मेरो पासपोर्ट ट्रयाक गर्नुहोस्

यो पृष्ठमा:


सिंहावलोकन

तपाइँको भिसा आवेदन स्वीकृत भएमा, तपाइँको राहदानी र भिसा आँफुले अन्तर्वाता निर्धारण गर्दा चयन गरेको पिक अप स्थानबाट संकलन  गर्न सकिन्छ। जब तपाइँको राहदानी तपाईंले चयन गरेको स्थानमा उपलब्ध हुनेछ, तपाईंले "पिक अप का लागि तयार" भनेर एउटा ईमेल प्राप्त गर्नु हुनेछ।

वैकल्पिक प्रीमियम डेलिभरी सेवाहरुः मे १, २०२४ देखि लागू हुने शुल्कहरू मा ने.रु. ६५० संशोधन गरिएको छ जुन भुक्तानी नगदमा मात्र गर्न पाउनुहुनेछ । यस सेवाको लागि भुक्तानी यी स्थानहरुमा उपलब्ध नेपाल इन्भेष्टमेन्ट मेगाट बैंक को नगद काउन्टरहरुमा गर्न सकिन्छ। यो सेवा वैकल्पिक हो। थप विवरणको लागि कृपया वेबसाइटमा हेर्नुहोस् ।

तपाईँको भिसाको स्टेटस चेक गर्नुहोस्

यदि तपाईं एक गैर–आप्रवासी आवेदक हुनुहुन्छ भने, यहाँ तपाईं आफ्नो DS-160  र भिसा आवेदन स्थिति आफ्नो अन्तरर्वार्ता स्थान र DS-160 बारकोड नम्बर हालेर अनलाइन जाँच गर्न सक्नुहुन्छ ।

राहदानी ट्रयाकिङ् विकल्प

तपाईँको सुविधाको लागि, तपाईँले आफ्नो राहदानीको लोकेसन ट्रयाक गर्न गर्नसक्ने धेरै विकल्पहरु छन् ।

तुरुन्त: तपाइँको आवेदनको अवस्था बुझन को लागि तल तपाइँको राहदानी नम्बर राख्नुहोस्। तपाईंले आफूले छान्नु भएको स्थानबाट 14 दिन भित्र आफ्नो राहदानी संकलन गर्नु पर्दछ। यदि तपाईंले आफ्नो राहदानी संकलन गर्नु भएन भने, केहि समय पछि यो दूतावासमा फिर्ता गरिनेछ। दूतावासले तपाईंलाई राहदानी कसरी लिने भनेर निर्देशन दिएपछि मात्र तपाईंले आफ्नो राहदानी लिन सक्नुहुन्छ। राहदानी संकलन गर्दा दूतावासले पठाएको राहदानी सङ्कलनसम्बन्धी इमेल ल्याउनु पर्नेछ।

नोट: कृपया तपाईंले सही इमेल ठेगाना प्रदान गर्ने र सूचनाका लागि नियमित रूपमा आफ्नो मेल बक्स जाँच गर्नु होला । 

.

 

इमेल: तपाईँले passportstatus@ustraveldocs.com मा ईमेल पठाउनुहोस् र ईमेलको विषय र/वा मुख्य भागमा जुन राहदानी नम्बर प्रयोग गरी अन्तर्वाता निर्धारित गरिएको थियो, त्यही राहदानी नम्बर जस्ताको तस्तै लेखी पठाउनुहोला । त्यस बाहेक कुनै पनि थप सन्देश वा सामग्री समावेश नगर्नुहोला । तपाईँको स्टेटससम्बन्धी अटोम्याटिक जवाफ प्राप्त हुनेछ ।

अनलाइन:तपाईँ अनलाइनमा यहाँ आफ्नो राहदानी ट्रयाक गर्न सक्नुहुन्छ ।

टेलिफोन: तपाईँले हाम्रो 24X7 IVR मार्फत आफ्नो राहदानी ट्रयाक गर्न सक्नुहुनेछ ।

स्थान र समय

स्थान र समय हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।

कृपया कागजात वितरण केन्द्रहरु सम्बन्धि नयाँ जानकारीको लागि वेबसाइट रेडब्यानर हेर्नुहोस् ।