अमेरिकी भिसाको लागि आवेदन गर्न | Photos and Fingerprints - Nepal (Nepali)

फोटाहरु र औंलाछापहरू

यो पृष्ठमा:


सिंहावलोकन 

गैर आप्रवासी भिसाको लागि आवेदन गर्दा, तपाईंले फारम DS-160 पूरा गरेर पेस गर्नको लागि पछिल्लो छ महिना भित्र लिएको डिजिटल फोटो अपलोड गर्न आवश्यक छ। तपाईंले अमेरिकी दूतावासमा तपाईंको अन्तर्वाताको दिन तपाईंको फोटोको एउटा प्रतिलिपि पनि ल्याउनु पर्नेहुन्छ। तपाईं अमेरिकी दूतावासमा अन्तर्वाताको लागि आउँदा तपाईंको औंला छाप पनि लिइनेछ।

डिजिटल फोटोका आवश्यकताहरु

तपाईंको भिसा आवेदनको फोटोको आकार र सामाग्री सम्बन्धमा निश्चित मापदण्ड पूरा गर्नुपर्छ। यी मापदण्ड नभएका फोटोहरू पेस गरेमा भिसा आवेदन प्रक्रियामा ढिलाइ हुन सक्छ। तपाईंको फारम DS-160 मा अपलोड डिजिटल फोटो पछिल्लो छ महिना भित्र लिएको हुनुपर्छ, र तलको छविमा देखाइएको नियम पूरा गर्नुपर्छ:

भिसा आवेदन सिस्टममा डिजिटल फोटो अपलोड स्वीकार भएता पनि यदि तपाइँको फोटोले आवश्यक मापदण्ड पूरा गर्दैन भने, तपाईंले आफ्नो भिसा प्रक्रिया अघि बढाउन नयाँ फोटो पेश गर्न आवश्यक पर्नेछ, यदि

शिरको आकार

तपाईंको टाउकोको उचाइ, (कपाल सहित तपाईंको टाउकोको माथिदेखि तपाईंको चिउंडोको तलसम्म मापन गरिन्छ) फोटोको कुल उचाइभन्दा 50% र 70%को बीचमा हुनुपर्दछ। तपाईंको आँखाको उचाइ (फोटोको तल देखि तपाईंको आँखाको तहसम्म मापन गरिन्छ) 55% र 70%को बीचमा वा फोटोको उचाइको लगभग 2/3- हुनुपर्छ।

चस्मा

नोभ्मबर 1, 2016 देखि लागू हुने गरी चस्मा लगाएर खिचाएको फोटो भिसाको लागि मान्य हुने छैन । फोटो सम्बन्धि अधिक जानकारीका लागि यँहा जानु होस् : https://travel.state.gov/content/travel/en/us-visas/visa-information-resources/photos.html

फोटोको आयाम

तपाईंको फोटो वर्ग आकारको हुनुपर्छ, अर्थात यसको लम्बाई र चौडाई बराबर हुनुपर्छ। तपाईंको फोटोको न्यूनतम आयाम 600 पिक्सेल x 600 पिक्सेल (लम्बाई x चौडाई) हुनुपर्छ। अधिकतम आयाम 1200 पिक्सेल x 1200 पिक्सेल (लम्बाई x चौडाई) हो ।

सहि फोटोका लागी 7 चरण 

शिर अभिमुखीकरण

तपाईंको भिसा फोटो लिनलाई शिर अभिमुखीकरण महत्त्वपूर्ण छ। फोटो भित्र आफूलाई फ्रेम गराउनुहोस् ताकि तपाईंको पूर्ण अनुहार देखियोस्। क्यामेरा तिर प्रत्यक्ष अनुहार पारेर आँखा खुला राख्नुहोस्।

फ्रेम भर्नुहोस्

तपाईंको फोटोमा कपालको माथि देखि चिउंडोको तलसम्मको सम्पूर्ण टाउको देखिनु पर्छ। एउटा सहि किसिमको फोटोमा, तपाईंको टाउकोको उचाइको मापन 1-1-3/8 इन्च (25 देखि 35मिमी) हुनुपर्छ, वा टाउकोको उचाइ फोटोको 50% देखि 70% बीचमा हुनुपर्छ,

केन्द्रमा रहनु

तपाईंको टाउको फोटो फ्रेमको मध्यमा राख्नुहोस्।

तपाईंका आँखाहरु देखाउनुहोस्

तपाईंको आँखा खुला भएको सुनिश्चित गर्नुहोस्। तपाईंका आँखा फोटो तल देखि माथिसम्मको 2/3 भागमा हुनुपर्छ, वा फोटोको मुनीदेखि 1-1/8 इन्च देखि 1-3/8 इन्च (28 मिमी र 35 मिमी)- लगभग 60% को उचाँइमा हुनुपर्छ।

पृष्ठभूमि

तपाईंको तस्वीरमा पृष्टभूमि सफा हुनुपर्छ जुन सेतो वा हल्का सेतो रङ्गको हुनुसक्छ। राम्रो परिणामको लागि सादा सेतो वा हल्का सेतो पृष्ठभूमि अगाडि बस्नुहोस्।

छायाँ हटाउनुहोस्

यसरी बस्नुहोस् की जसले गर्दा तपाईंको अनुहार उज्यालो देखियोस् र कुनै धमिलो छाया तपाईंको अनुहारमा या पृष्ठभूमिमा नपरोस्।

आरामसंग बस्नुहोस् र सामान्य देखिनुहोस्

तपाईंको फोटो लिँदा अनुहारमा एउटा प्राकृतिक अभिव्यक्ति आएको  हुनुपर्छ, तल देखाइएको फोटोहरुमा जस्तै:

धार्मिक उद्देश्यको लागि दैनिक लगाउने देखि बाहेक, कपाल वा कपालको रेखा अस्पष्ट पार्ने टोपी वा टाउको छोप्ने केही लगाउनु हुँदैन। तपाईंको पूरा अनुहार देखिने हुनुपर्छ, र टाउको छोप्नेले तपाईंको अनुहारमा कुनै पनि छाया पार्नु हुँदैन।

औंलाछाप लगाउनु

भिसा अन्तर्वाताको अंशको रुपमा अमेरिकी दूतावासले भिसा आवेदकहरुको औंलाछाप लिने गर्छ। भिसा आवेदन प्रक्रियाको अन्तर्गत अन्तर्वाताको समयमामा, एउटा मसी रहित, डिजिटल औँलाछाप स्क्यान लिइन्छ। औंलाछाप आवश्यक नपर्ने केही आवेदकहरु छन्, जसमा:

  • A-3 र G-5 आवेदकहरु बाहेक, सरकारी कार्यलयको व्यापारमा यात्रा गर्ने आवेदक
  • 14वर्षभन्दा कम उमेर भएका वा 79 बर्ष भन्दा माथिका आवेदक

थप जानकारी

भिसा आवेदन फोटो विशेषताहरुको बारेमा धेरै जानकारीको लागि, अमेरिकी राज्य विभागको वेबसाइटमा हेर्नुहोस्।

अमेरिकी राज्य विभागको फोटो सम्बन्धी FAQ (धेरै सोधिने प्रश्नहरू) यहाँ छ।