अमेरिकी भिसाको लागि आवेदन गर्न | कूटनीतिक तथा सरकारी अधिकारीहरू - Nepal (Nepali)

कूटनीतिक तथा सरकारी अधिकारीहरू

यो पृष्ठमा:


संक्षिप्त विवरण

यो साइट मार्फत MRV भिसा आवेदन शुल्क भुक्तान नगर्नुहोस्किनभने यो फिर्ता हुनेछैन।

संयुक्त राज्य अमेरिकाको भ्रमणमा जान लाग्नुभएका कूटनीतिज्ञहरू र सरकारी अधिकारीहरू आफैले वा आफ्नो प्रतिनिधि मार्फत काठमाडौंमा रहेको अमेरिकी दूतवासको कन्सुलर शाखामा सोमबार देखि शुक्रबार दिउसो १ बजे देखि ४ बजे भित्र,आधिकारिक भिसा आवेदनहरू पेश गर्न सक्नेछन्। आधिकारिक भिसाहरूमा A (संयुक्त राज्य अमेरिकाको सामान्य आधिकारिक यात्रा), G (अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै UN को आधिकारिक यात्रा), C-2 र C-3 (अर्को देशमा आधिकारिक बैठकहरूको लागि संयुक्त राज्य अमेरिका ट्रान्जिट गर्ने अधिकारीहरू) समावेश छन्। केही अवस्थामा, आवेदनमा प्रमुख यात्रीको परिवारका सदस्यहरू, साथै घरेलु कर्मचारीहरू समावेश हुन सक्छन्। अमेरिकी अध्यागमन कानुन अन्तर्गत आधिकारिक भिसाको लागि आवेदकहरूले केही निश्चित आवश्यकताहरू पूरा गर्नुपर्दछ(A भिसाको आवश्यकताहरू बारे जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् र G भिसाहरूको लागि यहाँ क्लिक गर्नुहोस्।) आधिकारिक भिसाका लागि आवेदन दिन कुनै शुल्क लाग्दैन।

आवेदनका लागि आवश्यक कागजातहरूमा निम्न पर्दछन्:

  • संयुक्त राज्यमा प्रवेश गर्नको लागि नियोजित मिति देखि कम्तिमा छ महिना पछिसम्मको वैध राहदानी;
  • DS-160 बाट प्राप्त गरिएको एक पृष्ठको प्रमाणीकरण फाराम (स्पष्ट बारकोडको साथमा) (आवेदकहरूले सही तरिकाले तिनीहरूको यात्राको प्रयोजनको लागि उचित भिसा वर्ग चयन गर्नुपर्छ र फाराममा रहेका सबै प्रश्नहरूको जवाफ दिनुपर्छ);
  • सेतो वा धमिलो सेतो पृष्ठभूमि भएको 2" x 2" को हालैको फोटो (सम्पूर्ण फोटो आवश्यकताहरूको लागि यहाँ क्लिक गर्नुहोस्);
  • आवेदकको पद, यात्राको उद्देश्य र अवधि र पूर्वाधिकारीको नाम सहित एउटा कूटनीतिक नोट;
  • संयुक्त राज्यबाट एउटा निमन्त्रणा पत्र;
  • G-4 भिसाहरूको लागि आवेदन दिने UN अधिकारीहरूको लागि एउटा परिवहन पत्र, र;
  • आवेदकको यात्राको उद्देश्यलाई स्पष्ट पार्नमा मद्दत गर्न सक्ने कुनैपनि अन्य सम्बद्ध कागजातहरू।

कृपया ध्यान दिनुहोस्: अपूरो वा गलत जानकारी भएका आवेदनलाई स्वीकारिनेछैन र समीक्षा गरिसकेपछि फिर्ता पठाइनेछ।

यदि प्रशासनिक प्रक्रिया आवश्यक परेमा, धेरै जसो भिसा आवेदन प्रक्रियालाई समान्यतया भन्दा थप समय लाग्न सक्छ , यस्तो प्रशासनिक प्रक्रिया भिसा न्यायिक प्रक्रिया को एक अभिन्न भाग हो, जसलाई न छुट दिन मिल्छ न त शीघ्र गराउन सकिन्छ । जब प्रशासनिक प्रक्रियाको लागि लाग्ने समय प्रत्येक मामलाको व्यक्तिगत परिस्थितिमा आधारित हुन्छ। त्यसैले भिसा आवेदकहरूलाई यात्राको अनुमानित मिति भन्दा अघि नै भिसाको आवेदन प्रारम्भ गर्न सम्झाइन्छ।

थप जानकारी

थप जानकारीको लागि, कृपया यो वेब पेज मा जानुहोस् वा भिसा सम्बन्धी मामिलाहरूको लागि जिम्मेवार तपाईंको सरकार वा निकायको प्रशासनिक कार्यालयहरूबाट परामर्श लिनुहोस्।

कूटनीतिक र आधिकारिक भिसाहरूको लागि योग्यताको बारेमा थप जानकारीको लागि र भिसाहरू र भिसाहरू को बरेमा थप विस्तृत जानकारीको लागि तपाईंले डिपार्टमेन्ट अफ स्टेट वेबसाइट को भ्रमण गर्न सक्नुहुन्छ।