फारम DS-160 सम्बन्धी जानकारी

यो पृष्ठमा:


सिंहावलोकन

बालबालिकाहरू लगायत प्रत्येक आवेदकले आफ्नै छुट्टै DS-160 भिसा आवेदन फारम भर्नुपर्छ। अमेरिकी दूतावास वा कन्सुलेटमा तपाईँको अन्तर्वार्ता हुनुभन्दा पहिले नै फारम DS-160 अनलाइन बुझाउनु पर्छ। फारम DS-160 पुष्टि पृष्ठमा भएको बारकोड नम्बर तपाईँको अन्तर्वार्ता निर्धारण गर्नका लागि आवश्यक छ। फारम DS-160 अनलाइन नै बुझाउनु पर्छ। अमेरिकी दूतावास वा कन्सुलेटले हस्तलिखित वा टाइप गरेको आवेदन स्वीकार गर्दैन र फारम DS-160 पुष्टि पृष्ठ बिना तपाईँ अन्तर्वार्तामा उपस्थित हुन पाउनुहुने छैन।

विद्युतीय रूपमा DS-160 साइन/हस्ताक्षर गर्नुको अर्थ तपाईँले यसमा भर्नु भएको सम्पूर्ण विवरण सत्य र सही छ भनी प्रमाणित गर्नु हो । कुनै पनि तथ्यलाई गलत रूपमा प्रस्तुत गर्नाले तपाईँ संयुक्त राज्य अमेरिकामा प्रवेशका लागि अयोग्य हुन सक्नुहुन्छ । तपाईँका सबै जवाफहरू सही छन् र हरेक प्रश्‍नको पूर्ण रूपमा जवाफ दिइएको छ भनी सुनिश्चित गर्न दोहोर्‍याएर चेक गर्नुहोस्।

नोट: DS-160 भर्नेसम्बन्धी कुनै पनि प्रश्‍नहरूलाई निम्न वेबसाइट मा सम्बोधन गर्न सकिन्छ । हामी कुनै पनि प्रश्‍नको जवाफ दिन वा यस प्रक्रियासम्बन्धी मार्गदर्शन गर्न असमर्थ छौं ।

फारम DS-160 भर्नको लागि निर्देशनहरू

गैर-आप्रवासी भिसा आवेदन प्रक्रिया पुनरावलोकन गरी तपाईँको फारम DS-160 पूरा गरेर पेश गर्नुहोस् । अमेरिकी दूतावास वा कन्सुलेटमा अन्तर्वार्ताको लागि अन्तर्वाता मिति लिनुभन्दा पहिला DS-160 अनलाइन बुझाउनै पर्छ।

  • DS-160 को सुरुमा त्यही दूतावास वा कन्सुलेट रोज्नुहोस् जहाँ तपाईँले आफ्नो अन्तर्वार्ता अपोइन्टमेन्ट निर्धारण गर्नु हुनेछ ।
  • तपाईँको पूरा नाम आफ्नो मातृभाषाको लिपिमा मागिएको अवस्थामा बाहेक, सबै प्रश्‍नहरूको जवाफ अङ्ग्रेजी लिपि प्रयोग गरेर अङ्ग्रेजी भाषामा दिनुपर्नेछ।
  • DS-160 प्रक्रियाअन्तर्गत तपाईँले पछिल्लो छ महिनाभित्र खिचेको एउटा फोटो अपलोड गर्न आवश्यक छ । गुणस्तरीय फोटो खिच्ने र बुझाउनेसम्बन्धी विस्तृत निर्देशनहरू अमेरिकन डिपार्टमेन्ट अफ स्टेटको वेबसाइटमा यहाँ राखिएको छ।
  • तपाईँले २० मिनेटभन्दा बढी समय यस आवेदनमा कुनै काम गर्नुभएन भने तपाईँको सेशन समाप्त हुनेछ । यदि तपाईँले आफ्नो आवेदन आईडी नम्बर टिपेर राख्‍नुभएको छैन वा आवेदनलाई आफ्नो कम्प्युटरमा सेभ गर्नुभएको छैन भने फेरि सुरुबाट प्रक्रिया थाल्नुपर्ने हुन्छ । पृष्ठको माथिल्लो दाहिने कुनामा प्रदर्शित आवेदन आईडी लेख्‍नुहोस् । आफ्नो आवेदन पेश गर्नुअघि नै ब्राउजर बन्द गर्नुपरेमा तपाईँलाई पछि फेरि आफ्नो आवेदनलाई अघि बढाउन यस आवेदन आईडीको आवश्यकता पर्नेछ ।
  • पूरा गरिएको DS-160 आवेदन फारमले अल्फा-न्युमेरिक (वर्ण र अङ्कको सम्मिश्रण भएको) बारकोड पुष्टि पृष्ठ उत्पन्न गर्नेछ । यो पृष्ठ प्रिन्ट गर्नुहोस् । प्रिन्ट गरिएको पुष्टि पृष्ठ अमेरिकी दूतावासमा अन्तर्वार्ताको लागि आवश्यक छ ।
  • तपाईँले बारकोड पुष्टि पृष्ठ प्रिन्ट गरेपछि तपाईँको वेब ब्राउजरमा "ब्याक" बटन थिच्नुहोस् र त्यसपछि आफैलाई DS-160 को एक प्रति इमेल गर्नुहोस् । इमेल गरिएको फाइल PDF मा हुनेछ, जसलाई हेर्न या प्रिन्ट गर्नका लागि Adobe Acrobat चाहिन्छ ।

DS160 फारम: DS160 आवेदनपत्र पुनः प्रयोग गर्न मिल्देन । प्रत्येक भिसा अन्तर्वाताका लागि नयाँ DS160 आवेदनपत्र भर्न आवश्यक छ।

थप जानकारी

DS-160 भर्नेसम्बन्धी कुनै पनि प्रश्‍नहरूलाई निम्न वेबसाइट मा सम्बोधन गर्न सकिन्छ । हामी कुनै पनि प्रश्‍नको जवाफ दिन वा यस प्रक्रियासम्बन्धी मार्गदर्शन गर्न असमर्थ छौं ।

फारम DS-160 यहाँ अनलाइन छ ।