आप्रवासी भिसा जानकारी
यो पृष्ठमा:
सिंहावलोकन
सामान्य रुपमा, अमेरिकामा बसाइँ सर्न को निम्ति आप्रवासी भिसाको लागि आवेदन गर्नको लागि अमेरिकी नागरिकता र अध्यागमन सेवा (USCIS) द्वारा अनुमोदित याचिका(पेटिशन) हुनुपर्छ। याचिका(पेटिशन) USCIS संयुक्त राज्य अमेरिका कार्यालयमा योग्य नातेदार वा संभावित रोजगारदाताले दायर गरिएको हुनुपर्छ। आप्रवासी याचिका(पेटिशन) दाखिल गर्ने बारेमा निर्दिष्ट जानकारी USCIS को वेबसाइटमा उपलब्ध छ। एउटा अनुमोदित याचिका(पेटिशन) भएको व्यक्ति र प्रशोधनका लागि वर्तमानमा रहेको प्राथमिक मिति (लागू भएमा), आप्रवासी भिसा वा K गैर आप्रवासी भिसाको लागि आवेदन गर्न योग्य छन् ।
याचिका(पेटिशन)
अगस्त 15, 2011 देखि, USCIS को सार्वजनिक काउन्टर नहुनाले नेपालमा बसोबास गर्ने याचकहरुले आफ्नो I 130 फारम USCIS शिकागो लकबक्समा पठाएर फाइल गर्नु पर्छ। तल उल्लेख गरेका अनुसार USCIS नभएका अमेरिकी दूतावासले असाधारण परिस्थितिमा मात्र I-130 फारम स्वीकार गरेर प्रशोधन गर्न सक्नेछन्। जून I 130 फारम USCIS नभएका विदेशी अमेरिकी दूतावासमा अगस्त 15, 2011 अगाडी दायर गरिएका छन्, सो यस परिवर्तनबाट प्रभावित हुने छैनन I
नियमित मेल वितरणको लागि USCIS शिकागो लकबक्सको ठेगाना:
USCIS
P.O. Box 804625,
Chicago, IL 60680-4107
एक्सप्रेस मेल र कुरियर वितरणको लागि USCIS शिकागो लकबक्सको ठेगाना:
USCIS,
Attn: I-130
131 South Dearborn-3rd Floor
Chicago, IL 60603-5517
USCIS शिकागो लकबक्समा फारम I-130 फाइल कसरी गर्ने, थप जानकारीको लागि USCIS को वेबसाइट https://uscis.gov/ अथवा 1-800-375-5283 मा टेलिफोन गरेर USCIS सँग सम्पर्क गर्नुहोस्।
USCIS आप्रवासी शुल्क
December 23, 2016 देखि लागू भएको नियमानुसार , हरेक व्यक्ति जसलाई विदेशी आप्रवासी भिसा प्रदान गरिएको छ, उसले यात्रा गर्नु अघि USCIS आप्रवासी शुल्क $220.00 तिर्नुपर्ने हुन्छ । केवल भावी धर्म-मातापिता जसको बच्चा (हरु) या त टुहुरा वा हेग प्रक्रियाबाट अमेरिका प्रवेश गर्दै छन्, संयुक्त राज्यमा कार्यरत भएका इराकी र अफगान विशेष आप्रवासी, फर्किने बासिन्दा (रिटर्निंग रेसिडेंट्स),र K भिसा जारी गरिएकाहरुलाई नयाँ शुल्क छूट हुनेछ। तल दिएको USCISको वेभसाइटमा USCIS को सम्पर्क जानकारी लगायत धेरै जानकारी छ। अरु प्रश्नका लागि https://uscis.gov/forms/uscis-immigrant-fee मा हेर्नुहोस्।
अपवाद फाईलिंग
अगस्त 15, 2011 देखि लागू भएको नियमानुसार,आफ्नो अवस्था अपवाद योग्य मान्ने निवेदकहरुले आफ्नो फाईलिंग स्वीकार गर्नका लागि कन्सुलर शाखामा अनुरोध गर्न सक्छन् । प्रत्येक अनुरोध व्यक्तिगत रुपमा मूल्यांकन गरिनेछ।
फारम I-130 फाइल गर्न खोज्ने निवेदकले अपवादका लागि अनुरोध गर्न कन्सुलर शाखामा सम्पर्क गरेर बिस्तारले परिस्थितिको व्याख्या गर्नु पर्छ। यस कन्सुलर शाखाले त्यसपछि अनुरोधलाई अमेरिकी दूतावासको क्षेत्रभित्र पर्ने USCIS लाई पुन पठाउनेछ। मामला सामान्य हो वा अपवाद हो भन्ने निर्णय वा विचार USCIS ले गर्नेछ। USCIS ले आफ्नो वेबसाइटमा अपवाद योग्य परिस्थितिमा निर्देशन प्रकाशित गर्नेछन्।
मेडिकलका आवश्यकताहरु
सबै आवेदकहरुले राजदूतावासले अनुमोदित गरेको प्यानल चिकित्सक द्वारा स्वास्थ्य परीक्षण गर्नु पर्ने हुन्छ। चिकित्सा परीक्षाको बारेमा जानकारी यहाँ पाउन सकिन्छ। तपाईंले नेशनल भिसा सेन्टर (NVC) वा दूतावासबाट चिकित्सा परीक्षाको लागि अपॉइंटमेंट/ मिति कसरी तय गर्ने भन्ने निर्देश प्राप्त गर्नु हुनेछ। यी निर्देशनहरू प्राप्त न भए सम्म अपॉइंटमेंट /मिति तय गर्ने प्रयास नगर्नुहोला।
अमेरिकी दूतावासमा अपॉइंटमेंट/अन्तर्वाता मिति
यदि तपाईंसँग अपॉइंटमेंट/अन्तर्वाता मिति छ भने, दिएको मिति र समय अनुसार दूतावासमा उपस्थित हुनु पर्ने छ । तपाइँ आफ्नो अन्तरवार्तामा आफुसँग अमेरिकी दूतावासमा के ल्याउन सक्नुहुन्छ र ल्याउनुहुन्न भन्ने बारे वर्णन सुरक्षा प्रतिबन्धहरु मा पढ्नुहोला तपाईंले आफ्नो अन्तर्वाता नियुक्ति पत्र र तपाईंको भिसा वर्गको लागि आवश्यक कागजात ल्याउनु पर्छ।