सुरक्षा नियम

यो पृष्ठमा:


सिंहावलोकन

तपाईँलाई निम्न वस्तुहरूमा कुनै पनि बोकेर अमेरिकी दूतावासमा प्रवेश गर्ने अनुमति छैन:

  • ब्याट्रीबाट चल्ने वा इलेक्ट्रोनिक उपकरणहरू जस्तै मोबाइल फोनहरू, डिजिटल डायरी, डिजिटल घडी, पेजर, क्यामेरा, अडियो/भिडियो क्यासेट, सिडी, एमपी3, फ्लपी डिस्क, ल्याप्टप, वा पोर्टेबल संगीत प्लेयर
  • ठूलो काँधे झोला/पर्स - हाते झोलालाई मात्र अनुमति छ
  • यात्रामा बोक्ने झोला, ब्याकप्याक, ब्रिफकेस, सुटकेस, छाला/ कपडाका झोला, र जिप फोल्डर्स जस्ता ब्यागहरू - तपाईँ आवेदनसम्बन्धी कागजात समावेश भएको प्लास्टिक ब्याग मात्र लान सक्नुहुन्छ
  • खाद्य र तरल वस्तुहरू
  • बन्द खाम वा प्याकेजहरू
  • चुरोट, सिगार, सलाई, लाइटर
  • कैंची, कलम चक्कु वा नेल फाइल जस्ता धारिला वस्तुहरू
  • हतियार वा कुनै पनि प्रकारको विस्फोटक सामग्री

यो सूची पूर्ण छैन । अन्य वस्तुहरू सुरक्षा कर्मचारीहरूको विवेकका आधारमा मनाही गरिनसक्छ ।

अन्तर्वार्ताको दिनमा दुतावाससँग आवेदकहरूको सेल फोन राख्ने कुनै ठाँउ छैन, साथै अमेरिकी दूतावासमा कुनै पनि माथि उल्लिखित प्रतिबन्धित वस्तुहरू भण्डार गर्ने कुनै सुविधा छैन। आवेदकहरूले दूतावास प्रवेश गर्नु अघि नै यस्ता वस्तुहरू भण्डारण गर्ने व्यवस्था आफै मिलाउनु पर्नेछ।

सुरक्षाको कारणले कुनै पनि अन्तर्वाता नभएका मानिसहरूलाई अमेरिकी राजदूतावासमा जानकारी प्रदान गर्नका लागि सूचना झ्यालको व्यवस्था छैन । निर्धारित अन्तर्वार्ताका लागि आउने भिसा आवेदकलाई मात्र प्रवेश गराइनेछ।

नोबेल कोरोनाभाइरस सम्बन्धी भिसा आवेदकहरूको लागि जानकारी:

  • आवेदकहरू र दूतावासका कर्मचारीहरूको सुरक्षाका लागि, दूतावासले अन्तरक्रिया र वस्तुहरूको आदानप्रदान सीमित गर्न सम्भव भएसम्मका उपायहरू अवलम्बन गर्ने छन् । यसकारण तपाईंको अन्तर्वार्ता अनुभव अघिल्लो पटकको तुलनामा फरक हुनेछ। तपाईंले दिइएका नियमहरूको पालना गर्नुपर्दछ, साथै दूतावास सुरक्षाकर्मीद्वारा दिएको सबै मार्गदर्शनहरूको पालना गर्नुपर्नेछ।
  • कृपया तपाईको अपोइन्टमेन्टको लागि १० मिनेट भन्दा अघि नआउनुहोस्। हाम्रो पर्खाइ क्षेत्रमा ठूलो समूह जम्मा हुन निषेध गर्न आवश्यक भएका कारण, सबै जना तोकिएको समयअनुरूप आइपुग्नु जरुरी छ।
  • दूतावास कुनै किसिमको झोला वा सामानहरू भण्डारण गर्न असक्षम छ। दूतावासमा सेल फोन र अन्य इलेक्ट्रोनिक्सहरुको प्रवेशको अनुमति छैन। त्यसैले तपाई दूतावासमा आफ्नो राहदानी र फोटो सहित आवश्यक अन्तर्वार्ताका सामग्रीहरू सहित पुग्नुपर्नेछ। यदि तपाईंसँग इलेक्ट्रोनिक्स, झोला, र वालेटहरू छन् भने, तपाईंलाई दूतावासमा प्रवेश अनुमति दिइने छैन। दूतावासले तपाईको लागि कुनै पनि व्यक्तिगत आईटमहरू भण्डारण गर्नेछैन। यदि तपाईं कुनै पनि अतिरिक्त आईटमहरूको साथ आउनु भयो भने, तपाईंको अपोइन्टमेन्ट रद्द हुनेछ।
  • अन्तर्वार्ताको सुरुमा छोटो क्षण आवेदकहरूको पहिचान प्रमाणित गर्ने अवधिभर बाहेक दूतावासभित्र तपाईले आफ्नो नाक र मुख ढाक्ने मास्क लगाउनु पर्नेछ । दूतावास द्वारा कुनै मास्क प्रदान गरिने छैन। यदि तपाईंसँग मास्क छैन भने, तपाईंलाई दूतावास भित्र जान अनुमति दिइने छैन। कुनै अपवाद लागू हुने छैन ।
  • दूतावासमा हुँदा तपाईले सामाजिक दूरी (२ मिटर) कायम राख्नु पर्ने हुन्छ।
  • सबै भिसा अन्तर्वार्तामा , कानूनी नियम र आवश्यकता अनुसार योग्य आवेदकहरूलाई मात्र भिसा जारी गरिनेछ। अपोइन्टमेन्ट प्राप्त गर्नुलाई नै , भिसाका लागि योग्य हुनुहुन्छ भन्ने नसोच्नुहोस्।