अमेरिकी भिसाको लागि आवेदन गर्न | भिसा प्रकार - Nepal (Nepali)

व्यापार/पर्यटक भिसा

यो पृष्ठमा:


सिंहावलोकन

B-1/B-2 भिसा, व्यापार (B-1) वा खुशी वा उपचार (B-2) को लागि केही समय संयुक्त राज्यको यात्रा गर्ने मानिसको लागि हो। साधारणतय, B-1 भिसा ती यात्रीहरुका लागि हुन् जो व्यापार सहयोगीहरुसँग परामर्श गर्न, वैज्ञानिक, शैक्षिक, व्यावसायिक वा व्यापार अधिवेशन/सम्मेलनमा उपस्थित हुन, सम्पत्ति मामिला मिलाउन वा ठेक्का सम्झौताका लागि यात्रा गर्दैछन्। B-2 भिसा पर्यटन, साथीभाइ वा नातेदारसँग भेटघाट, चिकित्सा उपचार, सामाजिक वा सेवा गतिविधीहरुसँग सम्बंधित कार्य गर्न, प्रकृति मनोरंजनको क्रियाकलाप आदिसँग जोडिएका यात्राको लागि हो। अक्सर, B-1 र B-2 भिसा जोडेर एउटै भिसा रूपमा जारी गरिन्छ: B-1/B-2 ।

योग्यता

तपाईंले B-1/B-2 भिसाको लागि आवेदन गरेमा, तपाईं अमेरिका अध्यागमन र राष्ट्रियता ऐन (INA) अनुसार अमेरिकी भिसाको लागि योग्य भएको कन्सुलर अफिसरलाई देखाउनु पर्छ। INA को धारा 214(b)ले हरेक B-1/B-2 आवेदकलाई आप्रवासी हुने इच्छा भएको व्यक्ति भनेर मान्दछ। तपाईंले यो कानुनी धारणा यसरी हटाउनु पर्छ:

  • संयुक्त राज्य अमेरिकाको तपाईंको यात्राको उद्देश्य व्यापार, खुशी, वा उपचार जस्तो अस्थायी भ्रमणको लागि हो
  • तपाईं एउटा खास, सीमित अवधिको लागि संयुक्त राज्य अमेरिकामा रहन चाहनुहुन्छ
  • संयुक्त राज्य अमेरिकामा खर्च गर्नको लागि पर्याप्त धनको भएको प्रमाण
  • तपाईंको संयुक्त राज्य अमेरिका बाहिर निवास छ, साथै अन्य बाध्यकारी सामाजिक वा आर्थिक सम्बन्ध छ, जसले तपाईंलाई अमेरिकी यात्रा अन्त गरेर स्वदेश फर्किने सुनिश्चित गर्छ

व्यक्तिगत वा घरेलु कर्मचारीहरु र बाहिरी कन्टिनेन्टल शेल्फभित्र जहाजमा काम गर्ने चालक दलका सदस्यहरु केही खास परिस्थितिमा B-1 भिसाको लागि योग्य हुन सक्छन्।

केही विदेशी नागरिकहरू अध्यागमन र राष्ट्रियता ऐन अनुसार भिसाको लागि अयोग्य ठहर हुन सक्छन्। तपाईंले अध्यागमन र राष्ट्रियता ऐन र भिसा अयोग्यताको बारेमा अझ बढी यहाँ पढ्न सक्नुहुन्छ।

आवेदन आइटम

आवेदकहरूलाई केवल आवश्यक कागजातहरू ल्याउन सल्लाह दिइएको छ। थप कागजातहरू (जस्तै निमन्त्रणा पत्रहरूलालपूर्जाहरुसम्पत्ति मूल्याङ्कनहरूप्रहरी रिपोर्टहरूलेखा परीक्षाहरूर वित्तीय संस्थानहरूका कागजातहरू) ल्याउन निर्उत्साहित गरिन्छ।

यदि तपाईंले व्यापार/पर्यटन भिसाको लागि आवेदन गर्दै हुनुहुन्छ भने, केवल निम्न आइटम पेश गर्नु पर्छ:

  • एउटा गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (DS-160) फारम। DS-160 को अझ बढी जानकारीको लागि DS-160 वेबपेज हेर्नुहोला।
  • संयुक्त राज्य अमेरिकामा रहने तपाईंको अभीष्ट अवधि (देश विशेष सम्झौता छुट प्रदान नभएसम्म) देखि कम्तीमा छ महिना पछिसम्म वैध राहदानी । तपाईंको राहदानीमा एक भन्दा बढी व्यक्ति समावेश छन् भने, भिसा चाहने प्रत्येक व्यक्तिले आवेदन बुझाउनु पर्छ;
  • पछिल्लो छ महिना भित्र लिइएको एउटा (1) 2 "x2" (5सेमीx5सेमी) आकारको फोटो। यो वेब पेजमा आवश्यक फोटो प्रारूपको बारेमा जानकारी छ।
  • स्थानीय मुद्रामा भुक्तानी गरिएको फिर्ता नहुने गैर आप्रवासी भिसा आवेदन प्रशोधन शुल्क भुक्तानीको रसीद। यो वेब पेजमा यो शुल्क सम्बन्धि अझ बढी जानकारी छ। भिसा जारी गरियो भने, तपाईंको राष्ट्रियताको आधारमा अतिरिक्त भिसा जारी रेसिप्रोसिटि शुल्क तिर्नु पर्ने हुन सक्छ। अमेरिकी राज्यविभागको वेबसाइटले तपाईंलाई भिसा जारी गरेको रेसिप्रोसिटी शुल्क तिर्न र शुल्क राशि कति छ भन्ने विषयमा तपाईंलाई मद्दत गर्न सक्छ।

यी वस्तुहरू साथै, तपाईंले यो सेवा मार्फत भिसा अन्तर्वाता निर्धारण गर्नु भएको पुष्टि गर्नका लागि भिसा अन्तर्वाता पुष्टि पत्र प्रस्तुत गर्नुपर्छ। तपाईंले कन्सुलर अफिसरलाई प्रदान गरेका जानकारीको समर्थन गर्ने अन्य कागजात ल्याउन सक्नुहुन्छ।

DS160 फारम: DS160 आवेदन पुनः प्रयोग गर्न मिल्दैन । आवेदकले प्रतेक पल्ट भिसा अन्तर्वातामा उपस्थित हुदाँ नयाँ DS160 आवेदनपत्र भरेर आउनु पर्छ ।

कसरी आवेदन गर्ने

चरण 1

गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (S-160) फारम पूरा गर्नुहोस्।

चरण 2

भिसा आवेदन शुल्क तिर्नुहोस्।

चरण 3

यो वेब पेजमा तपाईंको भिसा अन्तर्वाता मिति निर्धारण गर्नुहोस्। तपाईंलाई आफ्नो भिसा अन्तर्वाता मिति निर्धारण गर्न निम्न जानकारीको आवश्यकता पर्नेछ:

  • तपाईंको राहदानी नंबर।
  • तपाईंले भिसा शुल्क तिर्नु भएको रसीद नंबर । तपाईंलाई यो नंबर प्राप्त गर्न मद्दत चाहिन्छ भने यहाँ क्लिक गर्नुहोस्।
  • तपाईंको DS-160 पुष्टि पृष्ठबाट दश (10) अंकको बारकोड नंबर ।
चरण 4

अमेरिकी दूतावासमा तपाईंको भिसा अन्तर्वाताको मिति र समयमा पुग्नुहोस्। तपाईंले आफ्नो भिसा अन्तर्वाता पुष्टि पत्र, तपाईंको DS-160 पुष्टि पृष्ठ, पछिल्लो ६ महिना भित्र लिइएको एउटा फोटोग्राफ र हालको र सबै पुराना राहदानी आफू साथै ल्याउनु पर्छ। यी सबै आइटमहरु बिनाको आवेदन स्वीकार गरिने छैन।

सहायक कागजात

सहायक कागजातहरु कन्सुलर अफिसरले तपाईंको भिसा अन्तर्वाताका बेला विचार गर्ने धेरै कारणहरू मध्ये एक हो। कन्सुलर अधिकारीहरुले प्रतेक आवेदनलाई अलग्गै हेर्छन् र व्यावसायिक, सामाजिक, सांस्कृतिक र अन्य पक्षलाई विचार गर्छन् । कन्सुलर अधिकारीहरुले तपाईंको खास मनसाय, पारिवारिक अवस्था र तपाईंको दूरदर्शी योजना र स्वदेश भित्रका सम्भावना विचार गर्छन्। प्रत्येक मामला अलग्गै जाँच गरिन्छ र व्यवस्थाको अधीनमा हरेकलाई ध्यान दिइन्छ।

सावधान: झूटा कागजात प्रस्तुत नगर्नुहोस्। ठगी वा गलत प्रतिनिधित्वको परिणाम भिसाको स्थायी अयोग्यता हुन सक्छ। गोपनीयताको ख्याल भएमा, तपाईंले अमेरिकी दूतावासमा तपाईंका कागजात खाममा बन्द गरेर ल्याउन सक्नुहुन्छ। अमेरिकी दूतावासले कसैलाई तपाईंको जानकारी उपलब्ध गराउदैन र तपाईंको जानकारीको गोपनीयताको आदर गर्नेछ।

तपाईंले आफ्नो भिसा अन्तर्वातामा निम्न कागजात ल्याउनुपर्छ। सक्कल कागजातहरूलाई सधैं प्रतिलिपी भन्दा बढी प्राथमिकता दिइन्छ र तपाईंले अन्तर्वातामा यी कागजातहरु ल्याउनु पर्छ। अमेरिकी दूतावासमा कुनै पनि सहायक कागजातहरु फ्याक्स, ईमेल वा हुलाक मार्फत नपठाउनु होला।

  • हालको आय, कर भुक्तानी, सम्पत्ति वा व्यापार स्वामित्व, वा अचल सम्पत्तिको प्रमाण।
  • तपाईंको यात्राको विवरण र/वा तपाईंको यात्रा योजनाको अन्य विवरण ।
  • तपाईंको पद, तलब, जागिर खाएको अवधि, कुनै पनि अधिकृत बिदा, र व्यापारको उद्देश्य आदि कुरा खुलाउने, तपाईँको रोजगारदाताले दिएको एउटा पत्र।
  • कुनै पनि गिरफ्तारी वा दोषी ठहर हुने अपराधिक/ अदालतको रेकर्ड, तपाईंले आफ्नो सजाय पूरा गर्नु भएको वा पछि क्षमा पाउनु भएको भएता पनि।

यसबाहेक, तपाईंको यात्रा उद्देश्यको आधारमा, तपाईंले निम्न कुरा  विचार गर्नुपर्छ:

विद्यार्थीहरुले

तपाईंको पछिल्लो रिसल्ट, ट्रान्स्क्रीप्ट र डिग्री/डिप्लोमाका प्रमाणपत्र ल्याउनुहोस्। साथै आर्थिक स्रोतको प्रमाण जस्तै: मासिक बैंक स्टेटमेन्ट, मुद्दती खाता प्रमाणपत्र, वा अन्य प्रमाण ल्याउनुहोस्।

वयस्क कामदार

तपाईंको रोजगारदाताले दिएको रोजगार पत्र र पछिल्लो तीन महिनाको तलब भुक्तानी रसिद ल्याउनुहोस्।

व्यवसायी र कम्पनी डाइरेक्टर

कम्पनीमा तपाईंको पद र पारिश्रमिकको प्रमाण ल्याउनुहोस्।

नातेदार आफन्तसँग भेटघाट

तपाईंको आफन्तको अवस्था (जस्तैः ग्रीन  कार्ड, बसोबासको प्रमाणपत्र, वैध भिसा, आदि) को प्रमाणको प्रतिलिपी ल्याउनुहोस्।

पहिले पनि संयुक्त राज्य अमेरिका जानु भएका यात्रीहरु

यदि तपाईं संयुक्त राज्य अमेरिकामा पहिले जानु भएको थियो भने, तपाईंको अध्यागमन या भिसा अवस्थाको प्रमाणस्वरूप कुनै कागजात।

चिकित्सा हेरचाह चाहने आवेदकको लागि सहयोगी कागजातहरू

तपाईंलाई उपचारका लागि संयुक्त राज्य अमेरिकाको यात्रा गर्ने इच्छा भएमा, तपाईंले माथि दिइएका कागजातहरूका अतिरिक्त कन्सुलर अफिसरले खोज्न सक्ने कागजात प्रस्तुत गर्न आवश्यक पर्न सक्छ:

  • तपाईंको रोगको प्रकृति र तपाईंलाई संयुक्त राज्य अमेरिकामा उपचारको आवश्यकता भएको कारण बुझाउँने स्थानीय चिकित्सकले दिएको चिकित्सा निदान पत्र।
  • संयुक्त राज्य अमेरिकाको चिकित्सक वा चिकित्सालयले तपाईँको रोगको उपचार गर्ने इच्छा व्यक्त गरेको र उपचारको अनुमानित समय र लागतको विवरण दिएको ( चिकित्सकको शुल्क, अस्पताल शुल्क, र सबै चिकित्सा-सम्बन्धित खर्च सहितको ) एउटा पत्र।
  • तपाईंको यात्रा, उपचार र दैनिक खर्चको जिम्मेवारी लिएको व्यक्ति वा संगठनले आर्थिक विवरण। यी खर्चहरुको दायित्व लिने व्यक्तिको आर्थिक क्षमताको प्रमाण स्वरुप, स्टेटमेन्ट वा अन्य आय/बचत वा आय कर प्रमाणित गर्ने प्रमाण हुनुपर्छ।

इलेक्ट्रोनिक भिसा अपडेट प्रणाली (EVUS)

संयुक्त राज्य अमेरीका र चीनबीच भिसा मान्यताको विस्तार गर्नका लागि गरिएको सम्झौता बमोजिम नोभेम्बर २९, २०१६ बाट पीपुल्स रिपब्लिक अफ चाइना पासपोर्टमा १० बर्षे भिसा भएका चिनियाँ नागरिकहरुललाई हरेक दुई बर्षमा एक वेबसाइटको माध्यमबाट आफ्नो जीवनी र अन्य जानकारी, वा नयाँ राहदानी पाउँदा वा B1, B2, वा B1/B2 भिसा जुन पहिले हुन्छ, सो अपडेट गर्न आवश्यक पर्दछ। यो संयन्त्रलाई EVUS इलेक्ट्रोनिक भिसा अपडेट प्रणाली भनिन्छ ।

EVUS वेबसाइट अब  www.EVUS.gov मा सर्बसाधारणको लागि नामांकन गर्न खुला छ । CBP ले अहिलेको समयमा EVUS नामांकन को लागि शुल्क संकलन गर्ने छैन । CBP ले एक EVUS नामांकन शुल्कको  अन्तिम  कार्यन्वयनको पूर्वानुमान गर्दछ, तर त्यसको समय सिमा छैन । शुल्कको कार्यन्वयन नभएसम्म, यात्रीहरुले शुल्क विना EVUS मा दर्ता गर्न सक्दछन् । होमल्याण्ड सुरक्षा विभाग, भंसार र सीमा संरक्षण विभाग (CBP)  ले भिसाधारकहरुलाई नयाँ सूचनाबारे वर्षभरी सूचित राख्नेछ । थप जानकारीको लागि, कृपया www.cbp.gov/EVUS हेर्नुहोस् ।

थप जानकारी

व्यापार र पर्यटन भिसाको थप जानकारीको लागि, अमेरिकी राज्य  विभागको वेबसाइटमा हेर्नुहोस्।