विद्यार्थी भिसा

यो पृष्ठमा:


सिंहावलोकन

संयुक्त राज्य अमेरिकामा अध्ययन गर्न आउने विदेशी नागरिकहरुलाई संयुक्त राज्य अमेरिकामा स्वागत छ । भिसाको लागि आवेदन भर्नु अघि, सबै विद्यार्थीले आफूले पढ्न चाहेको स्कूल वा कार्यक्रमबाट स्वीकृति प्राप्त गर्न आवश्यक छ। शैक्षिक संस्थानहरूले स्वीकृति दिएपछि मात्र प्रत्येक आवेदकलाई छात्र भिसाको लागि आवेदन गर्दा पेश गर्न आवश्यक पर्ने कागजात प्रदान गर्नेछ।

भिसा विवरण र योग्यता

F-1 भिसा

यो विद्यार्थी भिसाको सबैभन्दा सामान्य प्रकार हो । यदी तपाईँ संयुक्त राज्य अमेरिकामा सम्बन्धन प्राप्त अमेरिकी कलेज वा विश्वविद्यालयमा, निजी माध्यामिक विद्यालयमा वा स्वीकृति प्राप्त अङ्ग्रेजी भाषा कार्यक्रम आदिमा संलग्न हुन चाहनुहुन्छ भने तपाईंलाई F-1 भिसा आवश्यक छ। तपाईंको अध्ययन गर्नुपर्ने पाठ्यक्रम हप्तामा 18 घन्टा भन्दा बढीको छ भने पनि तपाईंलाई F-1 भिसा आवश्यक छ ।

M-1 भिसा

यदि तपाईंको अमेरिकामा, गैरशैक्षिक संस्थामा या व्यावसायिक अध्ययनमा वा प्रशिक्षणमा सहभागी हुने योजना छ भने तपाईंलाई M-1 भिसा चाहिन्छ।

तपाईँले यी भिसाहरु सम्बन्धि अझ थप जानकारी तथा संयुक्त राज्य अमेरिकामा अध्ययनका लागि मौका बारे जानकारी,  अमेरिकी शिक्षाको  वेबसाइटमा पाउन सक्नुहुने छ ।

अमेरिकी सार्वजनिक विद्यालय

अमेरिकी कानूनले विदेशी विद्यार्थीलाई प्राथमिक तहको सार्वजनिक विद्यालयमा (के. जी. देखी कक्षा ८ सम्म) वा सार्वजनिक कोषबाट संचालित शैक्षिक कार्यक्रममा सहभागी हुने अनुमति दिंदैन। त्यसैले F-1 भिसा यस्ता विद्यालयमा अध्ययनको लागि जारी गर्न मिल्दैन।

F-1 भिसा माध्यमिक तहको सार्वजनिक विद्यालयमा (ग्रेड 9 देखि 12) अध्ययनको लागि जारी गर्न सकिन्छ, तर विद्यार्थीले विद्यालयमा अधिकतम १२ महिनाको अवधि मात्र पढ्न पाउने छ । विद्यालयले पनि I-20 फारममामा, विद्यार्थीले शिक्षाको अनुदानरहित लागत र सोही उद्देश्यको लागि विद्यार्थीले पेश एंवम् भुक्तान गरेको रकम उल्लेख गरेको हुनुपर्छ ।

F-1 भिसाको कानुनी आवश्यकता सम्बन्धि थप जानकारीको लागि, अमेरिकी राज्य विभागको वेबसाइटमा हेर्नुहोस्।

नोट: A, E, F-2, G, H-4, J-2, L-2, M-2 भिसा वा अन्य यसै सम्बन्धि गैर आप्रवासी भिसा भएकाहरुले प्राथमिक तह र माध्यमिक  तहका सार्वजनिक विद्यालयहरूमा प्रवेश गर्न सक्छन्।

अमेरिकी विद्यालय चयन गर्न विद्यार्थीलाई सहयोग

अमेरिकी शैक्षिक संस्थामा प्रवेश लिन चाहने विद्यार्थीहरुलाई जानकारीको लागि (https://travel.state.gov/content/travel/en/us-visas/visa-information-resources/all-visa-categories.html मा सम्पर्क गर्न र हेर्न प्रोत्साहित गरिन्छ।

आवेदन आइटम

F वा M भिसाको लागि आवेदन गर्दा तपाईंले निम्न कुराहरु पेश गर्नुपर्छ:

  • गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (DS-160) फारम। DS-160 सम्बन्धि अझ थप जानकारीको लागि DS-160 वेबपेजहेर्नुहोला।
  • संयुक्त राज्य अमेरिकामा रहन चाहनु भएको अवधि (देश विशेष सम्झौता छुट प्रदान नभएसम्म) देखि कम्तीमा  महिना पछिसम्म वैधता भएको राहदानी। यदि तपाईंको राहदानीमा एक भन्दा बढी व्यक्ति समावेश हुनुहुन्छ भने, भिसा लिन चाहने प्रत्येक व्यक्तिले आवेदन बुझाउनु पर्छ;
  • पछिल्लो  महिना भित्र लिएको एउटा (१) २ "x२" (५ सेमी x ५ सेमी) आकारको फोटो । यस वेब पेजमा आवश्यक फोटोको किसिम बारेमा जानकारी छ।
  • स्थानीय मुद्रामा भुक्तानी गरिएको (फिर्ता नहुने) बराबरको, गैर आप्रवासी भिसा आवेदन प्रशोधन शुल्कको रसीद।
  • जुलाइ 1, 2019 देखि लागू हुने गरी, नेपाली विद्यार्थी र विनिमय आगन्तुकहरुले भिसा रेसिप्रोसिटि शुल्क तिर्न पर्ने छैन। यो वेब पेजमा यो शुल्क तिर्न अझ बढी जानकारी छ। अमेरिकी राज्य विभागको वेबसाइटले तपाईंलाई भिसा जारी गरेको व्यतिहार शुल्क तिर्न र शुल्क राशि कति छ भन्ने विषयमा तपाईंलाई खोज्न मद्दत गर्न सक्छ।
  • शैक्षिक मार्कशिटका ट्रांस्क्रिप्टहरु
  • अमेरिकी विद्यालय वा कार्यक्रमको स्वीकृति प्राप्त I-20 फारम

उल्लेखित कुराहरूका साथै, तपाईंले यो सेवा मार्फत अपॉइंटमेंट बुक गर्नुभएको पुष्टि गर्नका लागि भिसा अन्तर्वाता पत्र प्रस्तुत गर्नुपर्छ।

DS160 फारम: प्रत्येक भिसा अन्तर्वातामा नयाँ DS160 फारम भर्नुपर्ने हुन्छ । एउटै DS160 फारम पटक पटक प्रयोग गर्न मिल्दैन ।

SEVIS शुल्क : सबै संभावित F र M विद्यार्थीहरूले  भिसा अन्तर्वाता मिति तोक्नु अघि I-901 विद्यार्थी र एक्सचेन्ज भिजिटर सूचना प्रणाली (Student and Exchange Visitor Information System (SEVIS) शुल्क तिर्नु आवश्यक छ अनि मात्र राज्य विभागले तपाईंलाई भिसा दिन्छ।

F1 र M1 आवेदकहरूको लागि सुचना: भिसा अन्तर्वाता को  मिति तपाईंको I-20 फारममा लेखिएको शैक्षिक कार्यक्रम शुरु हुनु भन्दा ३६५ दिन भित्र तय गर्न सकिन्छ ।   यदि तपाइँको भिसा स्वीकृत भएमा, तपाइँको I-20  फारम मा लेखिएको मिति भन्दा ३० दिन  अगाडि संयुक्त राज्य  अमेरिकामा प्रवेश गर्न सक्नुहुन्न। संयुक्त राज्य अमेरिकामा तपाइँको प्रारम्भिक प्रवेश तपाइँको भिसामा उल्लेखित विद्यालयमा उपस्थित हुनकै लागि हुनुपर्नेछ। भिसामा उल्लेख भएको बाहेकको विद्यालय I-20 फारम लिएर कुनै विद्यार्थीले प्रारम्भिक प्रवेश गर्न खोज्छ वा यदि विद्यार्थीले अर्को संस्थामा जाने अभिप्राय संकेत गर्छ भने उसलाई पोर्ट अफ एन्ट्री (POE) मा अध्यागमन निरीक्षकले प्रवेश दिन निषेधित गर्न सक्छ ।

कसरी आवेदन गर्ने

चरण 1

गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (S-160) फारम पूरा गर्नुहोस्।

चरण 2

भिसा आवेदन शुल्क तिर्नुहोस्।

चरण 3

यो वेब पेजमा तपाईंको भिसा अन्तर्वाता मिति तय गर्नुहोस्। तपाईंलाई आफ्नो भिसा अन्तर्वाता मिति तय गर्न निम्न जानकारीको आवश्यकता पर्नेछ:

  • तपाईंको राहदानी नंबर ।
  • तपाईंको भिसा शुल्क तिरेको रसीद नंबर । (यदि तपाईंलाई यो नंबर प्राप्त गर्न सहायता चाहिन्छ भने यहाँ क्लिक गर्नुहोस्।)
  • तपाईंको DS-160 पुष्टि पृष्ठबाट दश (१०) अंकको बारकोड नंबर ।
चरण 4

अमेरिकी दूतावासमा तपाईंको भिसा अन्तर्वाता तोकिएको मिति र समयमा पुग्नुहोस्। तपाईंले आफ्नो भिसा अन्तर्वाता पत्र र DS-160 पुष्टि पृष्ठको प्रींट, पछिल्लो ६ महिना भित्र लिइएको एउटा फोटोग्राफ र हालको अनि सबै पुराना राहदानीहरु ल्याउनु पर्छ। यी सबै कुराहरु बिना आवेदन स्वीकार गरिने छैन।

सहायक कागजात

सहायक कागजातहरु कन्सुलर अफिसरले तपाईंको भिसा अन्तर्वाताको समयमा विचार गर्ने धेरै कारणहरू मध्ये एक हो। आधिकारीक कन्सुलरहरुले प्रत्येक आवेदनलाई अलग्गै हेरेर, व्यावसायिक, सामाजिक, सांस्कृतिक र अन्य पक्षलाई विचार गर्दै निर्णय लिन्छन् । आधिकारीक कन्सुलरहरुले तपाईंको मूल सोच, पारिवारिक अवस्था, दूरदर्शी योजना र आफ्नो स्वदेशमा नै बसोबासको सम्भावनालाई विचार गर्छन्। प्रत्येक आवेदकको मामला अलग्गै जाँचिन्छ र व्यवस्था अन्तर्गत रहि विचार पुर्याइन्छ।

सावधान झूटा दस्तावेज प्रस्तुत नगर्नुहोस्। ठगी वा गलत प्रतिनिधित्वको परिणाम भिसाको लागि स्थायी अयोग्यता हुन सक्छ। यदि गोप्यताको चिन्ता भएमा, तपाईंले अमेरिकी दूतावासमा आफ्ना कागजात खाममा बन्द गरेर ल्याउन सक्नुहुन्छ। अमेरिकी दूतावासले कसैलाई तपाईंको जानकारी उपलब्ध गराउदैन र तपाईंको जानकारीको गोपनीयताको आदर गर्नेछ।

तपाईंले आफ्नो भिसा अन्तर्वाताको लागि निम्न कागजात ल्याउनुपर्छ:

  • संयुक्त राज्य अमेरिकामा अध्ययन कार्यक्रम समाप्त भए पछि तपाईंलाई देश फर्कन बाध्य गराउने तपाईंको आफ्नो देशमा भएको बलियो आर्थिक, सामाजिक र पारिवारिक सम्बन्ध प्रदर्शन गर्ने प्रमाण देखाउने कागजातहरु।
  • अध्ययनको पहिलो वर्षको लाग्ने सम्पूर्ण खर्च पर्याप्त सजिलै-उपलब्ध हुने किसिमको र तपाईँ संयुक्त राज्य अमेरिकामा रहुन्जेल तपाईंको सबै खर्च धान्ने पर्याप्त धन वा आम्दानी छ भन्ने विश्वसनीय प्रमाण दिन सक्ने कागजातहरु । M-1 आवेदकले आफ्नो निर्धारित प्रवासको सम्पूर्ण समयावधिको लागि सबै शिक्षण र बस्ने लागत तिर्ने क्षमता देखाउनु पर्छ।
  • बैंक स्टेटमेन्टको प्रतिलिपि मान्य हुने छैन । बैंक स्टेटमेन्टको प्रतिलिपिसँगै सक्कल बैंक स्टेटमेन्ट वा सक्कल बैंक बुक देखाउन सके मात्र प्रतिलिपि मान्य हुने छ ।
  • यदि तपाईंलाई अर्को व्यक्तिले आर्थिक सहयोग गरेर प्रायोजन गर्दै हुनुहुन्छ भने, तपाईंले प्रायोजकसंग आफ्नो सम्बन्धको प्रमाण (जस्तै तपाईंको जन्म प्रमाणपत्र), प्रायोजकको सबैभन्दा पछिल्लो कर तिरेको फारमहरु र प्रायोजकको बैंक खाताहरु वा निश्चित जम्मा प्रमाणपत्र आदि ल्याउनुहोस्।
  • पढाइको तयारी देखाउने शैक्षिक कागजातहरू। उपयोगी कागजातहरु जस्तै ग्रेड भएको विद्यालय ट्रान्सक्रिप्ट (सक्कल), सार्वजनिक परीक्षाका प्रमाणपत्र (A-level  आदि), स्तरिय परीक्षण स्कोर (SAT, TOEFL, आदि), र डिप्लोमा प्रमाणपत्रहरु हुन्।

आश्रित

यदि प्रमुख F र M भिसा धारकको दम्पत्ति एंवम् २१ वर्ष मुनिका सन्तानले, भिसा धारकको संयुक्त राज्य अमेरिकामा प्रवासको अवधिभर सँगै बस्न चाहेमा डेरिभेटिभ F वा M भिसा आवेदन गर्न सक्छन् । तर प्रमुख F र M भिसा धारकको अभिभावकलाई यो भिसा लागु हुनेछैन ।

प्रमुख भिसा धारकका साथ संयुक्त राज्य अमेरिकामा बास गर्न नचाहने तर विदा सँगै मनाउनको लागि मात्र यात्रा गर्न चाहने परिवारका सदस्य, अतिथि (B -2) भिसा आवेदनका लागि योग्य हुन सक्छन्।

F र M भिसा धारकका दम्पत्ति र आश्रितले डेरिभेटिभ F वा M भिसामा संयुक्त राज्य अमेरिकामा काम गर्न पाउने छैनन्। यदि यस्ता दम्पत्ति / सन्तानले रोजगार गर्न चाहेमा उपयुक्त काम भिसा प्राप्त गर्नुपर्छ।

आश्रितताको लागि सहायक कागजातहरू

आश्रितसंगैको आवेदकले निम्न कागजात प्रदान गर्नुपर्छ:

  • दम्पत्ति एंवम् सन्तानको विद्यार्थीसँग सम्बन्धको प्रमाण (जस्तै, विवाह दर्ता प्रमाणपत्र र जन्म प्रमाणपत्र)
  • सकेसम्म पूरै परिवारले एकै समयमा भिसाको लागि आवेदन गर्नु राम्रो हो, तर दम्पत्ति र/वा सन्तानले पछि अर्कै समयमा अलग आवेदन गर्नु परेमा, तिनीहरूले आवश्यक अन्य सबै कागजातसँग प्रमुख विद्यार्थी भिसा धारकको राहदानी र भिसाको प्रतिलिपी सँगै ल्याउनु पर्नेछ।

अन्य जानकारी

वैकल्पिक व्यावहारिक तालिम (OPT)

F-1 भिसा धारकहरु आफ्नो स्नातक (थेसिस वा समानन्तर बाहेक) का लागि पाठ्यक्रम समाप्ति लगत्तै १२ महिने वैकल्पिक व्यावहारिक तालिमको लागि योग्य हुन सक्छन् । OPT विद्यार्थीको शैक्षिक कार्यबाट अलग रहन्छ र OPT को समयावधि सामान्यतया विद्यार्थीको शैक्षिक कार्यक्रमको अवधिमा वा अध्ययन पूरा भएको अवधिमा पनि पर्दैन । OPT गर्न चाहने F भिसाको आवेदन गर्ने विद्यार्थीले, आफ्नो अध्ययन सकेको सक्कल मिति सहित I-20 पेश गर्न सक्छन्। तर, यस्ता I-20 हरु विद्यालयले तोकेको आधिकारिक व्यक्तिद्वारा एनोटेट गरे पछि मात्र साधारण शैक्षिक अवधि भन्दा लम्बिएको OPT कार्यक्रम स्विकृत भएको मानिने छ । साथै विद्यार्थीले, USCIS द्वारा व्यावहारिक प्रशिक्षण कार्यक्रम स्वीकृत गरेको वा विचाराधिन रहेको प्रमाण, आफ्नो स्वीकृत रोजगार प्राधिकरण कार्ड वा व्यावहारिक प्रशिक्षण कार्यक्रम सम्बन्धि विचाराधिन अवस्थामा रहेको I-797 आवेदन फारम पेश गर्नु पर्छ ।

अध्ययनमा बीचैमा रोकिएपछि विद्यार्थी भिसाको वैधता

पाँच महिना भन्दा बढी कक्षामा अनउपस्थिति पछि विद्यार्थीले विदेश यात्रा पछि पुन: विद्यालय फर्कन नयाँ F-1 या M-1 विद्यार्थी भिसा आवेदन गरेर प्राप्त गर्ने आशा गर्न सकिन्छ ।

संयुक्त राज्य अमेरिका भित्रका विद्यार्थी

विद्यालय वा कार्यक्रम सरुवा गरेको मितिदेखि पाँच महिना भित्र विद्यार्थीले अध्ययन पुन: शुरु नगरेमा विद्यार्थी (F-1 या M-1) ले, अध्यागमन व्यवस्था अनुरुप आफ्नो भिसा स्टेटस गुमाउन सक्छ। विद्यार्थीले भिसा स्टेटस गुमाएपछि, USCIS ले भिसा स्टेटस पुनर्स्थापना नगरुन्जेल विद्यार्थीको F वा M भिसा अवैध भइ भविष्यमा संयुक्त राज्य अमेरिका फर्किन मिल्ने छैन। थप जानकारीको लागि USCIS वेबसाइट हेर्नुहोस्, र गैर आप्रवासी स्टेटस फारम I-539 भरि भिसा स्टेटस लम्ब्याउने/परिवर्तन गर्ने आवेदन सम्बन्धि निर्देश पाउनुहोस् ।

विद्यार्थी -विदेश यात्राबाट संयुक्त राज्य अमेरिका फिर्कने विद्यार्थीहरुका लागि

अध्ययनमा पाँच महिना वा बढी समय विश्राम लिएर , संयुक्त राज्य अमेरिका बाहिर यात्रा गर्ने तर पाठ्यक्रमसंग सम्बन्धित गतिविधिहरुको लागि हैन भने यस्ता विद्यार्थीले आफ्नो F-1 या M-1 भिसा स्टेटस गुमाउन सक्छन। आफ्नो अध्ययन गतिविधि पाठ्यक्रमसंग सम्बन्धित छ वा छैन भन्ने शंका छ भने, संयुक्त राज्य अमेरिका बाहिर यात्रा गर्नु अघि विद्यालयले तोकेको आधिकारिक व्यक्तिसँग जाँच गर्न सक्छन् ।

पोर्टमा, भन्सार र सीमा संरक्षण (CBP) अध्यागमन निरीक्षकलाई, पाँच महिना भन्दा बढी अमेरिका बाहिर रहेर फर्कने विद्यार्थीले पुरानो प्रयोग भइ सकेको वा अवधि नाघेको F-1 वा M-1 भिसा प्रस्तुत गरेमा CBP अध्यागमन निरीक्षक गैर आप्रवासी भिसा नभएको कारण विद्यार्थीलाई प्रवेशमा रोक लाउन सक्छ । CBPले प्रवेशको लागि आवेदन फिर्ता लिन विद्यार्थीलाई अनुमति दिएपछि पनि भिसा रद्द गर्न सक्छ। तसर्थ, अध्ययनको पाठ्यक्रमसंग सम्बन्धित नभएको अध्ययन सकेर पाँच महिना भन्दा बढी संयुक्त राज्य अमेरिका बाहिर रहेर पुन: संयुक्त राज्यको यात्रा गर्नु पूर्व विद्यार्थीले नजिकको अमेरिकी दूतावासमा नयाँ भिसाको लागि आवेदन गर्नु उचित हुनेछ।