मेरो DS-160 पूरा गर्न

यो पृष्ठमा:


सिंहावलोकन

बालबालिकाहरू लगायत प्रत्येक आवेदकको आफ्नै DS-160 भिसा आवेदन हुनुपर्छ । अमेरिकी दूतावास वा कन्सुलेटमा तपाईँको अन्तर्वार्ता हुनुभन्दा पहिले नै DS-160 अनलाइन बुझाउनु पर्छ । DS-160 पुष्टि पृष्ठमा भएको बारकोड नम्बर तपाईँको अन्तर्वार्ता निर्धारण गर्नका लागि आवश्यक छ । फारम DS-160 अनलाइन नै बुझाउनु पर्छ । अमेरिकी दूतावास वा कन्सुलेटले हस्तलिखित वा टाइप गरेको आवेदन स्वीकार गर्नेछैन र DS-160 पुष्टि पृष्ठ बिना तपाईँ अन्तर्वार्तामा उपस्थित हुन पाउनुहुने छैन ।

विद्युतीय रूपबाट DS-160 साइन गर्नाले तपाईँ यसमा भएको सम्पूर्ण विवरण सत्य र सही छ भनी प्रमाणित गर्नुहुन्छ । कुनै पनि तथ्यलाई गलत रूपमा प्रस्तुत गर्नाले तपाईँलाई संयुक्त राज्य अमेरिकामा प्रवेशका लागि अयोग्य बनाउन सक्छ । तपाईँका सबै जवाफहरू सही छन् र हरेक प्रश्‍नको पूर्ण रूपमा जवाफ दिइएको छ भनी सुनिश्चित गर्न दोहोर्‍याएर चेक गर्नुहोस् ।

नोट: DS-160 भर्नेसम्बन्धी कुनै पनि प्रश्‍नहरूलाई निम्न वेबसाइट मा सम्बोधन गर्न सकिन्छ । हामी कुनै पनि प्रश्‍नको जवाफ दिन वा यस प्रक्रियासम्बन्धी मार्गदर्शन गर्न असमर्थ छौं ।

फारम DS-160 भर्नको लागि निर्देशनहरू

गैर-आप्रवासी भिसा आवेदन प्रक्रिया पुनरावलोकन गरी तपाईँको DS-160 पूरा गरेर पेश गर्नुहोस् । अमेरिकी दूतावास वा कन्सुलेटमा अन्तर्वार्ताको लागि अन्तर्वाता मिति लिनुभन्दा पहिले DS-160 अनलाइन बुझाउनै पर्छ ।

  • DS-160 को सुरुमा त्यही दूतावास वा कन्सुलेट रोज्नुहोस् जहाँ तपाईँले आफ्नो अन्तर्वार्ता निर्धारण गर्नु हुनेछ।
  • तपाईँको पूरा नाम आफ्नो मातृभाषाको लिपिमा मागिएको अवस्थामा बाहेक, सबै प्रश्‍नहरूको जवाफ अङ्ग्रेजी लिपि प्रयोग गरेर अङ्ग्रेजी भाषामा दिनुपर्नेछ ।
  • DS-160 प्रक्रियाअन्तर्गत तपाईँले पछिल्लो छ महिनाभित्र खिचेको एउटा फोटो अपलोड गर्न आवश्यक छ । गुणस्तरीय फोटो खिच्ने र बुझाउनेसम्बन्धी विस्तृत निर्देशनहरू अमेरिकन डिपार्टमेन्ट अफ स्टेटको वेबसाइटमा यहाँ राखिएका छन् ।
  • तपाईँले २० मिनेटभन्दा बढी समय यस आवेदनमा कुनै काम गर्नुभएन भने तपाईँको सेशन समाप्त हुनेछ। यदि तपाईँले आफ्नो आवेदन आईडी नम्बर टिपेर राख्‍नुभएको छैन वा आवेदनलाई आफ्नो कम्प्युटरमा सेभ गर्नुभएको छैन भने फेरि सुरुबाट प्रक्रिया थाल्नुपर्ने हुन्छ। पृष्ठको माथिल्लो दाहिने कुनामा प्रदर्शित आवेदन आईडी लेख्‍नुहोस्। आफ्नो आवेदन पेश गर्नुअघि नै ब्राउजर बन्द गर्नुपरेमा तपाईँलाई पछि फेरि आफ्नो आवेदनलाई अघि बढाउन यस आवेदन आईडीको आवश्यकता पर्नेछ।
  • पूरा गरिएको DS-160 आवेदन फारमले अल्फा-न्युमेरिक (वर्ण र अङ्कको सम्मिश्रण भएको) बारकोड पुष्टि पृष्ठ उत्पन्न गर्नेछ । यो पृष्ठ प्रिन्ट गर्नुहोस् । प्रिन्ट गरिएको पुष्टि पृष्ठ अमेरिकी दूतावासमा अन्तर्वार्ताको लागि आवश्यक छ ।
  • तपाईँले बारकोड पुष्टि पृष्ठ प्रिन्ट गरेपछि तपाईँको वेब ब्राउजरमा "ब्याक" बटन थिच्नुहोस् र त्यसपछि आफैलाई DS-160 को एक प्रति इमेल गर्नुहोस् । इमेल गरिएको फाइल PDF मा हुनेछ, जसलाई हेर्न या प्रिन्ट गर्नका लागि Adobe Acrobat चाहिन्छ ।

नोट: DS160 आवेदन फारम पुनः प्रयोग गर्न मिल्दैन । हरेक पटक भिसा अन्तर्वाताका लागि नयाँ DS160 आवेदनपत्र भर्न आवश्यक छ।

थप जानकारी

DS-160 भर्ने सम्बन्धी कुनै पनि प्रश्‍नहरूलाई निम्न वेबसाइट मा सम्बोधन गर्न सकिन्छ । हामी कुनै पनि प्रश्‍नको जवाफ दिन वा यस प्रक्रियासम्बन्धी मार्गदर्शन गर्न असमर्थ छौं ।

अनलाइन DS-160 फारम यहाँ उपलब्ध छ ।