भिसा प्रकार

यो पृष्ठमा:


सिंहावलोकन

सामान्यतया संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहने विदेशी राष्ट्रको नागरिकले पहिले भिसा प्राप्त गर्नुपर्छ, अस्थायी प्रवासको लागि गैर-आप्रवासी भिसा वा स्थायी बसोबासको लागि आप्रवासी भिसा । योग्य देशका नागरिकहरू भिसा छुट कार्यक्रम अन्तर्गत (Visa Waiver Program) भिसा बिना संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न सक्छन् । भिसा छुट कार्यक्रम अन्तर्गत संयुक्त राज्य अमेरिका आउने सबै यात्रीले संयुक्त राज्य अमेरिकाको भ्रमण सुरु गर्नुभन्दा पहिले भ्रमण आदेशका लागि इलेक्ट्रोनिक प्रणाली (ESTA) मार्फत आदेश प्राप्त गर्नुपर्छ ।

यदि तपाईँ भिसा छुट कार्यक्रमका लागि योग्य हुनुहुन्न वा अध्ययन गर्न, काम गर्न, आदानप्रदान कार्यक्रमहरूमा सहभागी हुन वा भ्रमणको B भिसा उद्देश्यभित्र नपर्ने कुनै पनि अन्य उद्देश्यका लागि भ्रमण गर्दै हुनुहुन्छ भने तपाईँलाई गैर-आप्रवासी भिसा चाहिन्छ ।

भिसाले संयुक्त राज्य अमेरिकामा प्रवेश गर्ने ग्यारेन्टी दिँदैन। भिसाले त अमेरिकी कन्सुलर अफिसरले तपाईँलाई खास उद्देश्यका साथ संयुक्त राज्य अमेरिकामा प्रवेशका लागि योग्य हुनुहुन्छ भनेर निर्णय गरेको सङ्केत मात्र गर्छ।

गैर आप्रवासी भिसा

गैर-आप्रवासी भिसा, पर्यटक, व्यापारी, विद्यार्थी, वा विशिष्ट कामदार जो विशेष उद्देश्य पूरा गर्न संयुक्त राज्य अमेरिकामा केहि अवधिको लागि रहन चाहनेहरूद्वारा प्रयोग गरिन्छ। अमेरिकी भिसासम्बन्धी कानून र नियमहरु अनुसार, अधिकांश गैर-आप्रवासी भिसा आवेदकहरूले आफ्नो गृहमुलुकसँग बलियो सम्बन्ध छ भनेर कन्सुलर अफिसरलाई देखाउनु पर्छ र अस्थायी प्रवासपछि संयुक्त राज्य अमेरिकाबाट प्रस्थान गर्ने उनीहरूको अभिप्राय छ भन्ने कुरा देखाउनु पर्छ।