अमेरिकी भिसाको लागि आवेदन गर्न | भिसा प्रकार - Nepal (Nepali)

धार्मिक कामदार भिसा

यो पृष्ठमा:


धेरै सोधिने प्रश्नहरु

सिंहावलोकन

R भिसा प्रकार अध्यागमन र राष्ट्रीयता अधिनियम (INA) §101(a)(15)(R) मा परिभाषित भए अनुसार, अस्थायी आधारमा धार्मिक क्षमताको काम गर्न संयुक्त राज्य अमेरिका प्रवेश गर्न खोज्ने व्यक्तिहरुको लागि हो।

योग्यता

धार्मिक कामदार अधिकृत धर्म पादरीहरू वा सदस्यहरूले गरिने धार्मिक उपासनाको सञ्चालन गर्न र त्यो धर्मको व्यावसायिक वा अन्य कर्तव्य अनुसन्धान गर्ने एउटा मान्य प्राप्त संस्थाको अधिकृत व्यक्ति हो। तपाईं धार्मिक कामदार भिसाको विचार गर्दै हुनुहुन्छ भने तपाईंले निम्न मापदण्डहरु पूरा गर्नुपर्छ:

  • तपाईं संयुक्त राज्य अमेरिकामा एउटा प्रामाणिक गैर नाफामुलक धार्मिक संगठनको रूपमा मान्यता प्राप्त धार्मिक सम्प्रदायको सदस्य हुनुपर्छ।
  • यदि लागू भएमा, तपाईंको धार्मिक सम्प्रदाय र तपाईंको सहबद्धतालाई कर छुट हुनु पर्छ वा कर-माफीको लागि योग्य हुनुपर्छ।
  • तपाईं हुनुपर्छ:

क) धार्मिक कामदार अवस्थाको लागि तपाईंले आवेदन गर्नु भन्दा दुई वर्ष अघि देखि तपाईं  सम्प्रदायको सदस्य हुनुपर्छ

(ख) यदि तपाईं सम्प्रदायको प्रमुख, या प्रामाणिक, लाभरहित धार्मिक पेशा वा व्यवसाय मा (वा यस्तै कुनै संगठनको कर-छूट साझेदार) को रूपमा काम गर्न योजना गर्दै हुनुहुन्छ

(ग) तपाईँले पहिले नै यस वर्गमा पाँच वर्ष बिताइ सक्नु भएको हो भने, लगत्तैको अघिल्लो एक वर्ष भौतिक रुपमा संयुक्त राज्य अमेरिका बाहिर उपस्थित भएको हुनु पर्छ।

तपाईंको आफ्नो स्वदेशमा निवास हुनुपर्छ भन्ने कुनै आवश्यकता छैन। तथापि, तपाईंले आफ्नो वैध अवस्थाको अन्तमा संयुक्त राज्य अमेरिका बाहिर प्रस्थान गर्ने इच्छा देखाउन सक्नु पर्छ।

याचिका

तपाईंको भावी रोजगारदाताले अमेरिकी नागरिकता र अध्यागमन सेवा (USCIS) सँग , गैर आप्रवासी कामदारका लागि फारम I-129 को याचिका फाइल गर्नुपर्छ। फारम I-129को दाखिल बारे अझ विस्तृत जानकारी साथै आवश्यकताहरुका लागि, USCIS R-1 अस्थायी गैर आप्रवासी धार्मिक कार्यकर्ता वेब पेज मा हेर्नुहोस्।

नोट: आवेदन र भिसा प्रशोधनको लागि पर्याप्त समय प्रदान गर्न तपाईको रोजगारदाताले शिघ्रातिशिघ्र (छिटोमा प्रस्तावित रोजगार सुरु हुनुभन्दा 6 महिना भन्दा पहिले) निवेदन गर्नुपर्छ।

तपाईंले अमेरिकी दूतावासमा भिसाको लागि आवेदन गर्नुभन्दा पहिले तपाईंको आवेदन, फारम I-129, अनुमोदित हुनु पर्छ। तपाईंको निवेदन स्वीकृत हुँदा, तपाईंको रोजगारदाता वा एजेन्टले तपाईंको निवेदन अनुमोदन सूचनाको कार्य गर्ने फारम I-797, प्राप्त गर्नेछन्। कन्सुलर अफिसरले तपाईंको अन्तर्वाताको समयमा अमेरिकी राज्य विभागको निवेदन सूचना व्यवस्थापन सेवा (PIMS) को माध्यमबाट तपाईंको निवेदन अनुमोदन प्रमाणित गर्नेछन्।

तपाईंले आफ्नो आवेदन अनुमोदन प्रमाणित गर्न अमेरिकी दूतावासमा तपाईंको अन्तरवार्तामाको समयमा तपाईंको I-129 निवेदनको रसीद नम्बर ल्याउनु पर्छ। याद राख्नुहोस् कि तपाईं अमेरिकी अध्यागमन कानुन अन्तर्गत भिसाका लागि अयोग्य हुनु भएमा याचिकाको अनुमोदनले भिसा जारी गरिने ग्यारेन्टी दिने छैन।

आवेदन आइटम

तपाईंले धार्मिक कामदार भिसाको लागि आवेदन गर्नुभयो भने, तपाईंले निम्न कुराहरु पेश गर्नुपर्छ:

  • गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (DS-160) फारम। DS-160 को अझ बढी जानकारीको लागि DS-160 वेबपेजहेर्नुहोला।
  • संयुक्त राज्य अमेरिकामा रहने तपाईंको अभीष्ट अवधि (देश विशेष सम्झौता छुट प्रदान नभएसम्म) देखि कम्तीमा छ महिना पछिसम्म वैध राहदानी। तपाईंको राहदानीमा एक भन्दा बढी व्यक्ति समावेश छन् भने, भिसा प्राप्त गर्न चाहने प्रत्येक व्यक्तिले आवेदन बुझाउनु पर्छ;
  • पछिल्लो छ महिना भित्र लिइएको एउटा (1) 2 "x2" (5सेमीx5सेमी) आकारको फोटो। यो वेब पेजमा आवश्यक फोटो प्रारूपको बारेमा जानकारी छ।
  • स्थानीय मुद्रामा भुक्तानी गरिएको तपाईंको फिर्ता नहुने गैर आप्रवासी भिसा आवेदन प्रशोधन शुल्कको भुक्तानी देखाउने एउटा रसीद। यो वेब पेजमा यो शुल्क तिर्ने सम्बन्धि अझ बढी जानकारी छ। भिसा जारी गरियो भने, तपाईंको राष्ट्रियताको आधारमा अतिरिक्त भिसा जारी रेसिप्रोसिटि शुल्क हुन सक्छ। अमेरिकी राज्यविभागको वेबसाइटले तपाईंलाई भिसा जारी गरेको रेसिप्रोसिटी शुल्क तिर्न र शुल्क राशि कति छ भन्ने विषयमा तपाईंलाई मद्दत गर्न सक्छ।
  • रसीद नम्बर तपाईंको अनुमोदित I-129 निवेदनमामा छापिएको फारम I-797 अन्तर्वाताको लागि आवश्यक छ भन्ने याद राख्नुहोस्।

यी वस्तुहरू साथै, तपाईंले यो सेवा मार्फत अन्तर्वाता निर्धारण गरेको पुष्टि गर्नका लागि  अन्तर्वाता पुष्टि पत्र प्रस्तुत गर्नुपर्छ। तपाईंले कन्सुलर अफिसरलाई प्रदान गरेका जानकारीको समर्थन गर्ने अन्य कागजात ल्याउन सक्नुहुन्छ।

DS160 फारम: हरेक साक्षात्कारले नयाँ DS160 आवेदनपत्र भिसाकाे लागि नयाँ आवेदनपत्र भर्न आवश्यक छ भिसा अन्तर्वार्ता काे लागि।

कसरी आवेदन गर्नु

चरण 1

गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (DS-160) फारम पूरा गर्नुहोस्।

चरण 2

भिसा आवेदन शुल्क तिर्नुहोस्।

चरण 3

यो वेब पेजमा तपाईंको  भिसा अन्तर्वाता मिति तय गर्नुहोस्। तपाईंलाई आफ्नो अन्तर्वाता तय गर्न निम्न जानकारीको आवश्यकता पर्नेछ:

  • तपाईँको राहदानी नम्बर।
  • तपाईँको भिसा शुल्क तिर्नु भएको रसीद नम्बर । तपाईँलाई यो नम्बर प्राप्त गर्न मद्दत चाहिन्छ भने यहाँ क्लिक गर्नुहोस्।
  • तपाईँको DS-160 पुष्टि पृष्ठबाट दश (10) अंकको बारकोड नम्बर।
चरण 4

अमेरिकी दूतावासमा तपाईंको भिसा अन्तर्वाता मिति र समयमा पुग्नुहोस्। तपाईंले आफ्नो भिसा अन्तर्वाता पुष्टि पत्र, तपाईंको DS-160 पुष्टि पृष्ठ, पछिल्लो ६ महिना भित्र लिएको एउटा फोटोग्राफ र हालको र सबै पुराना राहदानीहरु ल्याउनु पर्छ। यी सबै वस्तुहरुको बिना आवेदन स्वीकार गरिने छैन।

सहायक कागजात

सहायक कागजातहरु कन्सुलर अफिसरले तपाईंको भिसा अन्तर्वाताका बेला विचार गर्ने धेरै कारणहरू मध्ये एक हो। कन्सुलर अधिकारीहरुले निर्णयको समयमा प्रत्येक आवेदन अलग अलग हेर्छन् र व्यावसायिक, सामाजिक, सांस्कृतिक र अन्य पक्षलाई विचार गर्छन्। कन्सुलर अधिकारीहरुले तपाईंको खास मनसाय, पारिवारिक अवस्था र तपाईंको दूरदर्शी योजना र स्वदेश भित्रका सम्भावना विचार गर्छन्। प्रत्येक मामला अलग्गै  जाँच गरिन्छ र व्यवस्थाको अधीनमा हरेकलाई ध्यान दिइन्छ।

सावधान: झूटा कागजात प्रस्तुत नगर्नुहोस्। ठगी वा गलत प्रतिनिधित्वको परिणाम भिसाको स्थायी अयोग्यता हुन सक्छ। गोपनीयताको ख्याल भएमा, तपाईंले अमेरिकी दूतावासमा तपाईंका कागजात खाममा बन्द गरेर ल्याउन सक्नुहुन्छ। अमेरिकी दूतावासले कसैलाई तपाईंको जानकारी उपलब्ध गराउदैन र तपाईंको जानकारीको गोपनीयताको आदर गर्नेछ।

तपाईंले आफ्नो भिसा अन्तर्वातामा निम्न कागजात ल्याउनु पर्छ:

  • तपाईंको रोजगार संगठनको विशिष्ट एकाइ अधिकृत आधिकारीबाट एउटा पत्र, जसमा यो प्रमाणित गरिएको हुनुपर्छ कि तपाईंको धार्मिक सदस्यता सम्पूर्ण वा आंशिक रूपमा संयुक्त राज्य अमेरिका बाहिर कायम गरिएको थियो, र विदेशी  अनि संयुक्त राज्य अमेरिकामा रहेको धार्मिक संगठन एउटै धार्मिक सम्प्रदाय हो, र R भिसाको लागि तपाईंको आवेदन गर्नुभन्दा दुई वर्ष अघि देखि तपाईं धार्मिक सम्प्रदायको सदस्य हुनुहुन्थ्यो।
  • तपाईं प्रमुख हो भने, तपाईंलाई त्यस सम्प्रदायको लागि धार्मिक पूजा सञ्चालन गर्ने अधिकार छ भन्ने कुरा दर्शाउने तपाईंका कर्तव्यहरुको विस्तृत व्याख्या प्रस्तुत गर्नु पर्छ; वा
  • तपाईं एउटा धार्मिक व्यावसायिक हुनुहुन्छ भने, कि तपाईंको कम से कम  स्नातक तहको डिग्री छ , र यस्तो डिग्री धार्मिक पेशामा प्रवेशको लागि आवश्यक छ भन्ने; वा
  • तपाईंले एउटा गैर व्यावसायिक व्यावसाय वा पेशामा काम गर्नु पर्ने हो भने, गर्नु पर्ने कामको प्रकार परम्परागत धार्मिक समारोह सम्बन्धित छ र यदि तपाईं योग्य हुनुहुन्छ भने।
  • तलवको राशि र स्रोत, मौद्रिक मूल्य जोड्न हुने कुनै पनि अन्य लाभ लगायत भोजन र आवास जस्ता क्षतिपूर्तिका अन्य प्रकार, र त्यस्तो पारिश्रमिकलाई सेवाको लागि विनिमय गरिनेछ भन्ने एउटा वक्तव्य सहित पारिश्रमिकको व्यवस्था।
  • तपाईंले सेवाहरु प्रदान गर्ने धार्मिक सम्प्रदाय वा सहबद्धका विशिष्ट संगठनात्मक एकाइको नाम र स्थान
  • तपाईं धार्मिक सम्प्रदायसँग आबद्ध एउटा संगठनको लागि काम गर्नुहुन्छ भने, दुई संगठनबीच सम्बन्धको प्रकृतिको एउटा विवरण
  • तपाईंको धार्मिक संगठनको सम्पत्ति र सञ्चालनको विधिको प्रमाण।
  • तपाईंको संगठनलाई  राज्य व्यवस्थाको अधीनमा  समावेशिकरण गर्ने कागजातहरु।

थप जानकारी

धार्मिक कामदारका लागि भिसाको अझ बढी जानकारीको लागि अमेरिकी राज्य विभागको वेबसाइट हेर्नुहोस्।