पासपोर्ट /भिसा संकलन स्थानहरु र ड्रपअफ स्थानहरु सम्बन्धी पृष्ठः

यो पृष्ठमा:

 


सिंहावलोकन

तपाइँको भिसा आवेदन स्वीकृत  भएमा, तपाइँको राहदानी भिसा आँफुले अन्तर्वाता निर्धारण गर्दा चयन गरेको पिक अप स्थानबाट संकलन  गर्न सकिन्छ। जब तपाइँको राहदानी तपाईंले चयन गरेको स्थानमा उपलब्ध हुनेछ, तपाईंले "पिक अप का लागि तयार" भनेर एउटा ईमेल प्राप्त गर्नु हुनेछ।

यदि तपाईंलाई 221(G) पत्र जारी गरिएको छ र दूतावास वा कन्सुलेटले थप प्रक्रियाका लागि थप कागजातहरु पेश गर्न निर्देशन दिएको छ भने, तपाईंले ती कागजातहरुलाई सीजीआई टोली समक्ष पेश गर्नुपर्नेछ, जसले तपाईंको कागजात दूतावास समक्ष पु¥याउनेछ ।

वैकल्पिक प्रीमियम डेलिभरी सेवाहरुः अप्रिल १५, २०२१ देखि बिराटनगर, बीरगञ्ज, पोखरा, भैरहवा र नारायणगढमा कागजात वितरण केन्द्रहरु “वैकल्पिक प्रीमियम डेलिभरी सेवा” को रुपमा आवेदकहरुको लागि कागजपत्र बुझाउन र संकलन गर्न अप्रिल १६, २०२२ देखि लागू हुने शुल्कहरू मा ने.रु. ५०० संशोधन गरिएको छ जुन भुक्तानी नगदमा मात्र गर्न पाउनुहुनेछ । यस सेवाको लागि भुक्तानी यी स्थानहरुमा उपलब्ध नेपाल इन्भेष्टमेन्ट बैंकको नगद काउन्टरहरुमा गर्न सकिन्छ। यो सेवा वैकल्पिक हो। थप विवरणको लागि कृपया वेबसाइटमा हेर्नुहोस् ।

स्थान समय

स्थान र समय हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्।.

कृपया कागजात वितरण केन्द्रहरु सम्बन्धि नयाँ जानकारीको लागि वेबसाइट रेडब्यानर हेर्नुहोस् ।

प्रीमियम डेलिभरी

अब तपाईंले नेपालका पाँच प्रीमियम कागजात स्थानहरुमध्ये कुनै एकमा तपाईंको कागजातहरु संकलन गर्न ÷ बुझाउन सक्नुहुनेछ ।

  • तपाईंले कागजात संकलन गर्नु÷बुझाउनु अघि संकलन केन्द्रस्थित नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको काउन्टरमा नगद मार्फत भुक्तानी गर्नुहोस् ।
  • छिटो, विश्वसनीय, समय–निश्चित वितरण ।
  • नेपालका ५ स्थानमा वितरण ।
  • कागजातहरु सुरक्षित तरीकाले सम्हाल्ने ।
  • ने.रु. ५०० (अप्रिल १६, २०२२ देखि कर सहित) प्रति लागतमा कागजात÷पासपोर्ट उपलब्ध।
  • प्रीमियम डेलिभरी शुल्क ने.रु. ५०० (अप्रिल १६, २०२२ देखि) थप शुल्क हो र यो भिसा आवेदन शुल्कको अंश होइन।
  • यस सेवाको भुक्तानी रसिद तपाईंलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडबाट सोहि समयमा नै जारी गरिनेछ ।

राहदानी पिक अप सूचना

यदि  तपाईंको भिसा आवेदन स्वीकृत गरिएको भने, आफ्नो राहदानी भिसा तपाईंले अन्तर्वाता मिति नियुक्ति का लागि निर्धारित गर्दा चयन गर्नुभएको  पिकअप स्थानबाट संकलन गर्न सक्नुहुनेछ।

तपाईंले आफ्नो राहदानी संकलन गर्दा, आफ्नो राहदानी भिसा एक अनाधिकृत व्यक्तिलार्इ दिइएको छैन भनेर सुनिश्चित गर्न को लागि, तपाईंले पहिचान को लागि सरकार द्वारा जारी फोटो आईडी प्रस्तुत गर्नुपर्छ।

राहदानी पिकअप को लागि आवश्यक: हुने जरूरी कागजातहरू

आवेदक आफ्नैले राहदानी सङ्कलन गर्न को लागिः

  • आवेदकले  सरकार द्वारा जारी गरिएको सक्कल फोटो आईडीसँग सोहि आईडीको प्रतिलिपी
  • DS160 पुष्टि पृष्ठ वा अन्तर्वाता पुष्टि पत्र उपयुक्त हुनेछ।

प्रतिनिधिद्वारा राहदानी संकलनका लागि:

  • आवेदकको सरकार द्वारा जारी फोटो आईडीको प्रतिलिपी।
  • आवेदकले सक्कल हस्ताक्षर गरेको सक्कल अख्तियार पत्र।
  • DS160 पुष्टि पृष्ठ वा अन्तर्वाता पुष्टि पत्र उपयुक्त हुनेछ।
  • अख्तियारी पाएको व्यक्ति को सरकारद्वारा जारी गरिएको सक्कल फोटो आईडीसँग प्रतिलिपी।
  • कृपया अख्तियार पत्रको ढाँचाको लागि यहाँ क्लिक गर्नुहोस्।

यदि तपाईंले चयन गर्नु भएको स्थान बाट 14 दिन भित्रमा आफ्नो राहदानी संकलन गर्नु भएन भने राहदानी दूतावासमा फिर्ता पठाइनेछ दूतावास फिर्ता भएको राहदानी, बिहीबार बाहेक दूतावास खुलेको दिनहरुमा अपराह्न :०० देखि :३० बजेसम्म सिधै दूतावासबाट सङ्कलन गर्न सकिनेछ।

महत्वपूर्ण सूचना:

  • सरकार द्वारा जारी गरिएको फोटो आईडी एक राहदानी biographic जानकारी पृष्ठ,  नागरिक्ता, ड्राइभिङ लाइसेन्स हुन सक्छ।
  • सक्कल अख्तियारक पत्रमा निम्न जानकारी हुनुपर्छ:
    • सरकारद्वारा जारी गरिएको फोटो आईडी मा भए जस्तै  प्रतिनिधिको पूरा नाम
    • आवेदक को नाम र राहदानी नम्बर
    • सबै आवेदकहरुको सक्कल हस्ताक्षर हुनैपर्ने
  • पतिको राहदानी/ कागजात पत्नीले वा पत्नीको राहदानी/ कागजात पतिले  संकलन गर्न चाहेमा माथिको बुँदामा उल्लेखित कागजात सहित सक्कल अख्तियार पत्र मा अनउपस्थित आवेदक द्वारा सक्कल हस्ताक्षर अनिवार्य छ।
  • 18 वर्ष मुनिका नाबालकले कसैको वा आफ्नो राहदानी संकलन गर्ने अनुमति छैन्। नाबालकको राहदानी आमाबाबु मध्ये कुनै एकले माथिको बुँदामा उल्लेखित कागजात सहित संकलन गर्न मिल्छ, प्रतिनिधिले संकलन गर्दा आमाबाबु मध्ये कुनै एकले सक्कल हस्ताक्षर गरेको सक्कल अख्तियार पत्र सहित माथिको बुँदामा उल्लेखित कागजातहरु पनि अनिवार्य छ।
  • काउन्टरमा छिटोछरितो सेवाका लागि, कृपया आफूसँग DS160 वा  भिसा अन्तर्वाता पुष्टि पत्रको प्रतिलिपि ल्याउनुहोस्।
  • बिदा बन्द दिनको तालिका लागि लिंक हेर्नुस्।