंले एउटा मात्र रसीद नम्बर पाउनु हुनेछ र प्रत्येक मान्य MRV शुल्कको भुक्तानीको लागि सोहि रसीद नम्बर प्रयोग गर्नु पर्ने हन्छ।

Visa Types and U.S. Dollar Application Fee Amounts - Sorted by Visa Type

Visa Type Description Fee Amount Select Quantity
B Business/Tourist $185
C-1 Transit $185
C-1/D Transit and Airline Crew $185
CW Transitional Worker CNMI $205
D Ship Crew $185
E Treaty Trader/Investor, Australian Professional Specialty, Long-Term Investor CNMI $315
F Student (academic) $185
H Temporary/Seasonal Workers and Employment, Trainees $205
I Journalist and Media $185
J Exchange Visitor $185
L Intracompany Transferees $205
M Student (vocational) $185
O Persons with Extraordinary Ability $205
P Athletes. Artists & Entertainers $205
Q International Cultural Exchange $205
R Religious Worker $205
T Victim of Human Trafficking $185
TN/TD NAFTA Professionals $185
चरण 4

समुहको प्रत्येक सदस्यले गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (DS-160) फारम भर्नु पर्दछ र पुष्टि पृष्ठ प्रिंट गर्नुपर्छ।

चरण 5

अनलाइन अन्तर्वाता नियुक्ति प्रणालीमा समुह संयोजक आफ्नो प्रोफाइलमा फर्किन्छ र समुह कार्यतालिका अनुरोध बटनमा क्लिक गरेर सामुहिक अन्तर्वाताको मिति तय गर्ने प्रक्रिया सुरु गर्दछ। यस्ता संयोजकको हातमा प्रत्येक समुहको सदस्य बारे तीनवटा जानकारी हुनै पर्छ:

  • आवेदकहरुको पूरा नाम, राहदानी नंबर, जन्म मिति, राहदानी बहाली सकिने मिति, र राहदानीको बायोग्राफिक पृष्ठमा भएका अन्य महत्वपूर्ण जानकारीहरु।
  • समुह सदस्यको भिसा आवेदन शुल्क रसिद नंबर । यो नंबर पत्ता लगाउन यहाँ क्लिक गर्नुहोस्।
  • समुह सदस्यको DS-160 पुष्टि पृष्ठबाट 10 अंकको बारकोड संख्या।
चरण 6

समुह संयोजकले सही अनुमोदित समुहको अन्तर्वाता नियुक्ति अनुरोध गर्दछ। समुह संयोजकले अक्सर सामुहिक अन्तर्वाता नियुक्ति तय गर्दा, सही समुह अनुरोध चयन गर्न महत्वपुर्ण छ।

चरण 7

प्रत्येक समुहको सदस्य समुह संयोजकको प्रोफाइलमा एउटा "निर्भर" को रुपमा जोडिन्छ। समुह संयोजकले सदस्यलाई समुहमा चुन्न वा नचुन्न सक्छ।

चरण 8

समुह सदस्यहरु आफ्नो भिसा अन्तर्वाताको मिति र समयमा अमेरिकी दूतावासमा पुग्छन् । प्रत्येक सदस्यसँग अन्तर्वाता नियुक्ति पत्र, DS-160 पुष्टि पृष्ठ, पछिल्लो ६ महिना भित्र लिइएको एउटा फोटो, हालको राहदानी र सबै पुरानो राहदानीहरु हुनुपर्छ। यी सबै वस्तुहरुको बिना आवेदन स्वीकार गरिने छैन।

ययाद राख्नु पर्ने बुँदाहरू
  • एकपल्ट समुह अनुरोध स्वीकृत भएपछि, समुहसँग चरण 1 देखि 6 सम्म पूरा गर्न एउटा सीमित समय मात्र हुन्छ । सामान्यतया, सात दिनको समय सीमा हुने गर्दछ, तर समूह संयोजकलाई इमेलबाट प्राप्त पुष्टि हेर्न सुझाव गरिन्छ । यदि अनुमोदन पछिको 7 दिनको अवधि समाप्त भएमा, समुह संयोजकले फेरी शुरू देखि नयाँ अनुरोध पेस गर्नुपर्छ।
  • समुह संयोजकले समूह सदस्यहरूका लागि कदम 1, 2, 3 र 5 पुरा गर्नु पर्छ। प्रत्येक आवेदकले आफ्नो DS-160 फारम आफै पूरा गर्नुपर्छ।
  • समुह सदस्यले पहिल्यै नै एउटा अन्तर्वाता नियुक्ति निर्धारित गरेको छ भने, ऊ अब एउटा समुह सदस्य हुन योग्य हुँदैन। उसले एक्लै भिसा अन्तर्वातामा उपस्थित हुनुपर्छ।
  • समुहको आवेदकले H2A, H2B, वा H3 जस्ता भिसा आवेदकको रूपमा अनुमोदित I-797 निवेदनमा आवेदन गर्दैछन् भने, एउटा चरणमा समुह संयोजकले अनुरोध अंशको रूपमा अनुमोदित I-797को स्पष्ट प्रतिलिपि अपलोड गर्नुपर्छ।

यदि तपाईंको सामुहिक अन्तर्वाता सम्बन्धि अतिरिक्त प्रश्न छन् भने, सामुहिक अन्तर्वाता निर्धारण को विस्तृत निर्देशन को लागि कृपया ट्यूटोरियल मा जानुहोस्।