अमेरिकी भिसाको लागि आवेदन गर्न | भिसा छूट कार्यक्रम - Nepal (Nepali)

भिसा छूट कार्यक्रम

यो पृष्ठमा:


सिंहावलोकन

भिसा छूट कार्यक्रम (VWP)ले संयुक्त राज्य अमेरिकाको यात्रा गर्न निश्चित देशहरूका नागरिकहरुलाई पर्यटन वा व्यापार (अतिथि भिसा उद्देश्य)को लागि भिसा प्राप्त नगरिकन 90 दिन वा कम रहनको लागि सक्षम बनाउँछ। सबै देशहरू VWP मा भाग  लिँदैनन्, र VWP देशहरूका सबै यात्री यो कार्यक्रम प्रयोग गर्न योग्य  हुँदैनन्। VWP यात्रीले यात्रा प्राधिकरणको लागि इलेक्ट्रोनिक प्रणाली(ESTA) प्राधिकरणको लागि आवेदन गर्न आवश्यक छ, जसलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्दा पोर्टमा जाँच  गरिन्छ, र होमल्याण्ड सुरक्षा विभागको अमेरिकी-यात्रा कार्यक्रममा दाखिल हुन्छन्।

*सदस्य देशहरु
अन्डोरा
अस्ट्रिया
अस्ट्रेलिया
आइसल्याण्ड
आयरल्याण्ड
इटाली
इस्टोनिया
कोरिया गणतन्त्र
क्रोएसिया
ग्रीस
चिली
चेक गणतन्त्र
जर्मनी
जापान
डेनमार्क
ताइवान
नर्वे
नेदरल्यान्ड्स
जन्युजिल्याण्ड
पोर्चुगल
पोल्याण्ड
फिनल्याण्ड
फ्रान्स
बेल्जियम
ब्रुनाई
माल्टा
मोनाको
युनाइटेड किंगडम
लक्जमबर्ग
लाटभिया
लिकटेन्स्टाइन
लिथुआनिया
सान मारिनो
सिङ्गापुर
स्पेन
स्लोभाकिया
स्लोभेनिया
स्वस्विट्जरल्याण्ड
स्वीडेन
तहंगेरी

माथि उल्लेखित सदस्य देशहरूका नागरिकहरु पर्यटन र व्यापार यात्राका लागि निम्न आवश्यकताहरू पूरा गरेमा 90 दिन वा कमको यात्रा भिसा बिना गर्न सक्छन्:

  • एकीकृत चिप भएको राहदानी(ई-पासपोर्ट)  धारण गरेको;
  • यात्रा प्राधिकरणको लागि इलेक्ट्रोनिक प्रणाली (ESTA) मार्फत अनलाइन दर्ता गरेको; र,
  • तल उल्लेख गरिएका VWP आवश्यकताहरु पूरा गर्दछन् भने।

क्यानाडा, मेक्सिको, र ब्रिटिश प्रवासी बर्मुडा क्षेत्र नागरिक को लागि, कृपया राज्य विभागको यात्रा वेबसाइटमा जानुहोस्।

यस पृष्ठमा रहेका "देश" वा "देशहरू"सम्मानका साथ सूचित गरिन्छ कि 1979 को ताइवान सम्बन्ध ऐन, Pub. L. No. 96-8, Section 4(b)(1), अन्तर्गत जब "संयुक्त राज्य अमेरिकाको कानूनले विदेशी देशहरू, राष्ट्र, सरकार, वा त्यस्तै संस्थाहरुभनी सम्बोदन वा उल्लेख गर्दै, सर्तहरु सामेल गर्छ भने त्यो ताइवानको "22 U.S.C. § 3303(b)(1) लागि लागू हुनेछ। त्यस अनुसार, अधिकृत भिसा छूट कार्यक्रम विधायिका, अध्यागमन र राष्ट्रियता ऐनको दफा 217, 8 U.S.C. 1187मा "देश" वा "देशहरू"का सबै सन्दर्भहरूमा, ताइवान पनि समावेश भएको बुझिन्छ । यो संयुक्त राज्य अमेरिकाको एक-चीन नीति अनुरूप भएको हो जस अन्तर्गत संयुक्त राज्य अमेरिकाले 1979 देखि ताइवानसँग अनौपचारिक सम्बन्ध कायम गरेको छ।

योग्यता

भिसा छूट कार्यक्रममा संयुक्त राज्य अमेरिका प्रवेश गर्न, यात्रीसँग हुनुपर्ने कुराहरु:

  • माथि उल्लेखित देशहरु मध्ये एकको नागरिक हुनुपर्छ, र एउटा VWP-मिल्दो राहदानी धारण गर्नुपर्छ
  • ESTA प्राधिकरण धारण गर्नुपर्छ;
  • 90 दिन वा कम संयुक्त राज्य अमेरिकामा रहनको लागि मात्र ; र,
  • यात्राको उद्देश्य:

क. व्यापार - तपाईंको यात्राको उद्देश्य व्यापार सहयोगीहरुसँग परामर्श गर्न: वैज्ञानिक, शैक्षिक, व्यावसायिक वा व्यापार अधिवेशन, वासम्मेलनमा सामेल हुनको लागि; सम्पत्ति मामिला मिलाउन; या ठेक्का सम्झौताको बातचीतका लागि।

ख. आनन्द/पर्यटन - तपाईंको यात्राको उद्देश्य प्राकृतिक मनोरन्जन हो ; जसमा पर्यटन, बिदा (छुट्टी), मनोरन्जन, मित्र वा आफन्तसँग भेटघाट, आराम, चिकित्सा उपचार; भातृत्व विषयक गतिविधि, सामाजिक, वा सेवा भावको गतिविधि; र संगीत, खेल र त्यस्तै घटनाहरू वा प्रतियोगिताहरुमा पारिश्रमिक रहितसौखिया सहभागिता पर्दछन्।

ग. ट्रान्जिट- यदि तपाईं संयुक्त राज्य अमेरिकाको भएर अन्त कतै यात्रा गर्दैहुन्छ भने।

अनि यदि हवाई वा सामुद्रीक मार्गबाट संयुक्त राज्य अमेरिका प्रवेश गर्दै हुनुहुन्छ भने अत्यावश्यक पर्ने कुराहरु:

  • एउटा फिर्ती वा अगाडि यात्रा गर्ने टिकट लिनुपर्छ । इलेक्ट्रोनिक टिकटमा यात्रा गर्दै हुनुहुन्छ भने, एक प्रति अध्यागमन निरीक्षकलाई देखाउन बोकेको हुनु पर्छ। मेक्सिको, क्यानाडा, बर्मुडा वा क्यारेबियन टापुमा रोकिएर अगाडि बढ्ने टिकटसँग यात्रा गर्ने यात्रीहरु यी क्षेत्रका कानूनी बासिन्दा हुनु पर्छ।
  • यस कार्यक्रममा भाग लिन सहमत भएको हवाई वा समुद्र वाहक मा सवार भएर संयुक्त राज्य अमेरिका जानुहोस्। यस अन्तर्गत भिसा छूट कार्यक्रम अन्तर्गत यात्रु बोक्न होमल्याण्ड सुरक्षा विभाग सँग सम्झौतामा प्रवेश गरेको अमेरिकी संस्थानको विमान पर्दछ।

क्यानाडा वा मेक्सिको देखि थल मार्ग हुँदै संयुक्त राज्य अमेरिका प्रवेश गरेमा, दुईतर्फी टिकट र हस्ताक्षर वाहकको आवश्यकता पर्दैन, यसबाहेकका कागजी आवश्यकताहरु एउटै हुन्। तपाईंले आफ्नो प्रवासको समयमा आफैलाई खर्च गर्न र संयुक्त राज्य अमेरिकाबाट प्रस्थान गर्न धन छ भनेर निरीक्षण अधिकारीलाई विश्वास गराउनु सक्नु पर्छ।

यात्रा प्राधिकरणको लागि इलेक्ट्रोनिक प्रणाली (ESTA)

अस्थायी व्यापार या पर्यटनको लागि संयुक्त राज्य अमेरिकाको यात्राको योजना गर्ने VWP देशहरूका सबै नागरिकले VWP अन्तर्गत संयुक्त राज्य अमेरिकाको हवाई वा समुद्री यात्रा गर्न बाहकमा चढ्नु अघि अनुमोदित यात्रा प्राधिकरणको लागि इलेक्ट्रोनिक प्रणाली (ESTA) आवश्यक पर्दछ।

राहदानी आवश्यकताहरु

अ्प्रिल 1, 2016 देखि, भिषा छूट कार्यक्रम मा संयुक्त राज्य अमेरिका यात्रा गर्न को लागि सक्षम हुने हरुलाई वैध विद्युतीय पासपोर्ट हुनुपर्छ। यो नियम पनि यात्रा प्राधिकरण को लागि इलेक्ट्रनिक प्रणाली (ESTA) अधिकार गर्नेहरूलाई लागू हुन्छ। इलेक्ट्रनिक राहदानी को आवरण मा यो प्रतीक छ:

निम्न श्रेणीका यात्रुहरूले संयुक्त राज्य अमेरिकाको यात्रा गर्नु अघि भिसा प्राप्त गर्नु पर्नेछ, किनभने वहाँहरू भिसा छूट कार्यक्रम (VWP) अन्तर्गत यात्रा गर्न पाउनुहुने छैन:

  • मार्च १, २०११ मा वा पछि प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया, इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया, वा यमनमा यात्रा गरेका वा उपस्थित भएका VWP देशका नागरिकहरू (कूटनीतिक वा सैन्य यात्राका लागि सीमित अपवादहरू सहित) VWP देशको सेवामा उद्देश्यहरू)।
  • जनवरी १२, २०२१मा वा पछि क्युबामा यात्रा गरेका वा उपस्थित भएका VWP देशका नागरिकहरू (VWP देशको सेवामा कूटनीतिक वा सैन्य उद्देश्यका लागि यात्राको लागि सीमित अपवादहरू सहित)।
  • VWP देशका नागरिकहरू जो क्युबा, डेमोक्रेटिक जनवादी गणतन्त्र कोरिया, इरान, इराक, सुडान, वा सिरियाका नागरिकहरू पनि हुन्।

यो प्रतिबन्ध त्यस्ता यात्रीहरुमा लागू हुँदैन जो, VWP देशहरुका सरकारी कर्मचारीको रूपमा आधिकारिक जिम्मेवारी पूरा गर्न वा VWP देशहरूको सैनिक सेवामा ती देशहरू मध्ये कुनै पनि एकमा हुनुहुन्थ्यो भने ।

मातृभूमि सुरक्षाको सचिवले VWP प्रतिबन्ध माफ गर्न सक्छन् यदि उहाँलाई यो अमेरिकी कानून प्रवर्तनमा छ वा संयुक्त राज्य अमेरिका को राष्ट्रिय सुरक्षा चासोको विषय हो जस्तो लाग्छ भने । यस्तो माफि केस र अवस्थाको आधारमा प्रदान गरिन्छ । यस्ता माफि को लागि योग्य हुने यात्रीहरुमा निम्न हुन सक्छन्:

  • त्यस्ता व्यक्तिहरू जसले इराक, इरान, उत्तर कोरिया, सिरिया, सुडान, लिबिया, सोमालिया , र / वा येमेनमा अन्तर्राष्ट्रिय संस्थाहरू, क्षेत्रीय संगठनहरु, वा उप-राष्ट्रिय सरकारको तर्फबाट कामकाजका लागि यात्रा गरेका छन्;
  • त्यस्ता व्यक्तिहरू जसले  इराक, इरान, उत्तर कोरिया, सिरिया, सुडान, लिबिया, सोमालिया , र / वा येमेनमा मानवीय गैर-सरकारी संस्थाहरूको (एनजीओ) को तर्फबाट यात्रा गरेका छन्; र
  • पत्रकारहरु जो रिपोर्ट गर्ने उद्देश्यका इराक, इरान, उत्तर कोरिया, सिरिया, सुडान, लिबिया, सोमालिया, र / वा येमेनमा यात्रा गर्छन्।
  • वैध व्यापार-सम्बन्धित उद्देश्यसहित संयुक्त बृहत कार्य योजनाको समापनको(जुलाई 14, 2015) इरान यात्रा गर्ने व्यक्तिहरूलाई; र
  • वैध व्यापार-सम्बन्धित उद्देश्यका लागि इराक यात्रा गरेका व्यक्तिहरूलाई।

अद्यावधिक ESTA आवेदन फारम उपलब्ध छ। नयाँ फारममा ऐनले माग गरेको नयाँ यात्रा योग्यता आवश्यकताहरूलाई सम्बोधन गर्ने थप नयाँ प्रश्नहरू समावेश गरिएका छन् ।हामी ESTA खोज्ने यात्रुहरूलाई नँया परिमार्जित प्रणाली प्रयोग गर्न प्रोत्साहित गर्दछौं, जसले एक छुटको सम्भावित अनुदानको बारेमा निर्धारण गर्न व्यक्तिलाई सहयोग गर्दछ।

वर्तमान ESTA धारकहरू यात्रा गर्न पूर्व आफ्नो ESTA स्थिति  CBP को वेबसाइटमा जाँच गर्नुपर्छ। https://esta.cbp.dhs.gov/esta/ 

राहदानी वैधता: संयुक्त राज्य अमेरिका भ्रमण गर्ने पर्यटकहरूले संयुक्त राज्य अमेरिका मा आफ्नो प्रवास अवधि देखि ६ महिना पछिसम्म वैध राहदानी, (देश-विशेष सम्झौताले छुट प्रदान नगरेसम्म हुन आवश्यक छ। यदि तपाईं भिषा छूट कार्यक्रम अन्तर्गत यात्रा गर्दै हुनुहुन्छ भने तपाईँको राहदानी कम्तिमा 90 दिनको लागि मान्य हुनुपर्नेछ । यदि राहदानी 90 दिनको लागि मान्य छैन भने, तपाईँले राहदानी वैधता समाप्त हुने मिति सम्म संयुक्त राज्य अमेरिका मा प्रवेश दिइनेछ ।

तपाईं VWP देशको हुनुहुन्छ तर तपाईँको राहदानीले VWPको  आवश्यकताहरू पूरा गर्दैन भने, तपाईंले आफ्नो देशमा VWP-अनुरूप राहदानी प्राप्त  गर्न सक्नुहुन्छ। अन्यथा तपाईं VWP अन्तर्गत यात्रा गर्न सक्नु हुने छैन र तपाईंले संयुक्त राज्य अमेरिका प्रवेश को लागि आफ्नो वैध राहदानी मा भिसा प्राप्त गर्नुपर्नेछ।

अयोग्यता

केहि यात्रीहरु VWP अन्तर्गत निःशुल्क अमेरिकी भिसामा प्रवेश गर्न योग्य नहुन सक्छन्। यस्ता यात्रीहरु,मा अपराधी सिद्ध नभएता पनि आपराधिक आरोपमा पक्राउ परेकाहरु, आपराधिक रेकर्ड भएकाहरु (माफी, आममाफी, वा अन्य कामको विषय भए पनि), केही गम्भीर सरुवा रोग लागेकाजसलाई संयुक्त राज्य अमेरिकामा प्रवेशको लागि इन्कार गरिएक, वा त्यहाँदेखि निर्वासित गराइएकाहरु या पहिले भिसा छूट कार्यक्रममा म्याद नाघेर धेरै बसेकाहरु पर्दछन् । यस्ता यात्रीहरुले भिसाको लागि आवेदन गर्नुपर्दछ। तिनीहरूले बिना भिसा यात्रा गर्ने प्रयास गरेमा भने, उनिहरुलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न इन्कार गर्न सकिनेछ।

निम्न श्रेणीका यात्रुहरूले संयुक्त राज्य अमेरिकाको यात्रा गर्नु अघि भिसा प्राप्त गर्नु पर्नेछ, किनभने वहाँहरू भिसा छूट कार्यक्रम (VWP) अन्तर्गत यात्रा गर्न पाउनुहुने छैन:

  • मार्च १, २०११ मा वा पछि प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरिया, इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया, वा यमनमा यात्रा गरेका वा उपस्थित भएका VWP देशका नागरिकहरू (कूटनीतिक वा सैन्य यात्राका लागि सीमित अपवादहरू सहित) VWP देशको सेवामा उद्देश्यहरू)।
  • जनवरी १२, २०२१मा वा पछि क्युबामा यात्रा गरेका वा उपस्थित भएका VWP देशका नागरिकहरू (VWP देशको सेवामा कूटनीतिक वा सैन्य उद्देश्यका लागि यात्राको लागि सीमित अपवादहरू सहित)।
  • VWP देशका नागरिकहरू जो क्युबा, डेमोक्रेटिक जनवादी गणतन्त्र कोरिया, इरान, इराक, सुडान, वा सिरियाका नागरिकहरू पनि हुन्।

भिसा वेभर प्रोग्राम इम्प्रुभमेन्ट एन्ड टेररिस्ट ट्राभल प्रिभेन्सन एक्ट २०१५ (एक्ट) अन्तर्गत परिवर्तनहरू बारे विवरणहरूको लागि, कृपया भिसा छूट कार्यक्रमको वेबसाइटमा जानुहोस्

यातायात सम्बन्धि अपराधको लागि गिरफ्तार र/वा दोष निरुपण नभएका यात्रीले अन्यथा योग्य छन् भने, भिसा बिना यात्रा गर्न सक्छन्। तपाईं संयुक्त राज्य अमेरिकामा भएको समयमा यातायात सम्बन्धि अपराध भयो र तपाईं विरुद्ध एउटा उत्कृष्ट जरिमाना लगाइयो या तपाईं अदालतमा उपस्थित हुनु भएन भने, तपाईंको गिरफ्तारी हुन सक्छ र तपाईंलाई संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न समस्या हुनेछ। तसर्थ, तपाईंले हाजिर हुनुपर्ने अदालतमा सम्पर्क गरेर यात्रा अघि समस्या हल गर्नुपर्छ। यदि तपाईंलाई अदालतको ठेगाना थाहा छैन भने, जानकारी इन्टरनेटमा https://refdesk.com/ बाट उपलब्ध हुनेछ।

निःशुल्क भिसा यात्रामा यस्ता यात्रीहरु समावेश हुने छैनन् जो अध्ययन गर्न, काम गर्न वा 90 दिन भन्दा बढी समयको लागि संयुक्त राज्य अमेरिकामा रहन चाहन्छन् वा संयुक्त राज्य अमेरिकामा आफ्नो अवस्था परिवर्तन (पर्यटन देखि विद्यार्थी भिसा, आदि) गर्ने विचार गर्दछन् । यस्तो यात्रीहरुलाई भिसाको आवश्यकता पर्दछ। अध्यागमन अधिकारीलाई भिसा-बिनाको यात्री, अध्ययन गर्न, काम गर्न वा 90 दिन भन्दा लामो समय सम्म रहनेछ भन्ने लाग्यो भने, यात्रीलाई प्रवेश गर्न अस्वीकार गरिनेछ।

क्यानाडा र मेक्सिकोका आवेदकहरु

क्यानाडा, मेक्सिको र बर्मुडा राष्ट्र भिसा छूट कार्यक्रमका सहभागी होइनन्। अध्यागमन र राष्ट्रियता ऐनमा केही खास परिस्थितिमा क्यानाडा र बर्मुडाका नागरिकहरु लागि भिसाविहिन यात्राको लागि अन्य प्रावधान छ। क्यानाडा र बर्मुडाका नागरिक ले हेर्नुहोस्। तिनीहरू भिसा छूट कार्यक्रमको सहभागी नभएकोले, VWP आवश्यकता अनुरुपको मिसिनले पढ्नसक्ने वा बायोमेट्रिक राहदानीको आवश्यकताहरु क्यानाडा, मेक्सिको वा बर्मुडाका नागरिकहरुको लागि लागू हुँदैन। साथै, यो जान्नु आवश्यक छ कि संयुक्त राज्यको यात्रा गर्ने क्यानाडा र बर्मुडाका केही नागरिकहरुलाई गैर आप्रवासी भिसा आवश्यक पर्दछ।

ESTA को इन्कार

ESTA ले इन्कार गरेका यात्रीले VWP अन्तर्गत यात्रा गर्न पाउँदैनन् । त्यसैले प्रस्थान गर्नुअघि भिसाको लागि आवेदन गर्नुहोस्।

ESTA प्रक्रियाको कुनै पनि सोधपूछ होमल्याण्ड सुरक्षा विभागमा निर्देशित गरिएको छ।