अन्तर्वार्ता छुट र भिसा नवीकरण

यो पृष्ठमा: 

सिंहावलोकन

ग्राहक सेवालाई सुधार गर्ने उद्देश्यले, अमेरिकी सरकारले केहि गैर-आप्रवासी भिसा आवेदकहरुको लागि  भिसा अन्तर्वाता छुट दिदैँ भिसाको लागि आवेदन गर्ने अनुमति दिएको छ। यो कार्यक्रम पहिलो पटक आवेदन गरिरहनु भएको आवेदकहरुको लागि हैन। यो कार्यक्रम केवल केहि  भिसा आवेदन  गर्ने आवेदकहरुका लागि  मात्र हो र यसमा केही सर्तहरु लागू हुने छन्।

योग्यता मापदण्ड

कृपया अन्तर्वार्ता छुट मापदण्डसम्बन्धी नयाँ जानकारीको लागि वेबसाइटको  RedBanner हेर्नुहोस्।

यदि तपाईँले B1/B2, F, H-1, H-4, J, नोन-ब्लान्केट L, M वा O वर्ग को भिसा को लागि आवेदन गर्दै हुनुहुन्छ भने, कृपया पहिले एउटा प्रोफाइल बनाउनुहोला, आफ्नो आवेदन भर्नु होला, यदि तपाईँले लागू गरिएका निम्न योग्यताहरु  पूरा गर्नुभयो  भने, आफ्नो अन्तरवार्ता छूट कन्फर्रमेसन पेज को दुइ  प्रति प्रिन्ट गर्नु होला र छ वटा कागजात वितरण केन्द्रहरुमध्ये एउटा केन्द्रमा बुझाउनुहोला।

अन्तरवार्ता छूट योग्यता प्रशनहरू:

तपाईंले तलको बयानहरु लाइ "हो" भनी जवाफ दिनुअघि, कृपया आफ्नो चाहिएको योग्यता मापदण्ड सँग मेल गर्छ भनेर सुनिश्चित गर्नुहोला। तल दिइएको बयानहरुले तपाईंको अन्तरवार्ता छूटको लागि आवेदन गर्ने योग्यता निर्धारण गर्न मदत पुर्याउँछ।उनीहरु भिसा जारी  गर्ने  ग्यारेन्टी गर्दैनन्। तपाईंको आवेदनको समीक्षापछि तपाईं अन्तर्वार्ताको लागि उपस्थित हुन आवश्यक छ वा तपाईंको भिसा अन्तर्वार्ता विना जारी गर्न सकिन्छ भन्ने कुराको निर्धारण कन्सुलर   अधिक्रितले गर्दछ । यदि तपाईं अन्तर्वार्ता विना भिसाको लागि योग्य नभएको पाइएमा, तपाईंको आवेदन अध्यागमन तथा राष्ट्रियता ऐनको दफा 221(g)  अन्तर्गत प्रत्यक्ष अन्तर्वार्ताको लागि विचाराधीन गरी अस्वीकार गरिनेछ ।

B, F, H1B, H4, J, नोन-ब्लान्केट L, M र O भिसाको नवीकरण यहि  श्रेणीमा:

  • म हाल नेपालमा उपस्थित छु।;
  • म नेपाली नागरिक हुँ, वा कम्तिमा विगत छ महिनादेखि म नेपालमा  बस्दैछु; ;
  • म मेरो भिसा नवीकरण गर्दैछु;
  • म यहि   वर्गको भिसाको लागि आवेदन गर्दैछु;
  • मेरो भिसा अझै पनि मान्य छ, वा मैले अघिल्लो भिसाको म्याद सकिएको ४८ महिनाभित्र आवेदन गर्न लागेको छु ।
  • मेरो भिसाको अन्तर्वार्ता १ जनवरी, २००८ मा वा पछि भएको थियो;
  • मेरो अन्तिम भिसा " मल्टिपल" प्रवेश को लागि थियो ; ( पहिलाको भिसाको प्रकार “M” हुनु पर्छ);
  • मेरो अन्तिम भिसा पूरा अवधिको लागि जारी गरिएको थियो;
  • मेरो अन्तिम भिसा यहि भिसा श्रेणीमा जारी भएको थियो;
  • मेरो सबैभन्दा पछिल्लो भिसा, कहिल्यै खारिज गरिएको,हराएको वा चोरी भएको छैन;
  • मेरो नाम, जन्म मिति, राष्ट्रियता, र जन्मस्थान दुवै आवेदन पत्र मा (वर्तमान र अघिल्लो) परिवर्तन भएको छैन वा परिवर्तन भएमा, त्यसको  कारण सहित  प्रमाण पेस गर्न सक्छु;
  • मेरो अघिल्लो संयुक्त राज्य अमेरिका को यात्रा मा, मैले आफ्नो अधिकृत समय भन्दा बढी समय बिताएको छैन ;
  • मेरो अघिल्लो भिसा मा, म संयुक्त राज्य अमेरिका मा हुदा मैले टेम्पोररि प्रोटेक्टेड स्टेटस (TPS) को लागि आवेदन गरेको छैन।

पहिले जारी गरिएको F, H1, H4, J, नोन-ब्लान्केट  L, M र O भिसाको लागि अन्तरवार्ता छूट आवेदनहरू; नयाँ भिसा श्रेणीका लागि आवेदन:

  • म हाल नेपालमा उपस्थित छु।;
  • म  नेपाली नागरिक हुँ, वा मेरो नियमित बासस्थान नेपाल हो;
  • मलाई यो भन्दा अघि, “B” प्रकार को बाहेक अरु प्रकार को अमेरिकि भिसा जारी गरिएको थियो;
  • मेरो भिसा अझै मान्य छ, वा म मेरो अघिल्लो भिसाको म्याद समाप्त भएको ४८ महिना भित्र आवेदन गर्दैछु।
  • अमेरिकी दूतावासमा मेरो  सबैभन्दा  अन्तिम  भिसा अन्तर्वार्ताको क्रममा कुनै पनि वर्गको भिसा अस्वीकार गरिएको छैन;
  • मेरो सबैभन्दा पछिल्लो भिसा, कहिल्यै खारिज गरिएको,हराएको वा चोरी भएको छैन;
  • मेरो नाम, जन्म मिति, राष्ट्रियता, र जन्मस्थान दुवै आवेदन पत्र मा (वर्तमान र अघिल्लो) परिवर्तन भएको छैन वा परिवर्तन भएमा, त्यसको  कारण सहित  प्रमाण पेस गर्न सक्छु;
  • मेरो अघिल्लो संयुक्त राज्य अमेरिका को यात्रामा, मैले सबै अध्यागमन कानून र नियमहरुको पालना गरेको छु;
  • म J वर्गको भिसाको लागि आवेदन दिइरहेको छु , र मेरो DS-2019 को बक्स ४ मा निम्नमध्ये एक उल्लेख गरिएको छः माध्यमिक वा विश्वविध्यालयका विध्यार्थी, प्रोफेसर, अनुसन्धान विद्वान, अल्पकालिन विद्वान, वा विशेषज्ञ। यदि बक्स 4 ले एलियन फिजिशियन सहित कुनै पनि अन्य श्रेणीलाई बताउँछ भने, त्यसपछि तपाइँ अन्तर्वार्ता छूट आवेदन पेश गर्न योग्य हुनुहुन्न।

उमेरमा आधारित अन्तर्वार्ता छुटः

म B1/B2 भिसाका लागि आवेदकहरूले तलका मापदण्डहरू पूरा गरेमा अन्तर्वार्ता बिना नै भिसाको लागि आवेदन दिन सक्नुहुन्छ:

  • म मेरो ८० औं जन्मदिन पछि आवेदन गर्दैछु; वा
  • म मेरो १४ औँ जन्मदिनभन्दा अघि आवेदन गर्दै छु; र
  • मेरो आमा बुबा दुबैसँग वैध B1/B2 भिसा छ; वा, मेरो आमा बुबा मध्ये एक वा दुबैले आफ्नो भिसा नवीकरणको लागि आवेदन दिएका छन्; र म उहाँहरुको जस्तै भिसा वर्गको लागि सँगै आवेदन गर्दैछु;
  • अघिल्लो भिसा जारी गर्दा मेरो उमेर १४ बर्ष मुनि थियो । म अहिले भिसा आवेदन गर्दै छु र मेरो उमेर अझै १४ बर्ष मुनि नै छ ।

यदि माथिका प्रश्नहरुको लागि तपाईंको उत्तर “हो” मा छ भने तपाईं अन्तर्वार्ता छुटको लागि आवेदन गर्न योग्य हुनुहुन्छ । कृपया तपाईंले आफ्नो राहदानी सहित तल उल्लेखित सूचीबद्ध कागजातहरु आफुले चयन गर्नुभएको कागजात वितरण केन्द्रमा बुझाउनुहोस्। कन्सुलर अधिकारीले नभनेसम्म तपाईंले अमेरीकी दूतावासमा अन्तर्वार्ताको लागि समय लिन आवश्यक छैन ।

  • अन्तर्वाता  छूट पत्र
  • तपाइको अमेरीकाको बसाईं बाहेक कम्तीमा छ महिनाको वैधता भएको हालको राहदानी (सबै बर्गका भिसाको लागि)
  • पछीलो जारी गरिएको अमेरीकी भिसा भएको राहदानी
  • डी एस -१६० गैर–आप्रवासी भिसा आवेदन पुष्टि पृष्ठ (सबै बर्गका भिसाको लागि
  • तपाईंको भिसा आवेदन (MRV) शुल्क भुक्तानी रसिदः NIMB बैंक शाखामा नगद भुक्तानी गरेमा नगद जम्मा भौचर वा ईएफटी भुक्तानी पछि connectIPS  बाट डाउनलोड गरिएको भुक्तानी रसिद
  • पछिल्लो ६ महीना भित्र लिएको एउटा तस्वीर (यस वेबपेज मा रहेको निर्देशन अनुसारको) । प्राय: जस्तो अवस्थामा,  पुरानो भिसामा रहेको तस्वीर बुझाउन मिल्ने छैन, सहि समयमा मान्य तस्वीर बुझाउन नसक्दा तपाईंको भिसा प्रकृयामा ढिलाई हुन सक्छ।
  • I-20 को प्रतिलिपि र  सक्कल ट्रान्सक्रिप्ट(F1/F2, M1/M2)
  • सक्कल DS-2019 (J1/J2)
  • B1/B2 वर्गको भिसाको लागि आवेदक १४ बर्ष मुनिको केटाकेटी  हो भने आमाबाबु दुवैको  सोहि वर्गको मान्य  भिसाको प्रतिलिपि
  • यदि तपाईंको नाम, जन्म मिति, राष्ट्रियता, र जन्मस्थान तपाईंको अघिल्लो आवेदनपछि परिवर्तन भएको छ भने परिवर्तनको कारणको प्रमाण प्रदान गर्नुहोस्
  • आफ्नो भिसा प्रकारको लागि आवश्यक सहायक कागजपत्रहरु (प्रतिलिपि)

पेटिसन वेस (H र L) आवेदकहरुको लागि थप कागजातहरुः

 

 

 

  • पेटिसन कागजातहरुको प्रतिलिपि (I- १२९, I- ७९७ स्वीकृतिको सूचना)
  • रोजगार सम्झौता
  • H-1B आवेदकहरुको लागि, श्रम अवस्था आवेदन (LCA) पेश गर्नुहोस्
  • वायोडाटा
  • H-4 आवेदकहरुको लागि, सम्बन्धको प्रमाण ( विवाह दर्ता प्रमाण पत्र, विवाह फोटो आदि) ।

नोटः १४ वर्षभन्दा कम उमेरका केटाकेटीले  आमाबाबु दुवैको  राहदानीका बायोग्राफीक जानकारी पृष्ठ, आमाबाबु दुवैको  मान्य अमेरिकी भिसा र आफ्‍नो  जन्मदर्ता प्रमाणपत्रको एक प्रतिलिपि पेश गर्नु अनिवार्य छ । यदि आमाबाबुसँग अमेरिकाको भिसा  छैन भने केटाकेटीहरू B1/B2 वर्गको भिसा अन्तर्वार्ता छूटको लागि योग्य हुँदैनन्  ।

कृपया ध्यान दिनुहोस् अन्तरवार्ता छुट योग्यताले  भिसा जारी हुन्छ भन्ने ग्यारेन्टी दिँदैन न त अन्तरवार्ता छुट गरिने ग्यारेन्टी दिन्छ । यद्यपि तपाईंको अन्तर्वार्ता छुट भएता पनि औंलाको छाप दिन आउनु पर्ने हुन सक्छ । कुनै पनि आवश्यक सूचना तपाईंको DS-160 अनलाइन आवेदन मा दिइएका इमेल ठेगाना मार्फत गरिनेछ।

कसरी आवेदन गर्ने:

चरण 1

सामान्य गैर-आप्रवासी भिसा पढेर तपाईँको भिसा प्रकार निर्धारण गर्नुहोस्। । प्रत्येक भिसा प्रकारले योग्यता र आवेदनका बिन्दुहरु बताउँछन्। आफ्नो अवस्थालाइ लागू हुने भिसा प्रकार चयन गर्नुहोस्। भिषा छूट कार्यक्रम लाइ पनि समीक्षा गर्नुहोस्। यदि तपाईंको देश भिसा छूट कार्यक्रम भित्र पर्दछ भने, र यदि तपाईं व्यापार या मनोरंजनको लागि यात्रा गर्नुहुंदैछ र मात्र 90 दिन वा कमका लागि अमेरिकामा रहनु हुनेछ भने भिसाको लागि आवेदन गर्न आवश्यक छैन। 

चरण 2 

DS-160 फारम पूर्णरुप्मा भर्नुहोस् DS-160 फारम भर्नका लागि दिर्इएको निर्देशन राम्ररी पढ्नुहोस। सबै जानकारी सही र शुद्ध हुनुपर्छ। फारम पेश भएपछि, तपाईंले कुनै पनि परिवर्तन गर्न सक्नुहुन्न। तपाईंलाई सहयोग चाहिन्छ भने, अध्यागमन बिभागको वकील वा अनुवादकसंग परामर्श गर्नुहोस्। कल सेन्टरले तपाईंलाई DS-160 फारम पूरा गर्न सहायता गर्दैन। तपाईंलाई आफ्नो नियुक्ति  चयन्   गर्न DS-160 को   बार्कोदे नम्बरको आवश्यकता हुनेछ।

चरण 3

एकपल्ट तपाईंले सही भिसा प्रकारको निर्धारण गरी र DS-160 पूरा गरेपछि भिसा शुल्क तिर्नुपर्छ। भिसा शुल्क पृष्ठ मा भिसा प्रकार र सम्बन्धित भिसा शुल्क अमेरिकी डलर र स्थानीय मुद्रामा सूचीबद्ध छ।

तपाईंको भिसा शुल्क तिर्न, बैंक  भुक्तानी विकल्प पृष्ठ पढ्नुहोस्। यो पृष्ठले तपाईंको भिसा शुल्क कसरी भुक्तानी गर्ने बारे बताउँछ। कृपया आफ्नो भुक्तानी रसिद राख्नुहोला। तपाईले आफ्नो प्रोफाइल बनाउनु पर्छ र आफ्नो  रसीद संख्या राख्नु पर्नेछ जून भिसा नियुक्ति गर्नका लागि चाहिने छ।

चरण 4 

अब तपाईंले पुन: आफ्नो प्रोफाइलमा लगइन गर्नु पर्नेछ। सिस्टममा सिस्टममा लोगिन भएपछी, तपाईंले आफ्नो ड्यासबोर्ड देख्नु हुनेछ।

बायाँ तर्फको मेनुमा भएको तालिकाबाट शेडूल अपॉइंटमेंट क्लिक गर्नुहो्स्।

यसले तपाईंको अन्तर्वार्ताको समयतालिकाको लागि प्रकृया शुरु गर्छ ।

  • तपाईंको राहदानी नम्बर
  • तपाईंको भिसा शुल्क रसिदको रसिद नम्बर ।यदि तपाईंलाईं यो नम्बर खोज्न मद्दत चाहिएमा यहाँ क्लिक गर्नुहोस्
  • तपाईंको DS-160  पुष्टिकरण पृष्ठबाट दश १० अंकको बारकोड नम्बर।

जब तपाईं प्रकृयामा जानुहुन्छ, तपाईंले भिसा प्रकार छनौट गर्न सक्नुहुन्छ, व्यक्तिगत विवरण भर्नुहोस्, आफु सँग यात्रा गर्ने आवेदकहरु सम्मवेश गर्नुहोस्,  कागजात वितरण स्थान छनौट गर्नुहोस्, भिसा शुल्क भुक्तानी पुष्टि गर्नुहोस्, र तपाईंको अन्तर्वार्ताको दिन र समय छनौत  गर्नुहोस् ।

चरण  5

तपाईँले आफ्नो अन्तरवार्ता छूट भिसा आवेदन टीम CGI केन्द्रमा  जम्मा गर्नुहोस्। आफ्नो कागजात सूचीपत्र को दोस्रो कॉपी आफु संग राख्नुहोस। पहिले CGI कर्मचारीले तपाईँको दस्तावेज हेर्नुहुनेछ र त्यस पछि मात्र संयुक्त राज्य अमेरिका दूतावासमा पठाउनू हुन्छ।

सुचना: यदि माथि भनिए अनुसार दस्तावेज पूरा नगरेमा तपाईँको आवेदनको काम ढिलो हुन सक्छ।

चरण  6

यदि तपाईँको  Case प्रशोधन  पूरा गर्नको लागि कुनै प्रकारको  थप  जानकारी  चाहिएमा  तपाईँलाई ईमेलद्वारा सूचीत् गरिने छ । यदि  तपाईँको आवेदन स्वीकृत भएमा, तपाईँको राहदानी र भिसा  तपाईँले चयन गर्नुभएको  डॉक्यूमेंट डिलीवरी सेंटरमा  उपलब्घ हुनेछ। राहदानी डिलीवरी सम्बन्धि विस्तृत जानकारी यस वेबसाइट मा पाउनुहुने छ ।

तपाईँको पासपोर्ट तपाईँले चयन गर्नुभएको  डॉक्यूमेंट डिलीवरी सेंटरमा पुगेको जानकारी तपाईंले  इमेलमार्फत पाउनुहुने छ ।