मेरो अपोइन्टमेन्ट निर्धारण

यो पृष्ठमा:


सिंहावलोकन

सामान्यतया संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले पहिले भिसा प्राप्त गर्नुपर्छ, अस्थायी प्रवासको लागि गैर-आप्रवासी भिसा वा स्थायी बसोबासको लागि आप्रवासी भिसा । योग्य देशका नागरिकहरू भिसा छुट कार्यक्रम अन्तर्गत भिसा बिना संयुक्त राज्य अमेरिकामा प्रवेश गर्न सक्छन् । यदि तपाईँ भिसा छुट कार्यक्रमका लागि योग्य हुनुहुन्न वा अध्ययन गर्न, काम गर्न वा आदानप्रदान कार्यक्रमहरूमा सहभागी हुन भ्रमण गर्दै हुनुहुन्छ भने तपाईँले गैर-आप्रवासी भिसाको लागि आवेदन दिनुपर्छ ।

अमेरिकी भिसा आवेदकले, अमेरिकी दूतावासमा भिसा अन्तर्वार्ताका लागि व्यक्तिगत रुपमा उपस्थित हुन आवश्यक छ । तपाईँले यो वेबसाइट प्रयोग गरेर वा कल सेन्टर को माध्यमबाट त्यस अन्तर्वार्ताको लागि मिति निर्धारण गर्न सक्नुहुन्छ ।

जिल्ला देश बाहिरका आवेदकहरू

तपाईंले आफू उपस्थित भएको कुनै पनि देश बाट गैरआप्रवासी भिसाको लागि आवेदन दिन सक्नुहुन्छ; तपाईं त्यहाँको नागरिक वा निवासी हुनु आवश्यक छैन। यद्यपि, तपाईंले जहाँसुकै आवेदन दिनुभएको भएतापनि तपाईंले संयुक्त राज्य अमेरिका बाहिर पर्याप्त सम्बन्धहरू देखाउने सहित तपाईंले प्राप्त गर्न खोजेको भिसाका लागि चाहिने आवश्यकताहरू पूरा गरेको द हुनुपर्छ।

कृपया ध्यान दें कि:

  • तपाईंले आवेदन गरेको देशमा तपाईंले गैरआप्रवासी भिसा आवेदन शुल्क तिर्नुपर्छ;
  • यदि तपाइँ अंग्रेजी वा तपाइँले आवेदन गरिरहनुभएको स्थानीय भाषा बोल्नुहुन्न भने तपाइँले दोभाषे ल्याउने अनुमती नपाउन पनि सक्छ;
  • यदि तपाईंको भिसा वर्गलाई कागजातहरू पेश गर्न आवश्यक छ भने, कन्सुलर अधिकारीले तपाईंलाई अंग्रेजी वा स्थानीय भाषामा प्रमाणित अनुवादहरू पेश गर्नकोलागी अनुरोध गर्न सक्छ;
  • भिसा जारी हुनेछ भन्ने कुनै ग्यारेन्टी छैन। यदि अस्वीकार गरियो भने, आवेदन शुल्क फिर्ता हुने छैन;
  • तपाईंको भिसा अपोइन्टमेन्ट पछि, तपाईंको आवेदन या त जारी गरिनेछ वा अस्वीकार गरिनेछ। यदि तपाइँ भिसाको लागि योग्यता देखाउन सक्नु भएन भने, कन्सुलर अधिकारीले तपाइँको योग्यता स्थापित गर्न मद्दतको लागि थप प्रशासनिक प्रक्रियाको निर्णय गर्न सक्छ। त्यो प्रक्रिया पूरा गर्न र तपाईंको राहदानी फिर्ता गर्न लाग्ने समयको कुनै ग्यारेन्टी छैन;
  • कुनै एक देशमा गैर आप्रवसी भिसा आवेदन पेस गरेपछि,भिसा आवेदन र आवेदन शुल्क अर्को देशको दूतावास वा वाणिज्य दूतावासमा हस्तान्तरण गर्न सकिँदैन;
  • धेरै दूतावासहरू र वाणिज्य दूतावासहरूले उनीहरूको आफ्नो देशका नागरिक र कानुनी बासिन्दाहरूको नियुक्तिलाई प्राथमिकता दिन्छन् त्यस कारणले गर्दा गैर-निवासीहरूले अपोइन्टमेन्ट पर्खनु पर्ने समय लामो हुन सक्छ।
  • सहायक कागजात

    गैर-आप्रवासी भिसाको अन्तर्वाता निर्धारण गर्न तपाईँसँग निम्न विवरण तथा कागजातहरु हुनु पर्दछ:

    • संयुक्त राज्य अमेरिकामा भ्रमण गर्नका लागि वैध राहदानी । राहदानीको बहाल अवधि (देश विशेष सम्झौता ले छुट प्रदान गरेको अवस्थामा बाहेक) अमेरिकामा रहने तपाईँको योजनाको कम्तीमा ६ महिना पछिसम्मको हुनु पर्दछ। तपाईँको राहदानीमा एकभन्दा बढी व्यक्ति समावेश छन् भने भिसा चाहने प्रत्येक व्यक्तिले आवेदन बुझाउनुपर्छ;
    • तपाईंको भिसा आवेदन (MRV) शुल्क भुक्तानी रसिदः NIMB बैंक शाखामा नगद भुक्तानी गरेमा नगद जम्मा भौचर वा ईएफटी भुक्तानी पछि connectIPS  बाट डाउनलोड गरिएको भुक्तानी रसिद;
    • तपाईँको DS-160 पुष्टि पृष्ठ (DS160 आवेदनपत्र पुनः प्रयोग गर्न मिल्दैन, हरेक भिसा अन्तर्वाताको लागि नयाँ DS160 आवेदनपत्र भर्न आवश्यक छ);
    • तपाईँको इमेल ठेगाना; र
    • लागु भएमा, भिसा वर्गमा आधारित आवश्यक कागजातहरू (जस्तै, पेटिसन बेस्ड भिसाका लागि अनुमोदित पेटिसन; भिसा प्रकार र प्रत्येक प्रकारको बारेमा थप जानकारी यहाँ पाउन सकिन्छ) ।

    अन्तर्वाता मिति परिवर्तनका सीमितताहरू

    आवेदकहरूले कति पटक आफ्नो अन्तर्वाता मिति परिवर्तन गर्नसक्छन् भन्‍ने कुरा सीमित छ । तपाईँलाई अर्को पटक भिसा आवेदन शुल्क तिर्न आवश्यक नपरोस् भन्‍ने हिसाबले योजना बनाउनुहोला ।

    थप क्रिया

    अपोइन्टमेन्ट निर्धारण
    तपाईँको अपोइन्टमेन्ट परिवर्तन गर्नुहोस्