भिसाको लागि आवेदन

यो पृष्ठमा:


सिंहावलोकन

तपाईँले भिसाका लागि आवेदन गर्न आवश्यक छ वा छैन पुष्टि गर्नुहोस् । यदि तपाईँसँग पहिलेदेखि नै वैध अमेरिकी भिसा छ वा तपाईँ भिसा छुट कार्यक्रम मा सहभागी देशको नागरिक हुनुहुन्छ भने नयाँ अमेरिकी भिसाको लागि आवेदन गर्न आवश्यक नपर्न सक्छ।

कसरी आवेदन गर्ने

यदि तपाईँलाई गैर-आप्रवासी भिसाको लागि आवेदन गर्न आवश्यक छ भने, कृपया तलका चरणहरू पूरा गर्नुहोस्।

चरण 1

गैर-आप्रवासी भिसा आवेदकका लागि:

साधारण गैर-आप्रवासी भिसा पढेर तपाईँको भिसा प्रकारको निर्धारण गर्नुहोस् । प्रत्येक भिसा प्रकारले योग्यता र आवेदनका लागि आवश्यक सामग्रीहरूसम्बन्धी व्याख्या गरेको छ । तपाईँको अवस्थामा लागु हुने भिसा प्रकार छनौट गर्नुहोस् ।

भिसा छुट कार्यक्रम को पनि पुनरावलोकन गर्नुहोस् । तपाईँको देशले भिसा छुट कार्यक्रममा भाग लिएको छ भने, र यदि तपाईँ व्यापार या मनोञ्जनको लागि भ्रमण गर्नुहुँदैछ र मात्र ९० दिन वा कमका लागि अमेरिकामा रहनुहुनेछ भने भिसाको लागि आवेदन गर्न आवश्यक छैन ।

चरण 2

DS-160 फारम पूरा गर्नुहोस् । DS-160 फारम भर्नका लागि निर्देशनहरू राम्ररी पढ्नुहोस् । सम्पूर्ण विवरण सही र शुद्ध हुनुपर्छ । फारम पेश भएपछि, तपाईँले कुनै पनि परिवर्तन गर्न सक्नुहुने छैन । तपाईँलाई सहयोग चाहिन्छ भने अध्यागमन वकिल वा अनुवादकसँग परामर्श गर्नुहोस् । कल सेन्टरले तपाईँलाई DS-160 फारम पूरा गर्न सहायता गर्नसक्ने छैन । तपाईँलाई आफ्नो अन्तर्वाता निर्धारण गर्न DS-160 नम्बरको आवश्यकता पर्नेछ।

चरण 3

तपाईँले सही भिसा प्रकारको निर्धारण गरेर DS-160 पूरा गरेपछि भिसा शुल्क तिर्नुपर्छ । भिसा शुल्क पेज मा भिसा प्रकार र सम्बन्धित भिसा शुल्क अमेरिकी डलर र स्थानीय मुद्रामा सूचीबद्ध छन्।

तपाईँको भिसा शुल्क तिर्न, बैङ्क र भुक्तानी विकल्प पृष्ठ पढ्नुहोस् । यस पृष्ठले तपाईँको भिसा शुल्क कसरी भुक्तानी गर्ने कुरा बताउँनेछ । तपाईँले एउटा प्रोफाइल सिर्जना गर्नुपर्नेछ । कृपया आफ्नो भुक्तानी रसिद सुरक्षित राख्नुहोस् । तपाईँलाई रसिद नम्बर भिसा अन्तर्वाता निर्धारण गर्नका लागि चाहिने छ ।

चरण 4

अब तपाईँले आफ्नो भिसा शुल्क तिर्न प्रयोग गरेको विवरणसहित तपाईँको प्रोफाइलमा लगइन गर्नु आवश्यक हुनेछ । तपाईँले सिस्टममा आफ्नो ड्यासबोर्ड देख्नुहुनेछ।

देब्रे छेउको मेनुबाट अपोइन्टमेन्ट(अन्तर्वाता) निर्धारण क्लिक गर्नुहोस् ।

यसले तपाईँको अन्तर्वाता निर्धारण गर्नको लागि प्रक्रिया सुरु गर्नेछ । तपाईँलाई निम्न कुराहरूको आवश्यकता पर्नेछ:

  • तपाईँको राहदानी नम्बर ।
  • तपाईँको भिसा शुल्क रसिद नम्बर । तपाईँलाई यो नम्बर प्राप्त गर्न सहायता चाहिन्छ भने यहाँ क्लिक गर्नुहोस् ।
  • तपाईँको DS-160 पुष्टि पृष्ठबाट प्राप्त दश (१०) अङ्कको बारकोड नम्बर ।

तपाईँ प्रक्रियामा गएपछि तपाईँ आफ्नो भिसा प्रकार चयन गर्न, व्यक्तिगत डेटा प्रवेश गर्न, आश्रित व्यक्तिहरू थप्न, तपाईँको कागजात संकलन केन्द्र (डकुमेन्ट डेलिभरी लोकेसन) चयन गर्न, भिसा भुक्तानी पुष्टि गर्न, र आफ्नो अन्तर्वाता निर्धारण गर्न सक्षम हुनुहुनेछ।

चरण 5

भिसा अन्तर्वार्ताको मिति र समयमा अमेरिकी दूतावास वा कन्सुलेटमा जानुहोस् । तपाईँको अन्तर्वाताको लागि चाहिने आवश्यक कागजातहरुका लागि मेरो अपोइन्टमेन्ट निर्धारण पृष्ठ हेर्नुहोस् ।

चरण 6

तपाईँको भिसा आवेदन स्वीकृत भएमा तपाईँको राहदानी र भिसा तपाईँले भिसा अन्तर्वार्ता निर्धारणका लागि चयन गरेको पिकअप लोकेशनबाट/ कागजात संकलन केन्द्रबाट सङ्कलन गर्न सक्नुहुनेछ।