शीघ्र अपोइन्टमेन्टका लागि आवेदन गर्नुहोस्

यो पृष्ठमा:


सिंहावलोकन

तपाईँलाई तल सूचीबद्ध क्राइटेरियामध्ये कुनै एकअनुसार अप्रत्याशित भ्रमणको आवश्यकता छ भने तपाईँ अमेरिकी दूतावासमा उपलब्धताको आधारमा शीघ्र अपोइन्टमेन्टको लागि योग्य हुन सक्नुहुन्छ। सबै मापदण्डहरू सुनिश्चित गर्नु आवश्यक छ, किनभने आवेदकहरूलाई एक पटक मात्र विस्तारित नियुक्ति अनुरोध गर्ने अनुमति छ।

योग्यता

शीघ्र अपोइन्टमेन्टको लागि आवेदन गर्नुभन्दा अघि तपाईँले अपोइन्टमेन्ट निर्धारण गर्ने साबिकको प्रक्रिया मार्फत एउटा अपोइन्टमेन्ट निर्धारण गर्नुपर्छ र तपाईँसँग त्यस आवश्यकता (अर्जेन्सी) लाई पुष्टि गर्न कागजी प्रमाणहरू छन् भनेर पनि सुनिश्चित गर्नुपर्छ । यदि तपाईँले पहिले नै अनलाइन अपोइन्टमेन्ट लिनुभएको छैन भने तपाईँको आकस्मिक अपोइन्टमेन्टका लागि गरिएको अनुरोध मान्य हुने छैन । भिसा अन्तर्वार्ताको बेलामा तपाईँले आफ्नो जरुरी भ्रमणको कारणको गलत प्रतिनिधित्व गरेको भेटिएमा यस्तो तथ्य तपाईँको केस फाइलमा टिपिनेछ, र यसले गर्दा तपाईँको भिसा आवेदनको नतिजामा प्रतिकूल प्रभाव पनि पर्नसक्छ । शीघ्र अपोइन्टमेन्ट अनुरोध गर्ने सबै आवेदकहरूले साबिकको भिसा अपोइन्टमेन्टको लागि पहिले भिसा शुल्क तिर्नु आवश्यक छ । शीघ्र अपोइन्टमेन्ट पाएका तर त्यसपछि अमेरिकी दूतावासमा भिसाका लागि अस्वीकृत भएका आवेदकहरूले त्यसै भ्रमण उद्देश्यको लागि अर्को शीघ्र अपोइन्टमेन्ट प्राप्त गर्न यो विकल्पको उपयोग गर्न पाउने छैनन् ।

नोट: विवाह र दीक्षान्त समारोहहरूमा उपस्थित हुन, गर्भवती नातेदारलाई सहायता गर्न, एउटा वार्षिक व्यापार/व्यावसायिक/शैक्षिक सम्मेलनमा भाग लिन, वा अन्तिम मिनेट पर्यटनको आनन्द उठाउने उद्देश्यको लागि गरिने भ्रमण शीघ्र अपोइन्टमेन्टका लागि योग्य छैन । यस्तो भ्रमणका लागि अगाडि नै साबिकको भिसा अपोइन्टमेन्ट निर्धारण गर्नुहोस् ।

मेडिकल आवश्यकता

यात्राको उद्देश्य आकस्मिक चिकित्सा सेवा प्राप्त गर्न, वा आकस्मिक चिकित्सा सेवाको लागि नातेदार वा रोजगारदातालाई साथ दिनु हो ।

आवश्यक दस्तावेज:

  • तपाईँको स्वास्थ्य अवस्था र तपाईँ किन संयुक्त राज्य अमेरिकामा चिकित्सा सेवाको माग गर्दै हुनुहुन्छ भन्ने कुरा व्याख्या गर्ने खाले तपाईँको डाक्टरले लेखेको पत्र ।
  • संयुक्त राज्य अमेरिकाको चिकित्सक वा अस्पतालले लेखेको पत्र जसमा उनीहरू त्यस बिरामीको उपचार गर्न तयार छन् भन्ने कुरा खुलाइएको छ र उपचारको अनुमानित लागत दिइएको छ ।
  • तपाईँको उपचारको लागतको लागि भुक्तानी कसरी गर्नुहुन्छ भन्ने प्रमाण ।
अन्तिम संस्कार/मृत्यु

भ्रमणको उद्देश्य अन्तिम संस्कारमा उपस्थित हुनु वा परिवारको नजिकको सदस्य (आमा, बुबा, दाजुभाइ, दिदीबहिनी, बच्चा) को संयुक्त राज्य अमेरिकामा भएको पार्थिव शरीर स्वदेश फर्काउनको लागि व्यवस्था गर्नु हो ।

आवश्यक दस्तावेज:

  • सम्पर्क जानकारी, मृतकको विवरणहरू र संस्कारको मिति दिइएको अन्त्येष्टि निर्देशकबाट एउटा पत्र ।
  • मृतक तपाईँको नजिकको आफन्त हो भन्ने प्रमाण पनि प्रस्तुत गर्नु पर्नेछ ।
आकस्मिक व्यापार यात्रा

B1/B2 भिसामा अत्याबश्यक ब्यापारिक् यात्रा गर्नको निमित्त: कुनै ब्यापारिक् यात्रा, जस्को ब्यापारिक् उद्देश्य एउटा आकस्मिक व्यापार विषयमा उपस्थित हुनका लागि हो जसमा यात्राको आवश्यकता अथवा मितीको बारेमा पूर्व अनुमान वा निर्धारण गरिएको हुँदैन।

  • योजनाबद्ध भ्रमणको आकस्मिकतालाई प्रमाणित गर्ने, जसमा व्यापारको प्रकृति वर्णन गरिएको र शीघ्र अपोइन्टमेन्ट उपलब्ध नभएमा अमेरिका वा स्थानीय कम्पनीले एउटा महत्वपूर्ण अवसरको क्षति बेहोर्नेछ भनिएको संयुक्त राज्य अमेरिकाको अनुरुप कम्पनीको तर्फबाट एउटा निमन्त्रणा पत्र ।

वा

  • तीन महिना वा कम अवधिको संयुक्त राज्य अमेरिकामा हुने आवश्यक प्रशिक्षण कार्यक्रमको प्रमाणले स्थानीय रोजगारदाता र तालिम प्रदान गर्ने अमेरिकी कम्पनी दुवैका पत्रहरू समावेश गर्नुपर्छ । दुवै पत्रमा तालिमको विस्तृत विवरण संलग्न हुनुपर्छ र शीघ्र अपोइन्टमेन्ट उपलब्ध भएन भने अमेरिका वा स्थानीय कम्पनीहरूले किन महत्वपूर्ण अवसरको क्षति बेहोर्नेछन् भन्ने कुराको व्याख्या गरिएको हुनुपर्छ ।

 

विद्यार्थी वा एक्सचेन्ज आगन्तुक

कृपया ध्यान दिनुहोस् कि हामी हाललाई अत्यन्तै सीमित ठाउँ-उपलब्ध ताको आधारमा F, M, र J भिसाको शीघ्र अपोइन्टमेन्टका अनुरोधहरू स्वीकार गर्नको लागि विचार गरिरहेका छौं। दुर्भाग्यवश, हामी सबै अनुरोधहरू समायोजन गर्न सक्षम हुने छैनौं। हामी F, M, वा J भिसाका लागि शीघ्र अपोइन्टमेन्ट अनुरोध अस्वीकार गरिएको सम्बन्धमा पुनर्विचार गर्न वा प्रतिक्रिया दिनअसमर्थ छौं।

शीघ्र अनुरोध पेश गर्नु अघि कृपया तलका मापदण्डहरूलाई ध्यानपूर्वक समीक्षा गर्नुहोस्।यी मापदण्डहरू पूरा नहुने वा अनुरोध गरिएको जानकारी समावेश नगर्ने अनुरोधहरूलाई अस्वीकार गरिनेछ।

  • आवेदकहरूले आफ्नो I-20 वा DS-2019 मा सुरु हुने मितिको ६० दिन भित्र अनुरोध पेश गरेको हुनुपर्छ।
  • आवेदकहरूको पछिल्लो १२ महिना भित्र अमेरिकी भिसा अस्वीकार गरिएको हुनुहुँदैन
  • आवेदकहरूले पछिल्लो १२ महिना भित्र शीघ्र अनुरोध पेश गरेको हुनु हुँदैन

तपाईंले आफ्नो शीघ्र अनुरोधको क्रममा तलको जानकारी समावेश गर्नुपर्छ। कृपया ध्यान दिनुहोस् कि तपाईंले प्रदान गर्नुभएको अन्य कागजातहरुमा सबै जानकारी भएता पनि तपाईंको अनुरोधको मुख्य भागमा तलको जानकारीहरु समावेश हुनुपर्दछ।

  • तपाईंको I-20 वा DS-2019 मा उल्लेखित सुरु मिति
  • विद्यालय, विश्वविद्यालय, वा संस्थाको नाम जहाँ तपाईं अध्ययन गर्नुहुनेछ वा एक्सचेन्ज कार्यक्रममा संलग्न हुनुहुनेछ
  • तपाईंले हाल पढ्दै गर्नुभएको वा भर्खरै पढ्नुभएको विद्यालयको नाम
  • छात्रवृत्ति वा सहायकले बेहोर्ने तपाईंको शैक्षिक लागतको डलर रकम र प्रतिशत
  • शैक्षिक कार्यक्रमहरूको लागि, तपाईंको कार्यक्रमको शैक्षिक स्तर (जस्तै एसोसिएट्स, स्नातक, स्नातकोत्तर, पीएचडी)
  • एक्सचेन्ज कार्यक्रमहरूको लागि, तपाईंको एक्सचेन्ज कार्यक्रमको उद्देश्य
  • तपाईंको अनुरोधको विचारमा सान्दर्भिक कुनै पनि अन्य जानकारी

आवश्यक कागजात:

  • तपाईंको I-20 वा DS-2019
  • कुनै पनि छात्रवृत्ति प्राप्त भएको प्रमाण

भ्रमण आदेशका लागि इलेक्ट्रोनिक प्रणाली (ESTA) अस्वीकृत

तपाईँ भिसा छुट कार्यक्रम साझेदार देशको नागरिक हुनुहुन्छ तर तपाईँले अब त्यो कार्यक्रम अन्तर्गत संयुत राज्य अमेरिका यात्रा गर्न अयोग्य हुनु भएको सुचना प्राप्त गर्नुभएको छ भने तपाईँले शीघ्र अपोइन्टमेन्टको लागि आवेदन गर्न सक्नुहुन्छ ।

यस्ता यात्रीहरुमा इरान, इराक, सुडान वा सिरिया देशका दोहोरो नागरिक्ता भएकाहरु वा ती जसले इरान, इराक, सुडान, सिरिया, लिबिया, यमन वा सोमालियामा मार्च १,२०११ पछि यात्रा गर्नेहरु पर्छन । कृपया तपाईँको अनुरोधमा तपाईँको यात्रा मिति र उद्देश्य समावेश  गर्नुहोस्।

आवशयक कागजात:

  • U.S. भन्सार र सीमा सुरक्षाबाट प्राप्त गर्नुभएको इलेक्ट्रोनिक प्रणाली (ESTA) स्थिति सम्बन्धि सन्देशको प्रतिलिपी।

शीघ्र अपोइन्टमेन्टका लागि आवेदन

चरण 1

गैर-आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (S-160) फारम पूरा गर्नुहोस् ।

चरण 2

भिसा आवेदन शुल्क तिर्नुहोस् ।

चरण 3

सबैभन्दा पहिलो उपलब्ध मितिको अनलाइन अपोइन्टमेन्ट निर्धारण गर्नुहोस् । तपाईँले शीघ्र अपोइन्टमेन्टको अनुरोध गर्नुभन्दा पहिले अपोइन्टमेन्ट निर्धारण गर्नै पर्ने हुन्छ । तपाईँले आफ्नो अपोइन्टमेन्ट निर्धारण गर्दा उपलब्ध अपोइन्टमेन्ट मिति स्क्रिनको सन्देशमा देख्‍नुहुनेछ जसमा शीघ्र अपोइन्टमेन्ट मिति पनि समावेश हुन्छ । तदानुसार, तपाईँले यो बुझ्न सक्नुहुनेछ कि शीघ्र अपोइन्टमेन्टको लागि आवेदन गर्नु आवश्यक छ वा छैन यदि अगाडिका कुनै मिति उपलब्ध छैनन् भने ।

तपाईँ फेरि पनि शीघ्र अपोइन्टमेन्ट अनुरोध गर्न चाहनुहुन्छ भने, अङ्ग्रेजीमा तीब्रता अनुरोध फारम पूरा गर्नुहोस् वा सहयोगको लागि कल सेन्टर मा सम्पर्क गर्नुहोस् । तपाईँ शीघ्र अपोइन्टमेन्टको लागि योग्य हुनुहुन्छ भन्ने सुनिश्चित गर्नुहोस् । तपाईँले आफ्नो अनुरोध पेश गर्नुभए पछि, कृपया इमेल मार्फत आउने अमेरिकी दूतावासको प्रतिक्रियाको प्रतिक्षा गर्नुहोस् ।

चरण 4

अमेरिकी दूतावासले तपाईँको अनुरोध स्वीकार गरेमा तपाईँलाई अनलाइन मा शीघ्र अपोइन्टमेन्ट निर्धारण गर्नु भनी एउटा इमेल प्राप्त हुनेछ । कल सेन्टरले तपाईँको लागि शीघ्र अपोइन्टमेन्ट निर्धारण गर्न सक्दैन, तर एजेन्टहरूले प्रश्न उठेमा तपाईँलाई सहायता गर्न सक्छन् भनेर बुझ्नुहोस् । शीघ्र अपोइन्टमेन्टका लागि अमेरिकी दूतावासले तपाईँको अनुरोधलाई नकारेमा, इमेलद्वारा अस्वीकार भएको सूचीत गर्नेछ र तपाईँले आफ्नो पहिले निर्धारण गर्नु भएको समयमा नै अन्तर्वाताको लागि उपस्थित हुनुपर्छ ।

नोट: तपाईँको अनुरोधको पुष्टि वा इन्कारसम्बन्धी इमेल no-reply@ustraveldocs.com बाट आउनेछ । केही ईमेल एप्लिकेशनहरूको नियम छ कि उनीहरू फिल्टर गरेर अज्ञात प्रेषकहरूलाई स्प्याम वा जङ्क मेल फोल्डरमा पठाउँछन् । तपाईँको ईमेलमा सूचना प्राप्त भएको छैन भने तपाईँको जङ्क र स्प्याम ईमेल फोल्डरमा सन्देश हेर्नुहोला ।

चरण 5

तपाईँको भिसा अन्तर्वार्ताको मिति र समयमा अमेरिकी दूतावास मा पुग्नुहोस् । तपाईँले प्रिन्ट गरिएको आफ्नो अपोइन्टमेन्ट पत्रको प्रतिलिपि, तपाईँको फारम DS-160 पुष्टि पृष्ठ, पछिल्लो छ महिनाभित्र खिचिएको एउटा फोटो, तपाईँको वर्तमान र सबै पुराना पासपोर्ट र सहायक कागजात ल्याउन आवश्यक हुनेछ । यी सबै सामग्री बिनाको आवेदन स्वीकार गरिने छैन ।