अमेरिकी भिसाको लागि आवेदन गर्न | भिसा प्रकार - Nepal (Nepali)

विनिमय आगन्तुक भिसा

यो पृष्ठमा:

सिंहावलोकन

संयुक्त राज्य अमेरिकाको विनिमय कार्यक्रममा सहभागी हुनका लागि संयुक्त राज्य अमेरिका आउने विदेशी नागरिकहरुलाई स्वागत छ। भिसाको लागि आवेदन गर्नु अघि, सबै विनिमय अतिथिहरुका आवेदन अधिकृत कार्यक्रम प्रायोजकले स्वीकार र अनुमोदन गर्न आवश्यक छ। स्वीकृत भएपछि, आवेदकले शैक्षिक संस्थान वा कार्यक्रम प्रायोजकबाट भिसाका लागि आवेदन पेश गर्न आवश्यक कागजात प्राप्त गर्नु हुनेछ।

शिक्षा, कला, र विज्ञानको क्षेत्रमा व्यक्तिको ज्ञान र सीप आदानप्रदान गर्न, अतिथि आदानप्रदान कार्यक्रमको J भिसा तयार गरिएको हो । सहभागीहरु सबै शैक्षिक स्तरका हुनसक्छन्; कंम्पनी, संगसंस्थानहरू वा  निकायहरूमा प्रशिक्षण लिरहेका प्रशिक्षार्थी; प्राथमिक, माध्यमिक र विशेष विद्यालयका शिक्षकहरु; उच्च शैक्षिक संस्थानमा प्राध्यापन वा अनुसन्धान गर्न आउने प्राध्यापक; अनुसंधानकर्ता; चिकित्सा वा सम्बन्धित क्षेत्रका व्यावसायिक प्रशिक्षार्थी; र यात्रा, अवलोकन, परामर्श, अनुसन्धान, तालिम, साझेदारी, वा विशेष ज्ञान या कौशल प्रदर्शन, वा संगठित जन-जनको कार्यक्रममा सहभागीको उद्देश्य लिएर आउने अन्तर्राष्ट्रिय आगंतुकहरु।

आश्रितहरु

प्रवास अवधिमा संयुक्त राज्य अमेरिकामा J-1 भिसाका प्रमुख भिसा धारक संगै बस्न वा सामेल हुन चाहने भिसा धारकको दम्पत्ति वा २१ बर्ष मुनिका अविवाहित सन्तानहरुको  J-2 भिसा हुनुपर्छ। प्रमुख भिसा धारकका दम्पत्ति या सन्तानहरुको उनका साथ संयुक्त राज्य अमेरिकामा बास गर्ने इच्छा छैन, तर छुट्टीमा मात्र यात्रा गर्छन् भने, आगंतुक (B -2) भिसाका लागि योग्य हुन सक्छन।

रोजगार प्राधिकरणका लागि आवेदन फारम I-765 दायर नभएसम्म J-2 भिसा लिएर संयुक्त राज्य अमेरिकामा विनिमय अतिथिको  दम्पत्ति र/वा सन्तानले काम गर्न पाउदैनन्। अमेरिकी नागरिकता र अध्यागमन सेवा (USCIS)ले फारम I-765 को पुनरअवलोकन गरेर J-2 धारकलाई काम गर्ने अनुमति दिएको हुनुपर्छ। USCIS वेभसाइटमा थप जानकारी भएको "रोजगार प्रमाणीकरण" नामक एउटा PDF जानकारी छ।

आवेदन आइटम

एउटा J भिसाको लागि आवेदन गर्न तपाईंले निम्न आइटम पेश गर्नुपर्छ:

  • गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (DS-160) फारम। DS-160 को अझ बढी जानकारीको लागि DS-160 वेबपेज हेर्नुहोला।
  • संयुक्त राज्य अमेरिकामा बिताउन चाहनु भएको अवधि (देश विशेष सम्झौताछुट प्रदान नभएसम्म) देखि कम्तीमा  महिना पछिसम्म वैधता भएको पासपोर्ट। तपाईंको पासपोर्टमा एक भन्दा बढी व्यक्ति समावेश छन् भने, भिसा चाहने प्रत्येक व्यक्तिले आवेदन बुझाउनु पर्छ;
  • पछिल्लो  महिना भित्र लिएको एउटा (१) २ "x२" (५ सेमी x ५ सेमी) आकारको फोटो । यस वेब पेजमा आवश्यक फोटोको किसिम बारेमा जानकारी छ।
  • यदी तपाईँको J कार्यक्रम अमेरिकी सरकारद्वारा प्रायोजित (कार्यक्रम कोड"G" बाट शुरु भएको) हैन भने, स्थानीय मुद्रामा भुक्तानी गरिएको (फिर्ता नहुने) बराबरको, गैर आप्रवासी भिसा आवेदन प्रशोधन शुल्कको रसीद पेश गर्नु पर्नेछ ।यस वेब पेजमा शुल्क तिर्ने बारे अझ थप जानकारी पाउनु हुनेछ। भिसा जारी गरिएको खण्डमा, तपाईंको राष्ट्रियताको आधारमा अतिरिक्त रेसिप्रोसिटी शुल्क तिर्नु पर्ने हुन सक्छ। अमेरिकी राज्य विभागको वेबसाइटले तपाईंलाई भिसा जारी गरेपछि रेसिप्रोसिटी शुल्क तिर्नु पर्ने/ नपर्ने र शुल्क राशि कति छ भन्ने विषयमा जानकारी दिन मद्दत गर्छ।
  • DS-2019 तपाईंको अमेरिकी कार्यक्रमबाट अनुमोदित हुनुपर्छ
  • यदी तपाईँको J कार्यक्रम अमेरिकी सरकारद्वारा प्रायोजित (कार्यक्रम कोड"G" बाट शुरु भएको)  हैन भने, तपाईंले फारम I-901 SEVIS शुल्क  भुक्तानी गर्नुपर्छ । यस शुल्क  सम्बन्धि थप जानकारी SEVIS वेभसाइटमा छ ।

माथि उल्लेखित कागजातहरुका साथै, तपाईंले यो सेवा मार्फत भिसा अन्तर्वाता तय गर्नु भएको पुष्टि पत्र प्रस्तुत गर्नुपर्छ। तपाईंले कन्सुलर अफिसरलाई प्रदान गरेका जानकारीलाई समर्थन गर्ने अन्य कागजात पनि ल्याउन सक्नुहुन्छ।

DS160 फारम: हरेक साक्षात्कारले नयाँ DS160 आवेदनपत्र भिसाकाे लागि नयाँ आवेदनपत्र भर्न आवश्यक छ भिसा अन्तर्वार्ता काे लागि।

कसरी लागू गर्न सकिन्छ

चरण 1

गैर आप्रवासी भिसा इलेक्ट्रोनिक आवेदन (S-160) फारम पूरा गर्नुहोस्।

चरण 2

भिसा आवेदन शुल्क तिर्नुहोस्।

चरण 3

यो वेब पेजमा तपाईंको भिसा अन्तर्वाता मिति तय गर्नुहोस्। तपाईंलाई आफ्नो भिसा अन्तर्वाता मिति तय गर्न निम्न जानकारीको आवश्यकता पर्नेछ:

  • तपाईंको राहदानी नंबर ।
  • तपाईंको भिसा शुल्क तिरेको रसीद नंबर । (यदि तपाईंलाई यो नंबर प्राप्त गर्न मदत चाहिन्छ भने यहाँ क्लिक गर्नुहोस्।)
  • तपाईंको DS-160 पुष्टि पृष्ठबाट दश (१०) अंकको बारकोड नंबर ।
चरण 4

अमेरिकी दूतावासमा तपाईंको भिसा अन्तर्वाता तोकिएको मिति र समयमा पुग्नुहोस्। तपाईंले आफ्नो भिसा अन्तर्वाता पत्र र DS-160 पुष्टि पृष्ठको प्रींट, पछिल्लो ६ महिना भित्र लिइएको एउटा फोटोग्राफ र हालको अनि सबै पुराना राहदानीहरु ल्याउनु पर्छ। यी सबै कुराहरु बिना आवेदन स्वीकार गरिने छैन।

सहायक कागजात

सहायक कागजातहरु कन्सुलर अफिसरले तपाईंको भिसा अन्तर्वाताको समयमा विचार गर्ने धेरै कारणहरू मध्ये एक हो। आधिकारी कन्सुलरहरुले प्रत्येक आवेदनलाई अलग्गै हेरेर, व्यावसायिक, सामाजिक, सांस्कृतिक र अन्य पक्षलाई विचार गर्दै निर्णय लिन्छन् । आधिकारी कन्सुलरहरुले तपाईंको मूल सोच, पारिवारिक अवस्था, दूरदर्शी योजना र आफ्नो स्वदेशमा नै बसोबासको सम्भावनालाई विचार गर्छन्। प्रत्येक आवेदकको मामला अलग्गै जाँचिन्छ र व्यवस्था अन्तर्गत रहि विचार पुर्याइन्छ।

सावधान झूटा दस्तावेज प्रस्तुत नगर्नुहोस्। ठगी वा गलत प्रतिनिधित्वको परिणाम भिसाको लागि स्थायी अयोग्यता हुन सक्छ। यदि गोप्यताको चिन्ता भएमा, तपाईंले अमेरिकी दूतावासमा आफ्ना कागजात खाममा बन्द गरेर ल्याउन सक्नुहुन्छ। अमेरिकी दूतावासले कसैलाई तपाईंको जानकारी उपलब्ध गराउदैन र तपाईंको जानकारीको गोपनीयताको आदर गर्नेछ।

तपाईंले आफ्नो भिसा अन्तर्वाताको लागि निम्न कागजात ल्याउनुपर्छ:

  • संयुक्त राज्य अमेरिकामा अध्ययन कार्यक्रम समाप्त भए पछि तपाईंलाई देश फर्कन बाध्य गराउने तपाईंको आफ्नो देशमा भएको बलियो आर्थिक, सामाजिक र पारिवारिक सम्बन्ध प्रदर्शन गर्ने प्रमाण देखाउने कागजातहरु।
  • अध्ययनको पहिलो वर्षको लाग्ने सम्पूर्ण खर्च पर्याप्त सजिलै उपलब्ध हुने किसिमको र तपाईँ संयुक्त राज्य अमेरिकामा रहुन्जेल तपाईंको सबै खर्च धान्ने पर्याप्त धन वा आम्दानी छ भन्ने विश्वसनीय प्रमाण दिन सक्ने कागजातहरु । M-1 आवेदकले आफ्नो निर्धारित प्रवासको सम्पूर्ण समयावधिको लागि सबै शिक्षण र बस्ने लागत तिर्ने क्षमता देखाउनु पर्छ।
  • बैंक स्टेटमेन्टको प्रतिलिपि मान्य हुने छैन । बैंक स्टेटमेन्टको प्रतिलिपिसँगै सक्कल बैंक स्टेटमेन्ट वा सक्कल बैंक बुक देखाउन सके मात्र प्रतिलिपि मान्य हुने छ ।
  • यदि तपाईंलाई अर्को व्यक्तिले आर्थिक सहयोग गरेर प्रायोजन गर्दै हुनुहुन्छ भने, तपाईंले प्रायोजकसंग आफ्नो सम्बन्धको प्रमाण (जस्तै तपाईंको जन्म दर्ता प्रमाणपत्र), प्रायोजकले सबैभन्दा पछिल्लो पटक कर तिरेको फारमहरु र प्रायोजकको बैंक खाता विवरण र/वा मुद्दति खाताको प्रमाणपत्र आदि ल्याउनुहोस्।
  • पढाइको तयारी देखाउने शैक्षिक कागजातहरू। उपयोगी कागजातहरु जस्तै ग्रेड भएको विद्यालय ट्रान्सक्रिप्ट (सक्कल), सार्वजनिक परीक्षाका प्रमाणपत्र (A-level  आदि), स्तरिय परीक्षण स्कोर (SAT, TOEFL, आदि), र डिप्लोमा प्रमाणपत्रहरु हुन्।

आश्रितका लागि सहयोगी कागजातहरू

तपाईंका आश्रित छन् भने, तपाईंले निम्न कागजात प्रदान गर्नुपर्छ:

  • दम्पत्ति एंवम् सन्तानको तपाईंसँग सम्बन्धको प्रमाण (जस्तै, विवाह दर्ता प्रमाणपत्र र जन्म प्रमाणपत्र)
  • प्रत्येक दम्पत्ति वा सन्तानको आफ्नै छुट्टै DS-2019 फारम हुनुपर्छ। यो फारम एउटा विनिमय अतिथि भिसाको प्रमुख धारक अर्थात तपाईं सँग संयुक्त राज्य अमेरिका प्रवेश गर्न, वा पछि संयुक्त राज्य अमेरिकामा तपाईंसँग सामेल हुनका लागि दम्पत्ति /सन्तानका लागि आवश्यक भिसा प्राप्त गर्न प्रयोग गरिन्छ।

थप जानकारी

विनिमय आगंतुक भिसा सम्बन्धि थप जानकारीका लागि अमेरिकी राज्य विभागको वेबसाइटमा हेर्नुहोस्।