भिसा शुल्क

यो पृष्ठमा:


सिंहावलोकन

बालबालिकाहरू लगायत भिसा आवेदकहरूले गैर-आप्रवासी भिसाको लागि आवेदन गर्नुभन्दा पहिले, कहिलेकाहीँ MRV शुल्क भनिने फिर्ता नहुने, अरूको नाउँमा सार्न नमिल्ने भिसा आवेदन शुल्क तिर्न आवश्यक छ । भिसा जारी भए पनि वा नभए पनि भिसा आवेदन शुल्क तिर्नैपर्छ । तपाईँले आवेदन गरेको भिसाको प्रकारले शुल्क राशि निर्धारण गर्छ । तपाईँको नागरिकता र तपाईँले आवेदन गरेको भिसाको प्रकार अनुसार, तपाईँले भिसा इस्सुएन्स वा "रेसिप्रोसिटी" शुल्क तिर्नुपर्ने हुनसक्छ । यस वेबपेजमा प्रत्येक गैर-आप्रवासी भिसा प्रकारसँग सम्बन्धित भिसा आवेदन शुल्कको सूची संलग्न छ ।

यहाँ दिइएको सूची गैर-आप्रवासी भिसाहरूको आवेदन शुल्कको लागि मात्र हो ।

भुक्तानीसम्बन्धी जानकारी

शुल्क अमेरिकी डलरमा प्राप्त भएपनि नेपाली रुपैयाँमा पेमेन्ट गर्न सकिनेछ । तपाईँले  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) का कुनै पनि शाखामार्फत शुल्क तिर्न सक्नु हुने छ वा connectIPS मार्फत पनि  भुक्तानी गर्न सकिने छ । भुक्तानीका विकल्प बारे थप जानकारीका लागि यहाँ क्लीक गनुहोस् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) को शाखा खोज्न यहाँ क्लिक गर्नुहोस् र connectIPS  ई–भुक्तानी प्रणाली प्रयोग गर्ने बैंकहरूको बारेमा पत्ता लगाउन, यहाँ क्लिक गर्नुहोस् ।

सीमितता

तपाईँको भिसा आवेदन शुल्क फिर्ता हुँदैन र अरूको नाउँमा सार्न पनि मिल्दैन । आवेदन शुल्क तिरेपछि तपाईँले एउटा रसिद प्राउनुहुनेछ ।१ अक्टोबर, २०२२ मा वा पछि गरिएका सबै गैरआप्रवासी भिसा आवेदन शुल्कहरू (MRV शुल्क पनि भनिन्छ), MRV शुल्कको भुक्तानीको लागि जारी भएको रसिद मितिदेखि ३६५ दिनसम्म मान्य हुन्छन्। आवेदकहरूले यो ३६५ दिनको अवधिमा अन्तर्वार्ता नियुक्ति अनुसूचित गर्नुपर्छ वा अन्तर्वार्ता छूट आवेदन पेश गर्नुपर्छ। कृपया ध्यान दिनुहोस् कि आवेदकहरूले केवल ३६५ दिनको अवधि भित्र आफ्नो अन्तर्वार्ताको नियुक्ति बनाउनु पर्छ वा आफ्नो छूट आवेदन पेश गर्नुपर्छ। ३६५ दिनको अवधिमा अन्तर्वार्ता हुनु पर्ने कुनै आवश्यकता छैन। अक्टोबर १, २०२२ अघि जारी गरिएको MRV शुल्कहरूको भुक्तानीका लागि सबै रसिदहरू सेप्टेम्बर ३०, २०२३ सम्म विस्तार गरिएको थियो, र यो मिति सम्म मान्य रहनेछ।

भिसा प्रकार र आवेदन शुल्क राशि

एउटा भिसाको आवेदनको लागि मात्र लागु हुने गरी आवेदन शुल्कहरूको सूची तल दिइएको छ । सबैभन्दा सामान्य प्रकारको गैर-आप्रवासी भिसाको लागि आवेदन शुल्क US$ 160 छ । यसमा पर्यटक, व्यापार/व्यवसाय, विद्यार्थी, र आदानप्रदान भिसा पर्दछन् । कामदार र धार्मिक भिसा जस्ता अधिकांश पेटिसनमा आधारित भिसाको शुल्क US$ 190 छ । K भिसाको शुल्क US$ 265 छ र E भिसाको लागि शुल्क राशि US$ 205 छ । तलको तालिकामा भिसा प्रकार र शुल्क राशिको अझ बृहत् सूची दिइएको छ ।

भिसा प्रकार र आवेदन शुल्क राशि - शुल्क वर्गअनुसार क्रमबद्ध
शुल्क राशि (USD $) शुल्क राशि (NPR) भिसा प्रकार विवरण
$185 N/A B व्यापार व्यवसाय/पर्यटक
$185 N/A C-1 ट्रान्जिट
$185 N/A D जहाज/एयरलाइन टोली
$185 N/A F विद्यार्थी (शैक्षिक)
$185 N/A I पत्रकार र मिडिया
$185 N/A J एक्सचेन्ज आगन्तुक
$185 N/A M विद्यार्थी (व्यावसायिक)
$185 N/A T मानव बेचबिखनका पीडित
$185 N/A TN/TD NAFTA प्रोफेसनल
$185 N/A U आपराधिक गतिविधिका पीडित
$205 N/A H अस्थायी/मौसमी कामदार र रोजगार, प्रशिक्षार्थी
$205 N/A L इन्ट्राकम्पनी ट्रान्सफरी
$205 N/A O असाधारण क्षमता भएका व्यक्तिहरू
$205 N/A P खेलाडी, कलाकार र मनोरञ्जन गराउनेहरू
$205 N/A Q अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान
$205 N/A R धार्मिक कामदार
$315 N/A E ट्रिटी ट्रेडर/इन्भेस्टर, अस्ट्रेलियन प्रोफेसनल स्पेसल्टी
$265 N/A K अमेरिकी नागरिकको फियान्से (सी) वा पतिपत्‍नी
भिसा प्रकार र आवेदन शुल्क मात्रा - भिसा प्रकारअनुसार क्रमबद्ध
भिसा प्रकार विवरण शुल्क राशि (USD$) शुल्क राशि (NPR)
B व्यापार व्यवसाय/पर्यटक $185 N/A
C-1 ट्रान्जिट $185 N/A
D जहाज/एयरलाइन टोली $185 N/A
E ट्रिटी ट्रेडर/इन्भेस्टर, अस्ट्रेलियन प्रोफेसनल स्पेसल्टी $315 N/A
F विद्यार्थी (शैक्षिक) $185 N/A
H अस्थायी/मौसमी कामदार र रोजगार, प्रशिक्षार्थी $205 N/A
I पत्रकार र मिडिया $185 N/A
J एक्सचेन्ज आगन्तुक $185 N/A
K अमेरिकी नागरिकको फियान्से (सी) वा पतिपत्‍नी $265 N/A
L इन्ट्राकम्पनी ट्रान्सफरी $205 N/A
M विद्यार्थी (व्यावसायिक) $185 N/A
O असाधारण क्षमता भएका व्यक्तिहरू $205 N/A
P खेलाडी, कलाकार र मनोरञ्जन गराउनेहरू $205 N/A
Q अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान $205 N/A
R धार्मिक कामदार $205 N/A
T मानव बेचबिखनका पीडित $185 N/A
U आपराधिक गतिविधिका पीडित $185 N/A
TN/TD NAFTA प्रोफेसनल $185 N/A

कुनै शुल्क आवश्यक नपर्ने भिसा प्रकार र अवस्थाहरू

  • A, G, C-2, C-3, NATO, र कूटनीतिक भिसा (22 CFR 41.26 मा परिभाषित गरे अनुसार) का आवेदकहरू;
  • J भिसा लिएका आवेदकहरू र अमेरिकी सरकारद्वारा प्रायोजित निश्‍चित औपचारिक शैक्षिक र सांस्कृतिक आदानप्रदानमा सहभागी हुनेहरू;
  • सक्कल भिसा ठीकसँग छापिएको नभएमा वा भिसा आवेदकको कुनै गल्ती बिना पुनः भिसा जारी गर्न आवश्यक परेमा एक वर्षभित्र मिसिनले पढ्नसक्ने भिसाको प्रतिस्थापन गर्ने;
  • संयुक्त राष्ट्रसंघीय महासभाले मान्यता दिएको संयुक्त राष्ट्रसंघ मुख्यालयमा पर्यवेक्षक मिसन लिएर जाने सदस्य र कर्मचारी लगायतका आवेदकहरू, जसलाई अन्तर्राष्ट्रिय सम्झौताले छूट दिएको छ, र उनीहरूका नजीकका परिवारजन;
  • निश्चित परोपकारी सेवा प्रदान गर्न भ्रमण गर्ने आवेदकहरू;
  • कार्यालयको कामका लागि भ्रमणमा जाने अमेरिकी सरकारका कर्मचारीहरू; र,
  • कर्तव्यपालनाको सिलसिलामा देहान्त भएका अमेरिकी सरकारका कर्मचारीका बाबु वा आमा, भाइबहिनी, श्रीमान्/श्रीमती वा छोराछोरी, जो मृतक कर्मचारीको अन्त्येष्टि र/वा समाधिमा उपस्थित हुने उद्देश्यले भ्रमण गर्दैछन्; वा कर्तव्यपालनाको सिलसिलामा गम्भीर घाइते भएका अमेरिकी सरकारका कर्मचारीका बाबु वा आमा, भाइबहिनी, श्रीमान्/श्रीमती, छोरा वा छोरी, जो तत्काल उपचार र स्वास्थ्यलाभको समयमा भेटघाटका लागि भ्रमण गर्दैछन् ।

अन्य शुल्कहरू

कुनै अवस्थामा, अतिरिक्त भिसा शुल्क राष्ट्रिय भिसा केन्द्र, अमेरिकी दूतावास वा डिपार्टमेन्ट अफ होमल्यान्ड सेकुरिटीमा सिधै भुक्तानी गरिन्छ ।

गैर-आप्रवासी भिसा इस्सुएन्स ("रेसिप्रोसिटी)" शुल्क

केही देशहरूका आवेदकले आफ्नो आवेदन स्वीकृत भएपछि भिसा जारी शुल्क तिर्न आवश्यक हुनसक्छ । यो शुल्क "रेसिप्रोसिटी" (उस्तै भिसा प्रकारको लागि अमेरिकी नागरिकलाई अर्को देशले लिने शुल्क) मा आधारित छ । संयुक्त राज्य अमेरिकाले सम्भव भएसम्म भिसा इस्सुएन्स शुल्क निर्मूल गर्न प्रयास गरिरहेको छ । तथापि, जब कुनै विदेशी सरकारले भिसाको त्यही प्रकारको लागि अमेरिकी नागरिकहरूमाथि यो शुल्क लगाउँछ, तब संयुक्त राज्य अमेरिकाले पनि भिसाको समान प्रकारको लागि त्यस देशको नागरिकहरूमाथि लागि एउटा "रेसिप्रोकल" शुल्क लगाउँछ । अमेरिकी डिपार्टमेन्ट अफ स्टेटको वेबसाइट मा भिसा इस्सुएन्स शुल्कसम्बन्धी थप जानकारी राखिएको छ र यसले तपाईँको राष्ट्रियताको सन्दर्भमा इस्सुएन्स शुल्क लागु हुन्छ कि हुँदैन भन्ने कुरा तय गर्न मद्दत गर्नेछ ।

SEVIS शुल्क

विद्यार्थी र एक्सचेन्ज आगन्तुक सूचना प्रणाली (SEVIS) इन्टरनेटमा आधारित प्रणाली हो जसले F, M, र J भिसाका सहभागी (र उनीहरूका परिवारका सदस्य) हरूलाई, प्रारम्भिक कागजात (I-20 वा DS--2019) प्राप्त गरे देखि पढाइ नसकिएसम्म / विद्यालय नछोडेसम्म वा कार्यक्रम समापन गरेसम्म वा छोडेर जाने बेलासम्म ट्रयाक गर्दछ ।

F, M र J भिसाका मुख्य आवेदकहरू: तपाईँको जानकारी SEVIS मा दर्ता गरिएको छ/छैन आफ्नो अमेरिकी विद्यालयसँग सुनिश्चित गर्नुहोस् । तपाईँले भिसा आवेदन शुल्क बाहेक SEVIS शुल्क अलग्गै तिर्नुपर्नेछ । फारम I-20 भएका गैर-आप्रवासी विद्यार्थी र फारम DS-2019 को साथ धेरै विनिमय आगन्तुकहरूको लागि, SEVIS शुल्क रकम यहाँ फेला पार्न सकिन्छ। पाईँको विद्यार्थी वा एक्चेन्ज आगन्तुक भिसा जारी हुनुअघि भुक्तानीको प्रमाण दिखाउन आवश्यक छ । SEVIS भुक्तानी अमेरिकी दूतावासमा गर्न सकिन्न । SEVIS शुल्क तिर्ने सम्वन्धि निर्देशन यहाँ पाउन सकिन्छ ।

SEVIS शुल्कको अपवाद

अमेरिकी सरकारद्वारा प्रायोजित कार्यक्रममा सहभागी हुने आवेदक (कार्यक्रम जसको कोड G-1, G-2, G-3, G-7बाट सुरु हुन्छ) ले SEVIS शुल्क तिर्न आवश्यक छैन ।

Blanket L शुल्क (धोखा रोकथाम र खोज शुल्क)

L दर्जाको लागि Blanket याचिका अन्तर्गत पर्ने र पहिलो पटक आवेदन गर्ने प्रधान आवेदकलाई धोखा रोकथाम र खोज शुल्क तिर्नुपर्छ। यो शुल्क अन्तर्वार्ताको दिन कन्सुलर विभागमा कैसियरलाई बूझाउनूपर्छ। यदि बादको L-1 भिसा नया फारम I-129S को आधारमा छ भने धोखा रोकथाम र खोज शुल्क पूनः तिर्नुपर्छ।